रास्वपा सरकार पुँजीपतिवर्गको नयाँ घोडा
- असार २८, २०८३
काठमाडौँ, २ पुस । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा युरोपेली सङ्घले नेपाल वायु सेवा निगमलाई कालोसूचीमा राखेको बारे छलफल भयो ।
कार्यसूचीमा नयाँ विमान खरिद र नेपाल वायु सेवा निगम सम्बद्ध समसामयिक विषय पनि राखिएको थियो । तर, पहिलो विषयमा छलफल केन्द्रित भयो ।
निगमका कार्यकारी अध्यक्षले सन् २०१३ देखि नेपाली वायु सेवा उडान युरोपेली सङ्घको कालोसूचीमा परेको र केही महिनाअघि युरोपेली सङ्घका प्रतिनिधिहरू काठमाडौँ आएर अध्ययन गरेको उल्लेख गरे ।
युरोपेली सङ्घले गएको नोभेम्बर १४ मा बेल्जियम बोलाएको र त्यहाँ सबै विषय राखेको उल्लेख गर्दै कार्यकारी अध्यक्षले नोभेम्बर २९ मा नेपालको वायु सेवा कालोसूचीमै परेको जानकारी गराए ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालको वायु सेवा युरोपेली देशमा उड्न नपाउने गरी कालोसूचीमा परेको १० वर्ष हुँदा समेत बाहिर ल्याउन सरकार सफल नभएको उल्लेख गर्दै दस वर्ष यताका पर्यटन मन्त्री, सचिव र अन्य अधिकारीहरूलाई समितिमा बोलाएर स्पष्टीकरण लिनुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
पर्यटन मन्त्रीले केही महिनाअगाडि आफ्नो मन्त्री पद र मन्त्रालय कसले चलाउँछ थाहा नभएको बताएको तर्फ समितिको ध्यानाकर्षण गराउँदै सांसद सुवालले युरोपेली सङ्घको सुझाव के कस्तो छ उपलब्ध हुनुपर्ने बताउनुभयो ।
सांसदहरू विमलेन्द्र निधी, शिशिर खनाल, प्रकाशमान सिंह, एकनाथ ढकाल, दीपक भट्टचनलगायतले नागरिक उड्डयन प्राधिकरण र नेपाल वायु सेवा निगमबिच एक आपसमा दोषारोपण गरी वायु सेवालाई युरोपेली सङ्घको कालोसूचीबाट बाहिर ल्याउन नसक्ने सम्बन्धित अधिकारीहरू दोषी भएको उल्लेख गर्नुभयो ।
समितिको बैठक पुस ५ गते पुनः बस्नेछ ।
Leave a Reply