भर्खरै :

दैलेखमा नेमकिपाको वडा सम्मेलन

दैलेखमा नेमकिपाको वडा सम्मेलन

दैलेख । आठबिस नपा ९ मा मङ्सिर १६ गते नेमकिपा वडा न ९ को तेस्रो वडा सम्मेलन सम्पन्न भयो ।
सम्मेलनको बन्द सत्रमा भएको प्रशिक्षण कार्यक्रममा नेमकिपा दैलेखका अध्यक्ष जगत वलीले पार्टी कार्यकर्ताहरू अनुशासित र लगनशील भई पार्टी विधानअनुसार अगाडि बढ्नुपर्ने बताउनुभयो ।
नेमकिपाले सडकदेखि सदनसम्म उठाएका आवाजले गरिब, मजदुर, किसान, युवा विद्यार्थीको हक, हित र आकाङ्क्षाको प्रतिनिधित्व गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा लक्ष्मीकुमार विक, खडक कठायत, शेरबहादुर विक, जयबहादुर बडुवाल, दलबहादुर सिजापति, टेकबहादुर सिजापति, विष्णुबहादुर कठायत, कृष्ण बडुवाल, कटक बडुवाल, कटकबहादुर विकलगायतले बोल्नुभएको थियो ।
सम्मेलनले नविनकुमार सिजापतिको अध्यक्षतामा ११ सदस्यीय नेमकिपा आठबिसनपा ९ को वडा पार्टी गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *