विकास निर्माणलाई अघि बढाउँदा ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाको संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्ने
- असार ७, २०८३
पण्डित जवाहरलाल नेहरूले आफ्नो आत्मकथामा मानेका छन् कि हाम्रो स्वतन्त्रताको लडाइँ, जसको नेतृत्व काङ्ग्रेसको हातमा थियो, सधैँ नै पैसावालाको हातमा थियो, चाहे ती पुँजीपति होस् या जमिनदार । प्रस्ट छ, स्वतन्त्रतापछि पनि सत्ता यिनीहरूकै वर्गको हातमा छ । आज यो कुरा झन् स्पष्ट भइसकेको छ । पछिल्लो २५ वर्षमा धनी झन् धनी हुँदै छ । गरिब झन् गरिब हुँदै छ । पण्डित नेहरूले यो स्थितिमा परिवर्तन चाहेको भए गर्नुहुन्थ्यो तर उनले यसो गर्न पाएनन् । म उनलाई दोष दिन्न । किनभने उहाँको अगाडि निकै गम्भीर चुनौतीहरू थिए । आज हाम्रो प्रधानमन्त्री इन्दिरा गान्धी समाजवादी लक्ष्य प्राप्त गर्ने सपथ लिन्छिन् । उनी कति सफल हुन्छिन् म भन्न सक्दिनँ । राजनीति मेरो विषय होइन । यद्यपि यो विषयमा उल्लेख गर्नुको उद्देश्य यति मात्रै हो । तपाईँ यस कुरामा सहमत हुनुहोला कि आज भारतमा सम्पत्तिवाला वर्गको सरकारी नोकरीमा मात्र होइन बरु समाजमा पनि तिनीहरूको प्रभाव बढ्दै छ ।
म सोच्छु । तपाईँ यस कुरामा राजी हुनुहुन्छ । अङ्ग्रेजले यो देशमा आफ्नो प्रभाव द¥हो बनाउनको लागि अङ्ग्रेजी भाषा उपयोग ग¥यो । अब तपाईँलाई के लाग्छ ? उनीहरूपछि यो देशको नेतृत्व सम्हाल्ने, यो देश चलाउने विद्यमान शासक आफ्ना प्रभुत्व मजबुत बनाउनको लागि कुन भाषालाई उपयोग गर्दै छन् ? राष्ट्रभाषा हिन्दी ? होइन । उनीहरूको पनि मन अङ्ग्रेजीमै छ । मात्र अङ्ग्रेजीमै छ । उनीहरू हिन्दीको नाममा पनि होहल्ला मचाउँछन् । देखावती देशभक्तिको लागि, मानिसहरूको दिमाग मोड्न र जनतालाई बाटो बिराउन दिन त्यसो गर्दै छन् ।
जोसँग पैसा छ, सम्पत्ति छ उनीहरू हजारौँ किसिमका अलग अलग भगवानलाई मान्छन् होला । तर, आफ्नो फाइदाको लागि पूजा गर्ने एकैलाई हो । यस्तै नै औद्योगिकीकरण र प्राविधिक क्रान्तिको युगको जमानामा पुँजीपतिवर्गको नाफाको लागि अङ्ग्रेजी भाषा फैलाएको बुझ्न सकिन्छ । यसको सामाजिक फाइदा पनि धेरै छ । यसरी हेरौँ । हाम्रो शासक वर्गको लागि अङ्ग्रेजी ईश्वरले पठाएको कुनै उपहारभन्दा कम होइन । किन ? किनभने अङ्ग्रेजी भाषा यो देशका करोडौँ जनसङ्ख्याको पहुँचभन्दा बाहिरको बोली हो । पुरानो समयमा संस्कृत र फारसी पनि आम जनताबाट टाढा थियो । उनीहरूको पहुँचभन्दा बाहिर थियो । त्यसैले त त्यसक्रममा राजाहरू, सुल्तानहरूले ती भाषाहरूलाई राजकीय भाषाको दर्जा दिएका थिए । संस्कृत र फारसीको बहानामा देशका जनतालाई मूर्ख, कमजोर, असभ्य अनुभव गराउँछन् । उनीहरू आफैँ शासन गर्न सक्षम छैनन् भन्ने उनीहरूलाई अनुभव गराउँछन् । संस्कृत र फारसीको माध्यमबाट मानिसहरूको दिमागलाई दास बनाउन मद्दत गर्छ । जब दिमाग दास बन्न जान्छ । तब दासता सधैँ सधैँको लागि पक्की हुन जान्छ ।
