शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको भूमिकाबारे अन्तरक्रिया
- असार ७, २०८३
गुणस्तरमा ध्यान गएन सम्मानित त भए,
सम्मानित भएकाहरू विदेशतिर गए ।
हजारौँ विद्यार्थी युवा दैनिक विदेशतिर,
कुन बुद्धिमा खिया लाग्यो, नझुकेको शिर ?
इराकमा मरेका लासको, आँसु पुछिएन,
नेपाली विदेशमा किन अझै बुझिएन ।
केही नेपाली रुस–युक्रेन, केही गाँजामा मरे,
कस्मिर युद्ध हुँदा पनि, नेपाली नै परे ।
कालापानी, लिपुलेक र सिमानाका वासी,
भोक, निन्द्रा, खुसी छैन, रोटी खान्छन् खोसी ।
रोग, भोक, चिन्ता, डर र त्रासमा जनता परे जालमा,
नेपालीको जीवन बित्यो दुःख आँसुको तालमा ।
बाढी, पहिरो, हावा हुरी पलपलमा भुइँचालो,
मलमपट्टी नपाई रुन्छन्, घाउ देखिन्छ आलो ।
स्वास्थ्य, शिक्षा कमजोर भयो, बेरोजगार बढ्दै छ,
किसानले उत्पादन गर्छन्, मूल्य नपाई सड्दै छ ।
करोडौँ कर छली हुन्छ, लाखौँ हिनामिना,
न्यायाधीशले बिर्सिसके, उचित छिनोफाना ।
जग्गा बाँझो, खेत बाँझै छ, युवा जाडको तलमा,
ठूला माछा फुत्कि जाने, सानै पर्ने जालमा ।
राजनीति बेइमानीमात्र जालझेल र षड्यन्त्र,
अर्कैले चलाइदिन लाग्यो राज्यको संयन्त्र ।
शैक्षिक संस्था होडबाजीमा कमाउँदै रमाए,
त्रिविले गिनिज बुकमा नामसमेत लेखाए ।
गुणस्तर ध्यान गएन, सम्मानित त भए,
सम्मानित भएकाहरू विदेशतिरै गए ।
Leave a Reply