नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
ब्रिटिस सङ्ग्रहालयमा राखिएका र प्रदर्शन गरिएका कलाकृति र पुरातात्विक सम्पदाहरूलाई तिनीहरूको भूमिमा फिर्ता नगर्ने पक्षमा तर्क प्रस्तुत गर्न त सम्भव छ । तर, तपाईँले अर्को पक्ष सुन्नुभयो भने तिनीहरूलाई रोकिराख्न मिल्दैन । स्वदेश फिर्ताको पक्षमा एउटा तर्क जसले अत्यधिक बयानबाजी सन्तुलनलाई सुझाउँछ । एकदम सरल छ : ती वस्तुहरू बेलायतका होइनन्, बेलायतसित सम्बन्धित होइनन् ।
विगत ६० वर्षदेखि ब्रिटिस सङ्ग्रहालयले कलाकृतिलाई तिनीहरूको देशमा फिर्ता गर्न निषेध गरेको छ, चाहे तिनीहरू जे–जसरी लुटिए वा दुरूपयोग गरिए पनि । यही कारणले गर्दा सङ्ग्रहालयका ट्रस्टीहरूले चिनियाँ कलाकृति वा अन्य राष्ट्रहरूजस्तै ग्रीसका कलाकृतिहरूलाई पनि फिर्ता गर्न अस्वीकार गरेका छन् ।
तिनीहरूको तर्क छ– त्यस्ता वस्तुहरू कानुनीरूपमा तिनीहरूको हो र लन्डनमा राखिएको खण्डमा सुरक्षित हुनेछ । (एक कर्मचारीले सङ्ग्रहालयको सङ्ग्रहबाट सुनका वस्तुहरू र अर्ध–बहुमूल्य चट्टानहरूसहित – लगभग २,००० वस्तुहरू – कालोबजारमा बेचेको आरोप लगाइएको बेलामा यो तर्क कमजोर देखिएको छ ।)
जब विश्वको जमिनको एकचौथाइ भाग ह्वाइटहल (बेलायती प्रधानमन्त्रीको कार्यालय) बाट शासन गरिएको समयको आफ्नो साम्राज्यको बितेको युगमा बेलायतको अकर्मण्यता र अहङ्कारी संलग्नताले बेलायत र ग्रीसबिच एक अस्पष्ट कूटनीतिक विवाद सिर्जना ग¥यो ।
जब ब्रिटिस साम्राज्यले आफ्नो उचाइमा ४५ करोड ८० लाख मानिसलाई जित्यो, उपनिवेश बनायो र वशमा पार्यो, उसले ट्रफीको रूपमा अन्य संस्कृतिका पुरातन वस्तुहरू चोरी गरी आफ्नो देशमा ल्याउन पूर्णरूपमा स्वीकार्य मानिन्थ्यो । यद्यपि, ग्रीस कहिल्यै ब्रिटिस साम्राज्यको हिस्सा थिएन, यो अटोमनहरूको अधीनमा थियो र तिनीहरूबाट नै १८०१ मा ग्रीसका लागि बेलायती राजदूतले उनलाई पार्थेननबाट पुरातन वस्तुहरू लिन अनुमति दिइएको बताए । ग्रीकहरूलाई तिनीहरू के चाहन्छन् भनेर कसैले सोधेनन् । जर्जियन इङल्यान्डमा पनि अधिग्रहण विवादास्पद थियो, केहीले बेलायती कूटनीतिज्ञहरूमाथि समेत सांस्कृतिक तोडफोडको आरोप लगाएको थियो । यद्यपि, देशको अभिजातवर्ग संसद्को रूपमा तिनीहरूको रक्षामा वरिपरि गोलबन्द भए र तिनीहरूको कार्यलाई वैध घोषित गरियो ।
स्मरणहोस् कि ग्रीसले १९ औँ शताब्दीको प्रारम्भमा एक्रोपोलिसबाट लिइएको चट्टानमा कुँडिएको नक्काशी एथेन्सको हो भनेर पुस्तादेखि जोड दिइरहेको छ । बेलायतमा, जहाँ तिनीहरू १८०३ देखिरहेका छन््, तिनीहरूलाई एल्गिन मार्बल भनिन्छ, त्यो नाम उडाएर ल्याउने ब्रिटिस मालिकको नाममा राखिएको थियो । अर्कोतर्फ, ग्रीकहरूले तिनीहरूलाई पार्थेनन मार्बल भनिन्छ, शास्त्रीय पुरातात्विक साइटपछि जहाँ तिनीहरू ब्रिटिसहरूले तिनीहरूलाई भत्काउनु अघि दुई सहस्राब्दीभन्दा बढी समयसम्म सुरक्षितरूपमा रहेका थिए ।
ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिस आफ्ना बेलायती समकक्षी ऋषि सुनकसँगको पूर्वनियोजित बैठकअघि सप्ताहन्तमा बेलायत आइपुगेका छन् । युक्रेन युद्ध, मध्यपूर्व सङ्कट र जलवायु परिवर्तनजस्ता विषयहरू एजेन्डामा रहेको बताइएको छ । पार्थेनन मार्बलहरूको विषय पनि उठ्ने अपेक्षा गरिएको थियो ।
