भर्खरै :

सांसदहरूको टोलीद्वारा भक्तपुर अस्पतालमा निरीक्षण

सांसदहरूको टोलीद्वारा भक्तपुर अस्पतालमा निरीक्षण

भक्तपुर २१ मङ्सिर । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवाल, पार्टीका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशका सांसदहरू सुरेन्द्रराज गोसाई र सृजना साय्जूले बिहीबार भक्तपुर अस्पतालको स्थलगत अध्ययन गर्नुभयो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवनचन्द्र झाले भक्तपुर अस्पतालमा आउने बिरामीको सेवामा कमी नआउने गरी काम भइरहेको उल्लेख गर्दै नवनिर्मित भवनको हस्तान्तरण यही मङ्सिर २८ गते भएमा बिरामीको सेवा थप प्रभावकारी हुने बताउनुभयो ।
सांसद सुवालले बिरामीको सेवामा कमी हुन नदिन र अस्पताललाई गुणस्तरीय बनाउन सरकारको ध्यानाकर्षण गराउने उल्लेख गर्नुभयो ।
सांसद सुवालले अस्पतालभित्र जस्तोसुकै शत्रु पसे पनि उपचार पाउने अन्तर्राष्ट्रिय मान्यता नै भएको उल्लेख गर्दै प्यालेस्टिनको गाजापट्टीको अस्पताल, विद्यालय र शरणार्थी शिविरमा इजरायली बमबारीको संसारभरि विरोध भइरहेको बताउनुभयो ।
वाग्मती प्रदेशका सांसदद्वय गोसाई र साँय्जूले पनि प्रदेश सरकारको ध्यानाकर्षण गराएर भक्तपुर अस्पतालको सेवा प्रवाह गुणस्तरीय बनाउन सहयोग गर्ने उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *