भर्खरै :

अन्तरराष्ट्रिय डिजिटल कला प्रदर्शनी

काठमाडौँ, २४ कात्तिक (रासस) ः नेपाल र चीनको सम्बन्धलाई बलियो बनाउन तिब्बती सांस्कृतिक सम्पदामा आधारित अन्तरराष्ट्रिय डिजिटल कला प्रदर्शनी शुरु भएको छ ।
काठमाडौँस्थित सिन्ह्वा समाचार समिति र चाइना मोबाइल तिब्बत कम्पनीको संयुक्त आयोजनामा चार दिनसम्म चल्ने उक्त प्रदर्शनी लाजिम्पाटको सांग्रिला होटलमा गरिएको छ । ‘इन्टरनेशनल डिजिटल आर्ट एक्जिविशन अन तिब्बेतियन कल्चर हेरिटेज’ शीर्षक सो प्रदर्शनीमा तिब्बतका प्राचीन कला, संस्कृति, सम्पदा, पर्यटनलगायत विषयवस्तुलाई आधुनिक डिजिटल प्रविधिमा समावेश गरिएको छ ।
काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले प्रदर्शनी उद्घाटन गर्दै र रानीपोखरीको पुनःनिर्माणमा पुरानो सम्पदालाई संरक्षण गर्दै पर्यटकीय क्षेत्रको विकास हुने गरी पुनःनिर्माण गरिने विचार व्यक्त गर्नुभयो । त्यस्तै सिन्ह्वा समाचार समितिका काठमाडौँ ब्यूरो प्रमुख झौ सेङपिङले तिब्बतका परम्परा, धर्म, संस्कृति तथा मनोरम दृष्यले धेरैलाई प्रभाव पारेको बताउँदै नेपाल र चीनको संस्कृतिको आदानप्रदानका लागि प्रदर्शनी महत्वपूर्ण रहेको विचार व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *