रास्वपा सरकार पुँजीपतिवर्गको नयाँ घोडा
- असार २८, २०८३
भक्तपुर, १ पुस । ‘सङ्कटको बेला नेतृत्वको परीक्षण हुने हुँदा त्यस्तो बेला संस्था छाडेर भाग्नेहरूले कुनै पनि संस्थाको सफल नेतृत्व गर्न सक्दैनन् ।’
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले झिगु ख्वप बचत तथा ऋण सहकारी संस्था लि. द्वारा आयोजित ‘नेतृत्व विकास तालिम’ को समापन समारोहमा उक्त विचार व्यक्त गर्नुभएको हो ।
उहाँले नेतृत्व भनेको चालक भएको हुँदा ठुलो चुनौती सामना गर्न सक्नेहरूले नै ठुलो सफलता हासिल गर्न सम्भव हुन्छ भन्नुभयो ।
सहकारीमा आइरहेको विकृतिबारे प्रस्ट पार्दै भन्नुभयो, “सहकारीको पैसाले निजी गाडी चढ्ने, सम्पत्ति जोड्ने अनियमितता गर्नेहरूकै कारण आज केही सहकारीहरू सङ्कटमा पुगेका छन् । त्यसले सहकारी संस्थाहरूकै बदनाम भइरहेको छ । सहकारीको नेतृत्व गर्नेहरूले पारदर्शिता, आर्थिक अनुशासन र मितव्ययितालाई ध्यानमा राख्नुपर्छ र सहकारीको बृहत्तर हितमा काम गर्नुपर्छ ।”
“असफलताबाट निराशा होइन, त्यसबाट सिकेर अगाडि बढ्नेहरूले नै सहकारीमात्रै होइन समाजको नेतृत्व गर्न सक्छन् भन्दै जुनसुकै क्षेत्रमा बसेर काम गरे पनि समाजको सेवा गर्ने भावनालाई ध्यान दिनुपर्छ,” उहाँले भन्नुभयो ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष तथा आदर्श आजाद मा.वि./कलेजका प्राचार्य श्रीकृष्ण किसीले संस्थागत विकासको निम्ति कार्य गर्नु सजिलो काम होइन, उक्त चुनौतीलाई सामना गर्दै अगाडि बढ्नु आजको आवश्यकता हो भन्नुभयो ।
संस्थाका संस्थापक एवं भनपा ७ वडाका वडाध्यक्ष उकेश कवांले सहकारी संस्थाका चुनौती अवसरबारे सदस्यहरूले ध्यान दिनुपर्नेमा जोड दिँदै नेपालका शासकहरूले यसलाई पुँजीवादको औजार बनाएको बताउनुभयो ।
संस्थाका सल्लाहकार लक्ष्मीभक्त कवांले तालिमले व्यक्तिको व्यक्तित्व विकासमा सहयोग पुग्ने भएकोले तालिम हुनु आवश्यक छ भन्नुभयो ।
उक्त तालिमको संस्थाका संस्थापक अध्यक्ष श्रीकृष्ण किसीले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा संस्थाका उपाध्यक्ष नारायणप्रसाद कवां, सचिव हरिकृष्ण दनेगुलु र सदस्य इन्द्रमाया लागेले पनि बोल्नुभएको थियो
प्रशिक्षक प्रल्हाद वास्तोलाले तालिम दिनुभएको उक्त कार्यक्रमको सभापतित्व संस्थाका सञ्चालक समितिका अध्यक्ष बलराम गोसाईले गर्नुभएको थियो ।
Leave a Reply