भर्खरै :

नेतन्याहुविरुद्ध पक्राउ पुर्जी जारी गर्नु जरुरी

नेतन्याहुविरुद्ध पक्राउ पुर्जी जारी गर्नु जरुरी

काठमाडौँ, १९ मङ्सिर । तिमीले अस्पतालमा बमबारी कसरी गर्छाैँ ? हमासका मुख्य नेता अस्पतालमा लुकेका भए पनि, भागेका भए पनि तिमीले अस्पतालमाा बम हान्न सक्दैनौ ।
तिमीले शरणार्थी शिविरमा बमबारी कसरी गर्छाैँ ? हमासका लडाकुहरू शरणार्थी शिविरमा लुकेका भए पनि तिमीलाई शरणार्थी शिविरमा बमबारी गर्ने अवस्था छैन ।
जातीय सफायामा संलग्नतालाई प्यालेस्टिनबाट धपाउनु जरुरी छ । यो जातीय नरसंहार हो । यो एउटा अन्तर्राष्ट्रिय अपराध हो । अदालतले नेतन्याहुविरुद्ध पक्राउ पुर्जी जारी गर्नुपर्दछ ।
पुटिनविरुद्ध मात्र पक्राउ पुर्जी किन जारी गरियो ? नेतन्याहुले जस्तो पुटिनले कुनै खराबी गरेको छैन ।
इजरायली शासकको पहिलो काम गाजाबाट हमासलाई समाप्त पार्ने भनिए पनि प्यालेस्टिनको जातीय सफाया गर्ने हो । युद्ध विरामको अवधि इजरायली शासकले थप्न नचाहेको हो । इजरायली टंैकहरू दक्षिण गाजाको स्थान युनिस र रफाहमा तैनाथ गरिएका छन् ।
इजरायली बमबारीले विद्यालयहरू ध्वस्त पारेको छ । इजरायली सेनाले उत्तरी गाजाका बासिन्दालाई दक्षिण गाजामा सुरक्षित भएको सूचना गरेको थियो । अहिले दक्षिण गाजालाई इजरायलले आक्रमणको तारो बनायो । शनिबारयता गाजाका ८ सयभन्दा बढी मानिसको मृत्यु भयो । विश्व स्वास्थ्य सङ्गठनले गाजाका अस्पतालहरू सुरक्षित गर्नु इजरायली सरकारको जिम्मेवारी भएको बतायो । विश्वले प्यालेस्टिनमा स्थायी युद्ध विराम गर्न गराउन अमेरिकी सरकारलाई आह्वान गर्दै छ । अमेरिकी सरकारको भरमा इजरायलले प्यालेस्टिनमा बमबारी गरेको हो ।
गाजामा इजरायली बमबारीले जेनेभा अभिसन्धि उल्लङ्घन गरेको छ । अमेरिकी सरकारले विश्वकै जनघनत्व बढी भएको गाजामा जातीय नरसंहार गर्न इजरायललाई सहयोग गर्नुहुँदैन ।
केही दिनअघि अमेरिकी विदेशमन्त्री सहभागी कार्यक्रममा एक ७०–७५ वर्षको ज्येष्ठले ‘जातीय नरसंहार गर्न सहयोग बन्द गर’ लेखिएको लुगा लगाई ‘युद्ध विराम गर’, ‘गाजाका केटाकेटीलाई बचाऊ’, ‘अमेरिका तिम्रो गौरव कहा छ ?’ भनी नारा लगाएका थिए । अमेरिकी प्रहरीले उनलाई कार्यक्रम कक्षबाट बाहिर पठाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *