भर्खरै :

राष्ट्राध्यक्ष सी चिनफिङ तथा भियतनामका राष्ट्राध्यक्षबिच भेटवार्ता

राष्ट्राध्यक्ष सी चिनफिङ तथा भियतनामका राष्ट्राध्यक्षबिच भेटवार्ता

हनोइ, १३ डिसेम्बर (सिन्ह्वा) । डिसेम्बर १३ मा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष सी चिनफिङले हनोइको राष्ट्राध्यक्ष भवनमा भियतनामका राष्ट्राध्यक्ष भो भान छोङसँग भेटवार्ता गर्नुभयो ।
भेटको अवसरमा राष्ट्राध्यक्ष सीले भियतनामसँगै मिलेर रणनीतिक समझदारीलाई गहन पारी रणनीतिक अर्थसहित चीन–भियतनाम भाग्य एकरूपताको निर्माणलाई अघि बढाउनुका साथै दुवै देशका जनताका लागि अझ बढी हित र अवसर सिर्जना गर्दै जान चीन इच्छुक रहेको औँल्याउनुभयो ।
बुधबारै राष्ट्राध्यक्ष सी चिनफिङले हनोइमा भियतनामका प्रधानमन्त्री फाम मिन्ह छोइन्हसँग भेटवार्ता गर्नुभयो ।
भेटको अवसरमा राष्ट्राध्यक्ष सीले भियतनामी कम्युनिस्ट पार्टीको नेतृत्वमा भियतनाम सरकारले भियतनामी जनताको नेतृत्व गर्दै देशको निर्माण कार्यमा अझ नयाँ उपलब्धि प्राप्त गर्नसक्ने विश्वास व्यक्त गर्नुभयो ।
आगामी दिनहरूमा दुई देशबिचको राम्रो सम्बन्धले दुवै देशका जनताका लागि अझ बढी हित र अवसर सिर्जना गर्नुका साथै क्षेत्रीय, विश्व शान्ति तथा स्थिरता र विकासको लागि सकारात्मक योगदान गर्दै जाने विश्वास पनि राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभयो ।
स्थानीय समयअनुसार डिसेम्बर १३ को अपराह्न चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष सी चिनफिङ र श्रीमती फङ लीयुआन भियतनाम कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका महासचिव न्येन फु ट्रोङ दम्पतिले चीन र भियतनामका युवायुवती र मैत्रीपूर्ण व्यक्तिहरूसँग संयुक्तरूपमा भेटघाट गर्नुभयो ।
सो अवसरमा सी चिनफिङले डिसेम्बर १२ मा महासचिव न्येन फु ट्रोङसँगको भेट रणनीतिक अर्थ रहेको चीन र भियतनामको भाग्य समुदायको सिर्जना गर्ने कुराको घोषणा गरेको उल्लेख गर्दै दुई मुलुकका जनताको साझा हित र साझा इच्छासित यो कार्य अनुकूल रहेको बताउनुभयो ।
चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष सी चिनफिङ दम्पति र भियतनाम कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका महासचिव न्येन फु ट्रोङ दम्पतिले चीन र भियतनामका युवायुवती र मैत्रीपूर्ण व्यक्तिहरूसँग संयुक्त रुपमा भेटघाट गर्नुभयो ।
भियतनामको राजधानी हनोइमा डिसेम्बर १३ मा अपराह्न उक्त भेटघाट भएको हो ।
हनोइबाट विमानस्थल जाँदा बाटोमा स्थानीय सर्वसाधारण र भियतनाममा बसोबास गरिरहेका चिनियाँ र भियतनामी जनताले बाटोको दुई किनारमा राष्ट्राध्यक्ष सी चिनफिङसँग हार्दिक बिदाइ गर्नुका साथै भ्रमणले सफलता प्राप्त गरेकोमा शुभकामना दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *