भर्खरै :

पुँजीवादी सिंहासनमा बसेर समाजवादी क्रान्ति नहुने

सत्तासीन दलका नेता, मन्त्री र सांसदहरू कुनै न कुनै काण्डमा फसेको हुँदा सरकारले साँच्चै अपराधी सबैलाई कारबाही गर्दैन; कारबाही गर्न पहल गर्दैन । देशमा दर्जनौँ अनियमितताका काण्डहरू भए । कति ती काण्डहरू अहिले ओझेलमा छन् । काण्डमा परेका या फसेका सत्तासीन र ठुला दलका नेताहरू विनारोकतोक हिँडिरहेका छन् । उनीहरू नै भ्रष्टाचारको अन्त्य गर्नुपर्ने र भ्रष्टाचारीमाथि कारबाही गर्नुपर्ने बताउँदै छन् । सरकारले ठुला भ्रष्टाचारको घटनाको अनुसन्धान थालेर सुशासनको लडाइँलाई अर्को चरणमा उठाउने तयारी गरेको प्रम दाहालले फुके । नक्कली भुटानी शरणार्थीलगायत भ्रष्टाचार र अनियमितताको घटनालाई अनुसन्धानको प्रक्रिया थालनी गरेको भन्दै भ्रष्टाचारविरोधी अभियान नरोक्ने उनको दाबी छ । भ्रष्टाचारी र अनियमितता गर्नेमाथि कारबाही गर्न सरकारलाई बाध्य पारिएको हो । जनता र सञ्चार क्षेत्रको दबाबले सरकारले भ्रष्टाचारीमाथि छानबिन गरेको हो† सरकार आफैँले कहिले पनि भ्रष्टाचारीमाथि कारबाही गर्ने प्रक्रिया अघि बढाएको छैन ।
प्रम प्रचण्डले फुके, “अर्थतन्त्र सुधार्न नयाँ घोषणाको तयारी गरेका छौँ ।” देशमा कसको कारण आर्थिक सङ्कट निम्तियो ? सरकारले किन आर्थिक सङ्कट निम्त्याएको ? के व्यवसाय सम्मेलनमा बोलेपछि अर्थतन्त्र सुधार हुन्छ ? अर्थतन्त्र सुधार्न सरकारले के ‘नयाँ घोषणा’ गर्न लागेको हो ? के लगानी सम्मेलन गरेर अर्थतन्त्र मजबुत हुन्छ ? के अर्थतन्त्र सुधार्न ‘नयाँ घोषणा’ गर्ने कार्यक्रम सरकारको नीति तथा कार्यक्रममा छ ? प्रम दाहालले समाजवादी क्रान्तिको लागि ‘नयाँ विचार’ को संश्लेषण आवश्यक भएको विचार पनि पोखे । ‘नयाँ घोषणा’ र ‘नयाँ विचार’ फुक्दैमा के देशमा अर्थतन्त्र सुधार हुन्छ, समाजवादी क्रान्ति हुन्छ ? फेरि नयाँ विचारमा केन्द्रित हुनुपर्छ भन्नुको अर्थ क्रान्तिकारी बाटो छोडेर संशोधनवादी र अवसरवादी बाटोमा लागेको अर्थ लाग्दैन ? पुँजीवादी व्यवस्थाको नायक बन्न हतारिएका दाहालले देशमा समाजवादी क्रान्तिको बाटो तयार गर्लान् ? पुँजीवादी व्यवस्थाको सिंहासनमा बसेर समाजवादी क्रान्ति होला ?
राणा शासन आयो, एक सय चार वर्ष गोद्यो । पञ्चायत आयो ३० वर्ष रजाईँ ग¥यो । प्रजातन्त्र हुँदै सङ्घीय गणतन्त्र आयो, यसले पनि भकुरेको भकु¥यै छ । मानौँ देश सत्तासीन दलको कमाउने भाँडो हो । कुनै भ्रष्टाचार गरेर नाङ्गिन्छ त कुनै कमिसनको खेलमा पल्केर नाङ्गिन्छ भने कुनै सत्ता र भागबन्डामा लागेर चुरिन्छ । शासकीय नेताहरूमा नबोलीको ठेगान छ न त वचनमा पक्का नै छ न आचरणमा शुद्ध र सफा नै देखिन्छ । इज्जत र आस्थामा चोट लागे पनि, खोट देखे पनि मतलब नराख्ने शासकहरूलाई शासन गर्न पाए पुग्छ । यसकारण कम्युनिस्ट पार्टी र देशभक्त पार्टीले राष्ट्रिय फाँटमा पुँजीपति, प्रतिक्रियावादी, जमिनदार, जालीफटाहा, अपराधी र भ्रष्टाचारीहरूको विरोध गर्नुपर्छ भने अन्तर्राष्ट्रिय फाँटमा साम्राज्यवाद र विस्तारवादको विरोध गर्नुपर्छ ।
सत्तारुढ दलका नेताहरूले आफ्ना कार्यकर्ता दलका समर्थकहरूलाई इमानदार बन्न र बनाउन, देश र जनताको निःस्वार्थपूर्वक सेवा गर्न प्रशिक्षित गर्नुपर्छ । सत्तासीन दलसित सम्बन्धित कार्यकर्तादेखि नेता, कर्मचारीदेखि मन्त्रीसम्मका सबै नागरिक इमानदार भएमा भ्रष्टाचार, अनियमितता र पदको दुरूपयोग नगरी सम्पत्ति कमाइएमा पक्कै पनि देश छिट्टै विकास हुन्छ । अनि यहाँ भ्रष्टाचार हट्दै जान्छ । तर, शासकहरू मौकामा हीरा फोर्नुपर्छ भन्दै पदको दुरूपयोग गरी अकुत सम्पत्ति जोड्छन्; इमान जमानमा दाग लाग्ने काम गर्छन् । सिद्धान्त र विचारको राजनीति नगर्ने दलले न देशमा समाजवाद ल्याउँछ न त इमान जमानको राजनीति नै गर्छ । अतः राजनीति इमानदारीपूर्वक गर्नुपर्छ र पवित्र मनले गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *