ललितपुरमा ‘केटीहरू’ बुलेटिनको अन्तरक्रिया
- आश्विन १८, २०८१
भक्तपुर, १९ मङ्सिर । ‘स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकाको संयुक्त प्रयास’ नाराका साथ भक्तपुर नपाद्वारा सञ्चालित ख्वप अस्पतालको आयोजनामा २० औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवस मङ्गलबार एक कार्यक्रमबिच सम्पन्न भयो ।
उक्त अवसरमा नगर प्रमुख सुनिल प्रजापतिले महिला स्वास्थ्य स्वयम्सेविकाहरूको अथक मेहनत र सेवाभावकै कारण आज भक्तपुरको स्वास्थ्य अवस्था तुलनात्मकरूपमा राम्रो हुँदै गएको बताउनुभयो ।
उहाँले ख्वप अस्पताल जनताले अपनत्व ग्रहण गरेको अस्पतालको रूपमा विकास भइरहेको बताउनुभयो ।
नेपालको संविधानले प्रत्येक नागरिकलाई राज्यको आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त हुने र प्रत्यक नागरिकलाई स्वास्थ्य सेवामा पहुँच हुने हक प्रदान गरेको उल्लेख गर्दै उहाँले शिक्षा क्षेत्रमा जस्तै स्वास्थ्यमा पनि देशकै नमुना बनाउन ख्वप अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीहरू दत्तचित्त भई काम गरिरहेको बताउनुभयो ।
सरकारले स्वास्थ्य सेवालाई व्यवसायीकरण गर्न नहुने विचार व्यक्त गर्दै प्रमुख प्रजापतिले सरकारी अस्पताललाई विश्वसनीय र भरपर्दो बनाउन सबै अस्पतालहरूमा स्वास्थ्य बीमाको व्यवस्था हुनु जरुरी रहेको बताउनुभयो ।
भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुर नपाले नगरका विभिन्न वडाहरूमा आधारभूत स्वास्थ्य केन्द्र बिस्तार गर्ने काम गर्दै आएको बताउँदै स्वास्थ्य स्वयम्सेविकाहरूले नसर्ने रोगबारे जनतालाई प्रस्ट गर्न जरुरी रहेको बताउनुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले स्वास्थ्य स्वयम्सेविकाहरूले जनप्रतिनिधि र जनताबिच समन्वयकारी भूमिका खेल्दै नगर विकासमा सकारात्मक भूमिका निर्वाह गर्दै आइरहेको बताउनुभयो ।
ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर मजेशप्रताप मल्लले महिला स्वास्थ्य स्वयम्सेविकाहरू स्वास्थ्य क्षेत्रका मेरुदण्ड र प्रेरणा स्रोत भएको बताउँदै उहाँहरूको मेहनतले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताउनुभयो ।
कार्यक्रममा ख्वप अस्पतालका डा. रत्नसुन्दर लासिवा, जिल्ला जनस्वास्थ्य भक्तपुरका प्रतिनिधि शान्तिराम खतिवडा र महिला स्वास्थ्य स्वयम्सेविका तारादेवी धन्छाले पनि बोल्नुभएको थियो ।
२० औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवसको अवसरमा अतिथि प्रजापतिले उत्कृष्ट ३ जना महिला स्वास्थ्य स्वयम्सेविकालाई नगद पुरस्कारसहित प्रशंसापत्र वितरण गर्नुभयो ।
सम्मानित हुनेमा स्वास्थ्य स्वयम्सेविका भक्तपुर नपा वडा नं. ७ का लक्ष्मीकेशरी तुईतुई, भनपा वडा नं. ५ का सजना सुवाल, भनपा वडा नं. २ का बबीमैँया लघु हुनुहुन्छ ।
Leave a Reply