भर्खरै :

ललितपुरमा ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ पत्रिकाको अन्तरक्रिया

ललितपुरमा ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ पत्रिकाको अन्तरक्रिया

ललितपुर, १ पुस । नेपाल मजदुर किसान पार्टी महालक्ष्मी नगर समितिको आयोजनामा शनिबार सिद्धिपुरमा ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक पत्रिकाको अन्तरक्रिया कार्यक्रम भयो ।
उक्त अन्तरक्रिया कार्यक्रममा ‘कुत्सित मनसाय बोकेको साम्राज्यवादी अमेरिकालाई चिन्न जरुरी’, ‘शरणार्थीलाई शरण दिनु प्यालेस्टिनी जनताको अपराध होइन’, ‘हमासको निहुँमा प्यालेस्टिनीहरूको नरसंहार विश्वलाई मान्य नहुने’, ‘एउटा प्यालेस्टिनी मारिँदा चह¥याउँछन् सयौँ घाउहरू’, ‘बाइडेनको हातमा रगत : संयुक्त राज्य अमेरिकाले गाजामा तार तानेको छ’, ‘अस्पताल र विद्यालयमा आक्रमण गर्नु अन्तर्राष्ट्रिय मान्यताविपरीत’, ‘मानव अधिकार, युद्ध र शान्ति’, ‘नेतन्याहुविरुद्ध पक्राउ पुर्जी जारी गर्नु जरुरी’ र ‘प्यालेस्टिनी जनताको नरसंहारविरुद्ध जुलुस र सभा’ लगायतका बुँदाहरूमा चर्चा परिचर्चा भयो ।
कार्यक्रममा ‘विदेसिएका युवाहरू सङ्कटमा’, ‘सरकारहरू भ्रष्टाचारीलाई उम्काउने काममा ?’, ‘भ्रष्ट शासक प्रशासकहरूलाई बहिष्कार गर्नुपर्ने’, ‘वर्गमा विभाजित समाजमा वर्गसङ्घर्ष स्वाभाविक’ र ‘नेमकिपाबारेका भ्रमहरूबाट मुक्ति आवश्यक’ शीर्षकका लेखहरूको विश्लेषण भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टी वाग्मती प्रदेश समिति सदस्य एन. महर्जनले भन्नुभयो, “प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ संंस्थामा समेत गई कामदार जनतालाई पुँजीवादी प्रभावबाट मुक्त गर्ने उद्देश्य राखेर कम्युनिस्टहरूले पुँजीवादी सरकार र त्यसका प्रहरी र गुप्तचरहरूको अन्याय र अत्याचारको विरोधमा सङ्घर्ष गरेका छन् । रुसी बोल्शेविक पार्टीले रुसी संसद् (ड्युमा) को निर्वाचनलाई उपयोग ग¥यो र विजय भएर केही सांसद पनि भए । जार सरकारको युद्धकरको विरोधमा मत दिए । फलस्वरूप जार सरकारको अदालतले पाँचजना ड्युमाका सांसदहरूलाई जीवनभर कालापानीको सजाय सुनायो । तर, बोल्शेभिकहरू निराश भएनन् किनभने तिनीहरूले पैसा र पद पाउन वा मन्त्री बन्नका लागि संंसदीय निर्वाचनमा भाग लिएका थिएनन् ।”
उहाँले भन्नुभयो, “नेमकिपाले पनि लेनिनवादी सिद्धान्तअनुसार निर्वाचनमा भाग लिएको हो† देश र जनताको सेवा गरिरहेको हो । कार्यकर्ताहरूलाई सुरुदेखि पार्टीको कार्यक्रम, घोषणापत्र र विधानबारे व्यवस्थितरूपले अन्तरक्रिया गर्नु, गराउनु जरुरी छ ।”
नेपाल मजदुर किसान पार्टी ललितपुरका महन्त महर्जनले भन्नुभयो, “नेपाल मजदुर किसान पार्टी अन्तर्राष्ट्रवादी कम्युनिस्ट पार्टी हो; साम्राज्यवादी अमेरिकाले भियतनाम, लाओस, कम्बोडिया, लिविया, इराक, अफ्गानिस्तान, सिरिया, क्युवा र प्रजग कोरियालगायतका देशमा आक्रमण गर्दा वा नाकाबन्दी गर्दा त्यसको विरोधमा नेमकिपाले संसद् र सडकमा सङ्घर्ष गरिरहेको हो ।
उहाँले थप्नुभयो, “भारतले नेपालको कालापानी, सुस्तालगायत देशको ७२ स्थानमा अतिक्रमण गर्दा वा सीमा मिच्दा सोको विरोध गरी नेपाली जनतालाई सचेत गर्ने कार्य नेमकिपाले गर्दै आइरहेको छ ।”
नेपाल कर्मचारी समाजका अध्यक्ष एलपी गौतमले भन्नुभयो, “नेमकिपाले भ्रष्टाचार, अनियमितता, विदेशी हस्तक्षेपको विरुद्ध आवाज उठाइरहेको छ† नेका, एमाले र माओवादीलगायतका सत्तामा जाने पार्टीहरूले गरेको कालो कर्टुतविरुद्ध सङ्घर्ष छेडेको छ । देश र जनताको हितविपरीत काम गर्ने† पार्टीगत र पारिवारिक फाइदाको लागि काम गर्ने र भारतीय एकाधिकार पुँजी तथा अमेरिकी साम्राज्यवादका पक्षधर देशघाती पार्टीहरूलाई जनताले राम्रोसँग चिन्नु आवश्यक छ । हामीले ती दलाल पार्टीहरूबाट जनतालाई सचेत गर्न आवश्यक छ ।”
नेपाल मजदुर किसान पार्टी महालक्ष्मीका एम. महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा इन्द्रराज महर्जन, अनिश महर्जन, रूपना महर्जन र शोभा महर्जनलगायतले आ–आफ्नो अध्ययन प्रस्तुत गर्दै दाल, चामल, तरकारीसमेत भारतबाट आयात गर्नुपर्ने अवस्था बनाइएको, नेपालको सबै खेत बाँझो बनाई युवाहरूलाई सस्तो ज्यामी बनाई विदेश जान बाध्य पारेको, ठुला भनिएका पार्टी तथा नेताहरू सिंहदरबार कब्जा गरी बसेको, देशलाई झन्झन् परनिर्भरतातर्फ धकेलिरहेको विषयमा नेपाली जनतालाई सचेत गर्नु आवश्यक रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *