आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) अभियोजक करीम खानको हालैको कब्जा गरिएको वेस्ट बैङ्क र रमल्लाहको भ्रमणले हकमा आधारित अन्तर्राष्ट्रिय न्यायाधीकरणको कडा इजरायल पक्षपाती पूर्वाग्रहलाई फेरि उजागर गरेको छ ।
यो कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रहरूमा उनको पहिलो भ्रमण थियो र संरा अमेरिकाको समर्थनमा गाजापट्टीमा इजरायली शासनको नरसंहारको युद्धको बिचमा आएको थियो ।
तेलअभिव शासनले आईसीसीको अधिकार क्षेत्रलाई मान्यता नदिने र यसमा सहयोग गर्न अस्वीकार गरे पनि खानले इजरायली अधिकारीहरूलाई आफ्नो कार्यालयले शासनसँग सहकार्य गर्न पाउँदा खुसी हुने बताए ।
अक्टोबर ७ मा सुरु भएको गाजामा प्यालेस्टिनीहरूविरुद्ध इजरायली शासनको युद्धको बिचमा धेरै विश्व नेता, कार्यकर्ता र टिप्पणीकारहरूले आईसीसीको अधीनतामा प्रश्न उठाएका छन् ।
जून २०२१ देखि आईसीसी अभियोजकको रूपमा सेवा गरिरहेका बेलायती वकिल खानको पहिलो प्रतिक्रिया इजरायली शासनले अक्टोबरमा गाजामा बमबारी सुरु गरेको तीन दिनपछि आएको थियो । अक्टोबर १० मा जारी गरिएको एक विज्ञप्तिमा खानले पुष्टि गरे कि आईसीसीको जनादेश इजरायली शासन र प्यालेस्टिनीहरूबिचको पछिल्लो टकरावमा लागू हुन्छ र उनीहरूले अक्टोबर ७ मा के भयो भन्नेबारे अनुसन्धानको समर्थनमा निरन्तर जानकारी सङ्कलन गरिरहेका छन् ।
प्यालेस्टिन २०१५ मा अन्तर्राष्ट्रिय अदालतमा सामेल भयो, जबकि तेलअभिवको शासन अझै पनि आईसीसीको सदस्य छैन र बारम्बार आफ्नो अधिकार क्षेत्र अस्वीकार गरेको छ र औपचारिकरूपमा यसमा संलग्न छैन । आईसीसीको रोम विधानले यसलाई यसको १२३ सदस्य राष्ट्रहरूको इलाकामा वा तिनीहरूका नागरिकहरूले अन्य क्षेत्रहरूमा गरिएका अपराधहरूको अनुसन्धान गर्न कानुनी अधिकार दिन्छ जब घरेलु अधिकारीहरूले त्यसो गर्न ‘इच्छुक वा असक्षम’ हुन्छन् ।
आईसीसीको निरन्तर उदासीनता
अक्टोबरको अन्त्यतिर खानले इजिप्ट र गाजापट्टीबिचको रफाह सिमानाको भ्रमण गरे । तब उनले कायरो सम्मेलनमा प्यालेस्टिनीहरूलाई खाना र औषधि नदिने इजरायलको आलोचना गरे । उनले चेतावनी दिए कि यी अधिकारहरूको कटौतीले रोम विधानअन्तर्गत आपराधिक जिम्मेवारी बढाउन सक्छ र अगाडि भने कि आईसीसीले २०१४ देखि त्यहाँ भएका युद्ध अपराधहरूको बारेमा सक्रिय अनुसन्धान गरिरहेको छ ।
तथापि, उनका कथनहरू अस्पष्टरूपमा चित्रण गरिएको थियो किनकि उसले इजरायली र प्यालेस्टिनी ‘अपराध’ लाई बराबरी गर्ने प्रयास गरेको थियो – अद्यापि एक पक्ष आक्रामक र अर्को पक्ष पीडित भए पनि । आईसीसी अनुसन्धानमा तत्कालको कुनै भावना देखिएको छैन, जसको लागि प्यालेस्टिनी राजनीतिज्ञ र मानव अधिकार कार्यकर्ताहरूले अदालतको नियमित विरोध र आलोचना गरेका छन् ।
दबाबको बिचमा, नोभेम्बरको मध्यमा खानले घोषणा गरे कि पाँच देशहरूले विशेषगरी दक्षिण अफ्रिका, बङ्गलादेश, बोलिभिया, कोमोरोस र जिबूटीले उनलाई प्यालेस्टिनको अवस्थाबारे उजुरी पठाएको थियो ।
दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले उल्लेख गरे कि उनको देशले विश्वका अन्य धेरै देशहरूसँग मिलेर इजरायली शासनको अपराधलाई लिएर आईसीसीमा उजुरी पठाएको छ ।