अहिलेको शासकवर्गले अङ्ग्रेजसँग मिलेको सामाजिक व्यवस्था कायम राख्नुमा फाइदा देख्छ । उनीहरू बढी मिलेका छन् । उनीहरू पर्याप्त सजिलो अवस्थामा छन् । तर, उनीहरू यसलाई खुलेर बताउन सक्दैनन्; मान्दैनन् । यसैकारण उनीहरू हिन्दी र यसलाई राष्ट्रभाषाको दर्जा दिइएको विषयमा ज्यादै हल्ला मच्चाउँछन् । उनीहरूलाई राम्रोसँग थाहा छ । यो संस्कृतका शब्दहरूबाट भरिएको बनावटी भाषा हो । जसमा आधुनिक विज्ञान र प्राविधिक शब्द छैनन् । यो संस्कृततर्फ झुकेको हिन्दी भाषा अङ्ग्रेजको सामुने कहीँ डट्न सक्दैन । यो सधैँ एक सजावटी वस्तुजस्तो मात्र बनिरहन्छ । बरु यो देशका जनतालाई आपसमा लडाउने सजिलो माध्यम बनिरहन्छ ।
हामी चलचित्रकर्मीलाई विद्यालय र कलेजका विद्यार्थी–बच्चाहरूको चिठी आउँछ । प्रशंसकको चिठी मलाई पनि आउँछ । यी चिठीबाट थाहा पाएँ, धेरैभन्दा धेरै हिन्दुस्तानी विद्यार्थीको लागि अङ्ग्रेजी भाषा कुनै अत्याचारभन्दा कम छैन । पढ्ने र सिक्नेको स्तर कति तल झरिसकेको छ । सम्भवतः सामुदायिक विद्यालयबाट पढेर आएका केटाकेटीहरूलाई ध्यान दिइएको छ । छानिएका परिवारका बच्चाहरूमात्र पढ्न पाउने विद्यालयहरूलाई बढी ध्यान दिइन्छ । जसको म अहिले उल्लेख गरिरहेको छु । एक दिन मैले मेरो साथीसँग कुरा गरेँ । मेरो साथी एक मजदुर हुन् । मैले उनलाई भनँे कि हामीहरू पुँजीवाद हटाएर समाजवाद ल्याउन निकै गम्भीर छौँ । हामीले पूरै भारतमा मजदुरको र कामदारहरूको मद्दत गर्नुपर्छ जोश र ऊर्जाका साथ । जोसँग पुँजीपतिवर्ग काम गरिरहेको छ, हामीले कामदार वर्गलाई यही समाजमा सबैभन्दा महत्वपूर्ण ओहदा दिलाउन मद्दत गर्नुपर्छ । त्यतिबेला अङ्ग्रेजको एकाधिकार अन्त्य पनि हुनसक्छ । यसको ठाउँमा जनताको बोलीले ठाउँ पाउँछु ।
मेरो साथीले ध्यानपूर्वक मेरो कुरा सुने । उनी धेरैजसो मेरो कुरालाई सम्मान गर्छन् । उनले भने, “तिमीले धेरै राम्रो अवस्थामा पढेका छौ । तर, यसको समाधान के हो ? बताऊ ।” मैले भनेँ, “उपचार यही हो कि अङ्ग्रेजीको लिपि (स्क्रिप्ट) राख्ने तर अङ्ग्रेजीलाई बाहिर निकाली फ्याँक्ने ।” मेरो साथीले सवाल ग¥यो – तर कसरी ? मैले भनेँ, “पूरै भारतमा आम जनता, विशेषगरी काम गर्ने जनता सामान्य हिन्दुस्तानी बोली प्रयोग गर्छन् । उनीहरूलाई व्याकरण आदिसँग कुनै लेनदेन हुँदैन । उनीहरू त भाषाको व्यावहारिक उपयोग गर्छन् । यस्तो हिन्दुस्तानी बोली जसमा केटालाई पनि सजिलो हुन्छ । केटी पनि सहजै बोल्न सक्छिन् । यो बोलीमा एक दुर्लभ खालको स्वतन्त्रता हुन्छ । यहाँसम्म कि बौद्धिक दाजुभाइ पनि आनन्द खोज्न यही भाषा उपयोग गर्छन् । हिन्दुस्तानी बोलीको लागि यही परम्परा सबैभन्दा उपर्युक्त छ । यो भाषा यसैगरी त उत्पन्न भयो । यसरी नै हुर्कियो । यसरी नै यसले अभिवृद्धि ग¥यो । पूरा भारतमा यसलाई अपनायो । पहिलाको जमानामा यसलाई उर्दू भन्ने गरिन्थ्यो । उर्दूको अर्थ बजारको भाषा ।
स्रोत : द ललनटप
अनुवद : विजय
Leave a Reply