आइतबार, मित्सोटाकिसले बीबीसी टेलिभिजनमा अन्तर्वार्ता दिँदै आफ्नो देशको लामो समयदेखिको अडानलाई दोहो¥याए कि ब्रिटिस म्युजियममा रहेका मार्बलहरू हाल एथेन्सको एक्रोपोलिस सङ्ग्रहालयमा रहेको फ्रिजको अर्को आधासँग पुनः मिलाउनुपर्छ । उनले भने, “आधा बेलायत छोड्नु भनेको मोनालिसालाई आधा काट्नुजस्तै हो ।” ग्रीसको लागि मार्बलहरू स्वामित्वभन्दा बढी महत्वपूर्ण छन्, तिनीहरू पाँचौँ शताब्दीको एथेन्समा उनीहरूको प्रख्यात अग्रजहरू र विशाल राष्ट्रिय गौरवको प्रतीकको सीधा सम्बन्ध हुन् ।
बेलायत आफ्नो ऐतिहासिक डकैतीको बारेमा कतिको संवेदनशील छ भन्ने कुरा ग्रीक प्रधानमन्त्रीको टिप्पणीबाट ‘रिसाएको’ सुनकको जङ्गली असमान प्रतिक्रियाबाट प्रकट भयो । सुनकले दुवै देशका प्रम मिलेर लामो समयदेखि योजना बनाएको भेटवार्तालाई रद्द गरे । मङ्गलबार खाजाको लागि निर्धारित ४५ मिनेटको बैठकअघि, बेलायतीहरूले यसलाई रद्द गरे । मित्सोटाकिस मार्बल वा एजेन्डामा अन्य कुनै कुरामा छलफल नगरी आफ्नो देशतर्फ उडे । सुनकले किन यस्तो घमण्ड गरे भन्ने कुरामा धेरैजसो मानिसहरू हैरान छन् ।
दुर्भाग्यवश, बेलायतसँग अन्य देशका सम्पदा वस्तुहरू कुम्ल्याउने प्रवृत्तिको अभिलेख रेकर्ड छ, चीनलाई राम्रोसँग थाहा छ । अगस्टमा, पेइचिङको मामलामा, अनुचित तरिकाले अधिग्रहण गरिएका लगभग २३,००० चिनियाँ राष्ट्रिय सम्पदाहरू पेइचिङको मामलामा ब्रिटिस सङ्ग्रहालयले आफ्नो सङ्ग्रहबाट कलाकृतिहरू फिर्ता गर्न माग गर्ने राष्ट्रहरूको बढ्दो सूचीमा चीन सामेल भयो । चिनियाँ अनुरोधलाई पनि ग्रीकहरूलाई दिइएको जस्तै प्रतिक्रिया मिल्यो – कि १९६३ को ब्रिटिस सङ्ग्रहालय ऐनले कुनै पनि वस्तु फिर्ता गर्न निषेध गर्दछ, जबसम्म ती वस्तु दोहोरिएको, क्षतिग्रस्त भएको र सार्वजनिक चासोको हुँदैन । यद्यपि, ती कानुन ती कलाकृतिलाई बेलायतमै राख्नको लागि योजनाबद्ध तवरले निर्माण गरिएको थियो जुन स्पष्टरूपमा बेलायतसँग सम्बन्धित छैन र सायद भविष्यमा एक उचित सरकारले – एकपटक यसको प्रधानमन्त्री शान्त भएपछि – न्याय गर्न अनुमति दिने नयाँ कानुनहरू निर्माण गर्नेबारे विचार गर्न सक्छ ।
ब्रिटिस सङ्ग्रहालय र बेलायत सरकार दुवै दाबी गर्छन् कि कलाकृतिहरू वैधरूपमा अधिग्रहण गरिएको थियो र कानुनीरूपमा स्वामित्वमा छ । उनीहरूले यहाँ कानुनलाई ओभरराइडिङ मुद्दा होइन भनेर देख्न सकेनन् । यो नैतिक मुद्दा हो । यो सही काम गर्नेबारे हो ।
सानो बच्चा आरामयुक्त कम्बलमा गुट्मुटिएजस्तै बेलायत अझै आफ्नो औपनिवेशिक विगतमा टाँसिएको छ । धेरैले बेलायतको औपनिवेशिक विरासतलाई शोषणको रूपमा नभई बेलायतलाई वास्तवमै ‘महान्’ भन्न सकिने विगतको सम्झनाको रूपमा हेर्छन् । उनीहरूले यो बिन्दुमा विश्वास गुमाउँछन् कि न्याय, वैधताको सट्टा, यहाँ मुद्दा हो – गल्ती स्वीकारसँगै पुनःस्थापना र न्यायको । चोरिएका वा हडपिएका कलाकृतिहरू फिर्ता गर्नु साम्राज्यको गल्तीको लागि माफी माग्ने तरिका हुनेछ, त्यसो गर्न असफल भएमा पुराना विचारहरूलाई स्थायी बनाउनुजस्तै हुन्छ, जसले ब्रिटिस सङ्ग्रहालयजस्ता ठाउँहरूलाई ८० लाख वस्तुहरूको यस्तो शानदार सङ्ग्रह निर्माण गर्न सक्षम बनाएको छ – जसमध्ये धेरै पुरातन सभ्यताहरूबाट आएका छन् र ती बेलायतसित सम्बन्धित होइनन् ।
(लेखक बेलायतमा बसोबास गर्ने पत्रकार तथा व्याख्याता हुन् ।)
– ‘ग्लोबल टाइम्स’ बाट
अनुवाद : प्रकाश
Leave a Reply