इरानका विदेशमन्त्री होसेन अमिर–अब्दुल्लाहियानले पनि अन्तर्राष्ट्रिय अदालतमा न्यायिक प्रक्रिया सुरु गर्नुपर्ने आवश्यकतामा जोड दिँदै आईसीसीका अध्यक्ष र अभियोजकलाई पत्रमार्फत अपिल गरेका छन् । उनले दोहोरो मापदण्ड, छनोट र राजनीतीकरणलाई बेवास्ता गर्दै रोम विधानमा उल्लिखित अदालतको मुख्य कर्तव्य पालना गर्ने महत्वलाई उजागर गर्दै गम्भीर अन्तर्राष्ट्रिय अपराधका दोषीहरूलाई सजायबाट बच्न नदिन आईसीसीलाई आग्रह गरे । तर, विध्वंसकारी युद्ध जारी रहे पनि आइसीसीको अनुसन्धानमा अहिलेसम्म कुनै प्रगति हुन सकेको छैन ।
खानको तेलअभिव भ्रमण
उत्तरदायित्व र व्यावसायिकताको लागि बढ्दो अन्तर्राष्ट्रिय आह्वानहरूको बाबजुद, अभियोजक करीम खानको इजरायल नियन्त्रित वेस्ट बैङ्क र तेलअभिवको हालैको भ्रमणपछि स्पष्ट दोहोरो चरित्र र कपट नयाँ उचाइमा पुग्यो । इजरायली शासनले अक्टोबर ७ मा आफ्नो नागरिकहरूको हत्या गरेको प्रमाणको बाबजुद अल–अक्सा तूफान अपरेसन (अल–अक्सा बाढी) को पीडित परिवारहरूको प्रतिनिधित्व गर्ने समूहद्वारा उनको यात्रा गराइएको थियो ।
इजरायली शासनले अक्टोबर ७ को शानदार सैन्य अपरेसन र यसको अपमानजनक पराजयलाई ‘नरसंहार’ को रूपमा चित्रण गर्न ठूलो प्रचार प्रयास ग¥यो । केही हप्ताहरूदेखि तिनीहरूले प्रचारका साथ मिडियामा बमबारी गरिरहेका छन्, साथै विश्व नेताहरूसँग भेटघाट गर्दै, भावनात्मक प्रतिक्रिया खोजिरहेका छन् जुन इजरायली शासनले प्यालेस्टिनीहरूलाई बदनाम गर्न प्रयोग गरिरहेको छ ।
यो ४० जना ‘हत्या गरिएका बच्चाहरू’ को बारेमा व्यापकरूपमा प्रचार गरिएको प्रचारदेखि लिएर एमिली ह्यान्डको व्यक्तिगत कथासम्म छ, जसको बुबाले खुसीसाथ मिडियामा बयान दिए कि उनी मरिसकेकी छिन् । पछि जिउँदो रहेकी घोषणा गरियो र अन्ततः मुक्त भयो ।
हालै रिहा गरिएका इजरायली बन्दीहरूप्रति हमासको मानवीय व्यवहारले शासनलाई उनीहरूका परिवारहरूलाई मिडियासँग बोल्न प्रतिबन्ध लगाउन प्रेरित ग¥यो, उनीहरूले जनमतलाई हेरफेर गर्ने प्रयास गरेको सुझाव दिए ।
खानलाई नक्कली जियोनिस्ट कथालाई निर्विवाद तथ्यको रूपमा लिएको आरोप लगाइएको छ । आधिकारिक बयानमा टिप्पणी गर्दै उनले भने कि हमासको अपरेसन ‘नागरिकहरूमाथिको आक्रमण’ थियो र यसले ‘मानवताको अन्तस्करणलाई चकित पार्ने सबैभन्दा गम्भीर अन्तर्राष्ट्रिय अपराधहरूमध्ये एक हो ।’
उनले हमासलाई ‘आतङ्कवादी’ सङ्गठन भने, जुन अन्तर्राष्ट्रिय स्थिति होइन र इजरायली बन्धकहरूलाई रिहा गर्न माग गरे तर ६,००० भन्दा बढी प्यालेस्टिनी नागरिकहरू बिना कुनै अभियोग इजरायली कैदमा छन् ।
प्यालेस्टिनीहरूले खानको आलोचना गर्छन्
खानले रमल्लाहमा प्यालेस्टिनी अधिकारीहरूसँग पनि भेट गरे, जसमा राष्ट्रपति महमुद अब्बास पनि थिए । तर, प्यालेस्टिनी राजनीतिक दलहरू र मानव अधिकार समूहहरूले उहाँलाई लामो समयदेखिको प्यालेस्टिनी आरोपहरूमा अधिकार उल्लङ्घनको इजरायली आरोपलाई सहीरूपमा आरोप लगाएका थिए ।
