भर्खरै :

प्रमुख प्रजापतिसँग नेपाल बक्सिङ महासङ्घका अध्यक्ष राम अवालेसहितका पदाधिकारीहरूको भेट

प्रमुख प्रजापतिसँग नेपाल बक्सिङ महासङ्घका अध्यक्ष राम अवालेसहितका पदाधिकारीहरूको भेट

भक्तपुर, १९ मङ्सिर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग नेपाल बक्सिङ महासङ्घका अध्यक्ष राम अवालेसहितका पदाधिकारीहरूले मङ्गलबार भनपा सभाकक्षमा भेट गर्नुभयो । भेटमा उहाँहरूबिच भक्तपुरमा बक्सिङ खेल विकासबारे छलफल भयो ।
सोही क्रममा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य र सामाजिक विकाससँगै खेलकुदलाई पनि विशेष महŒव दिँदै खेलकुद विकाससम्बधी गतिविधिहरू सञ्चालन गर्दै आएको बताउँदै फूटबल, भलिबल, बक्सिङ, कराँते र टेबुलटेनिसलगायतको नियमित प्रशिक्षण सञ्चालन गर्दै आएको बताउनुभयो ।
बक्सिङ खेलको विकासबारे बक्सिङ महासङ्घसँग समन्वय गर्दै अगाडि जाने विषयमा नगरपालिका सकारात्मक रहेको बताउँदै भक्तपुर नपाको निर्वाचन घोषणापत्रअनुसार प्रत्येक वर्ष अन्तरनगर खेलकुद प्रतियोगिता र अन्तरविद्यालय खेलकुद प्रतियोगिताको आयोजना गर्दै आइरहेको अवगत गराउनुभयो । उहाँले बक्सिङ खेलबारे महासङ्घले राखेको प्रस्ताव बैठकमा राखेर छलफल गर्ने विश्वास दिलाउनुभयो ।
भेटमा नेपाल बक्सिङ महासङ्घका अध्यक्ष राम अवालेले बक्सिङ खेललाई पनि प्राथमिकतामा राख्न सके बक्सिङ खेलको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भक्तपुर नपाले यस वर्ष अन्तरनगर खेलकुद प्रतियोगितामा बक्सिङ खेल समावेशको लागि अनुरोध गर्नुभयो ।
उहाँले भक्तपुरले खेलकुद क्षेत्रको विकासमा गरिरहेका कार्यहरू सराहनीय भएको बताउँदै बक्सिङ प्रतियोगिता आयोजनाले नयाँ बक्सिङ खेलाडीहरू उत्पादनमा महŒवपूर्ण भूमिका रहने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *