भर्खरै :

शान्तिकामी जनताको आवाज स्थायी युद्धविराम !

शान्तिकामी जनताको आवाज स्थायी युद्धविराम !

शरण दिए यहुदीलाई
प्यालेस्टिनी भूमिमा मुसलमानले
बिनाजातपात, भेदभाव
पहिलो विश्व युद्धताका नै ।
हो,
त्यतिबेला साम्राज्यवादी बेलायतले
दिन दुगुना रात चौगुना
योजना बनाई बसाले
प्यालेस्टिनी भूमिमा यहुदीलाई ।
साम्राज्यवादको इसारामा
यहुदी फासीवादलाई उल्काई
जालीफटाहा, षड्यन्त्रकारीले
थिचोमिचो गरे प्यालेस्टिनमा ।
अन्तत्वगत्वा टुक्रा गरिछाडे
यहुदीको इजरायल भनी
विस्थापित गर्दै लगे प्यालेस्टिनीलाई
आखिर देशविहीन बनाई ।
वास्तविकता संसारलाई थाहा छ
प्यालेस्टिन प्यालेस्टिनीको भनी
साम्राज्यवादी हतियारको उन्मादले
छेडियो रक्तरञ्जित युद्ध नै ।

बाइडेनको इसारामा नेतन्याहुले
मच्चाए प्यालेस्टिनमा नरसंहार
वंश नै नाश गर्ने नियतले
जहाँ प्यालेस्टिनी त्यहीँ बमबारी ।
प्यालेस्टिनी जनताको पक्षमा
गुञ्जियो संसारभरि एकै स्वर
प्यालेस्टिन त प्यालेस्टिनीको हो
यहुदी फासीवादको त हुँदै होइन ।
जातीय संहारका जड हुन्
अमेरिकी साम्राज्यवाद र यहुदी फासीवाद
शान्तिकामी जनताको आवाज
स्थायी युद्धविराम !

Leave a Reply

Your email address will not be published. Required fields are marked *