एक विज्ञप्तिमा, हमासले आफ्नो भ्रमण र अक्टोबर ७ मा भएको कथित अत्याचारको सम्बन्धमा उनको दाबीहरूको निन्दा ग¥यो, खानले इजरायलको ‘झूटो र भ्रामक कथा’ तर्फ पूर्वाग्रह गरेको आरोप लगाउँदै ‘व्यावसायिक र निष्पक्ष छानबिन’ नगरेको आरोप लगायो ।
“प्यालेस्टिनी मानवअधिकार सङ्गठनहरूको हैसियतमा हामीले उहाँसँग भेट नगर्ने निर्णय गरेका छौँ,” मानव अधिकारका लागि स्वतन्त्र आयोग (ICHR) का महानिर्देशक अम्मर अल–द्वाइकले भने ।
“मलाई लाग्छ कि यस भ्रमणलाई जसरी व्यवहार गरिएको छ त्यसले खानले आफ्नो कामलाई स्वतन्त्र र व्यावसायिकरूपमा व्यवहार गरिरहेको छैन भनेर देखाउँदछ,” उनले इजरयली र प्यालेस्टिनका मुद्दाहरूमा आफ्नो असमान व्यवहारलाई जोड दिँदै भने ।
आईसीसीले प्यालेस्टिनी जनतालाई वर्षौँदेखि असफल बनाएको र अब गाजामा २३ लाख प्यालेस्टिनीहरूविरुद्ध इजरायली शासनको नरसंहार रोक्न असफल भएको भन्दै बीडीएस आन्दोलनले अदालतको वैधानिकतालाई कमजोर बनाउँदै आलोचना गरेको छ ।
एक्स (साविक ट्विटर) प्लेटफर्ममा, पहिले ट्विटरमा, आन्दोलनले खानको इजरायल नियन्त्रित इलाकाहरूको यात्रालाई पक्षपाती र इजरायली प्रायोजित भएको वर्णन ग¥यो र यो भ्रमणले अदालतको असफलतालाई जोड दिन्छ ।
रामी अब्दुको नेतृत्वमा रहेको जेनेभामा रहेको युरो–मेडिटेरेनियन ह्युमन राइट्स मनिटरले पनि गाजापट्टीसहित इजरायल नियन्त्रित प्यालेस्टिनको स्थितिमा कार्य गर्न असफल भएकोमा आईसीसी अभियोजकको आलोचना गरेको छ ।
“गाजामा इजरायली युद्धको इतिहासमा अतुलनीय, असाधारण उच्च स्तरको दस्तावेजको प्रकाशमा, जुन अन्तर्राष्ट्रिय कानुनअन्तर्गत बनाइने नरसंहारको परिभाषामा फिट छ, खानको दृष्टिकोण न्यायको लागि लज्जास्पद अपमान हो,” यसको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उनीहरूले इजरायलको कब्जा र बसोबास गर्ने आतङ्कवादका पीडितहरू वा उनीहरूका परिवारहरूसँग भेट नगरेको तथ्यलाई उल्लेख गर्दै इजरायल नियन्त्रित प्यालेस्टिन क्षेत्रहरूमा भएका घटनाक्रमहरूमा ‘व्यावहारिक कारबाही’ नगरेकोमा खानलाई ‘स्पष्ट दोहोरो मापदण्ड’ भएको आरोप लगाए ।
अल मेजान सेन्टर फर ह्युमन राइट्स, अल–हक र प्यालेस्टिनी सेन्टर फर ह्युमन राइट्सले पनि विशेषगरी गाजाका पीडितहरूसँग खानको प्रत्यक्ष संलग्नतामा ‘लामो ढिलाइ’ भएको भन्दै गहिरो चिन्ता व्यक्त गरे ।
आईसीसी अगाडि प्यालेस्टिनी पीडितका कानुनी प्रतिनिधि ट्रिस्टिनो मारिनेलोले भने, खान “पीडित प्रतिनिधिहरू वा पीडितहरूसँग भेट्न सधैँ असफल भएको छ ।”
मारिनिल्लोले उल्लेख गरे कि खानले पदभार ग्रहण गरेदेखि उनको जनादेश प्यालेस्टिनको अवस्थाको सम्बन्धमा ‘दोहोरो मापदण्ड’ द्वारा विशेषता भएको छ ।
“अभियोजकले कुनै प्रभावकारी अनुसन्धान गरेको छैन र अनुसन्धान सुरु भएदेखि नै धेरै न्यून र ठूलो मात्रामा अपर्याप्त रकम छुट्याएको छ,” उनले भने ।
पत्रकार बेन्जामिन नोर्टनले टिप्पणी गरे कि अमेरिका र इजरायली शासन सदस्य नभए पनि उनीहरूले खानलाई आईसीसी अभियोजक बन्न लबिङ गरे र आज त्यसैको परिणामस्वरूप उनले अफगानिस्तान र प्यालेस्टिनमा अमेरिका र इजरायली युद्ध अपराधको अनुसन्धान तुरुन्तै त्यागे ।
– ‘प्रेस टीभीको विचार स्तम्भ’ बाट
अनुवाद : प्रकाश
Leave a Reply