शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको भूमिकाबारे अन्तरक्रिया
- असार ७, २०८३
माओवादी केन्द्रको नेतृत्वमा रहेको गठबन्धन सरकारमा सामेल दलहरूको दलगत र व्यक्तिगत स्वार्थ पूरा गर्ने कामलाई सरकारको सफलता मानिँदैन । सत्तारूढ दलकै नेताहरूबिच सरकारप्रति असन्तुष्ट जनाइरहेको बेला प्रम पुष्पकमल दाहालले गठबन्धनको सीमाबिच सरकार सफल भएको दाबी गरे । ‘गठबन्धनको सरकार हो, धेरै सीमा र अप्ठ्यारा हुन्छन्’ भनी पछुताउने प्रम दाहालले सुशासन, सामाजिक न्याय र विकास निर्माणमा सफल भएको दाबी गर्नु हास्यास्पद छ । भ्रष्टाचारविरूद्धको काम र अन्तर्राष्ट्रिय सम्बन्धको विकासमा सरकार सफल भएको उनको अर्को दाबी हो । भ्रष्टाचार र अनियमितताका काण्डै काण्ड भइरहेको यो देशमा सरकारले कुन कुन भ्रष्टाचारी र अनियमितता गर्ने व्यक्तिलाई कारबाही गरेको छ ? भ्रष्टाचारी, कमिसनखोर, अपराधीहरूलाई रिहा गर्न सिफारिस गर्ने काम के सरकारले भ्रष्टाचारविरूद्ध गरेको काम हो ?
अपराधीहरू छोडिएका छन् । हत्या, हिंसा र अन्य आपराधिक गतिविधिहरू बढिरहेका छन् । नागरिकहरूको जीवन र सम्पत्ति सुरक्षित छैन । सत्तारूढ दलका नेताहरू एक अर्काप्रति विश्वस्त छैनन् । सरकारले कुनै दिशा निर्देश गर्न सकेको छैन । विदेशी पैसाको आडमा नेपालमा विकासको सपना बाँडेर कसरी विकास भएको मान्न सकिन्छ ? देशको अखण्डता कायम गर्न पहल गर्नुपर्ने सरकारले देशलाई दूरगामी असर पार्ने सन्धि सम्झौता गरेर देश विकासको गर्व गर्ने ? नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध पनि बिगे्रको छ । रूस र युक्रेन युद्धमा युक्रेनको पक्षमा मत दिनु र प्यालेस्टिनको हमास समूहलाई आतङ्ककारीको उपमा दिएर भएको छवि पनि सरकारले घटाएको छ ।
देशको शैक्षिक स्थिति डाँवाडोल छ । सयौँ क्याम्पस बन्द छन् । विश्वविद्यालयको व्यवस्थापन अन्योल छ । सीमा सुरक्षा छैन । उद्योगधन्दा या कलकारखाना राम्ररी चलेको छैन । घरघरमा खानेपानी पु¥याउने वाचा पूरा भएको छैन । अरबौँ खर्च भएको मेलम्ची खानेपानी बन्द छ । विदेश जाने युवा–विद्यार्थीको सङ्ख्या बढ्दो छ । समयमा रासायनिक मल उपलब्ध हुँदैन । मा.वि. शिक्षा निःशुल्क हुुनुपर्ने हो तर भएको छैन । विदेशीलाई पनि वंशजको आधारमा नेपाली नागरिकता दिने बाटो खोलेर नागरिकताविहीन युवाको पक्षमा महत्वपूर्ण काम गरेको भन्ने ?
प्रदेश सरकारले केही उल्लेखनीय काम गर्न सकेको छैन । सबभन्दा बढी अस्थिर सरकार प्रदेशमा देखिएको छ । प्रदेश सरकार असफल हुनुको दोषी सङ्घीय सरकार र राजनीतिक अस्थिरता नै हो । अस्थिरताको कारण भागबन्डा हो या भागबन्डा नमिल्नु हो । नेपाल वायु सेवा निगम कालोसूचीमा परेको छ । नेपालको हवाई सेवामा युरोपियन युनियनको विश्वास छैन । नेपालको हवाई सेवा कालोसूचीमा राखे पनि सरकारलाई मतलब छैन । भ्रष्टाचारमा पनि नेपाल कालोसूचीमा छ । बौद्ध दर्शनको नाममा सरकारले पुनःनिर्माणार्थ दिएको करोडौँ रकम गोलमाल भएको खबर प्रकाशमा आएको छ । यसरी देशमा सङ्कट, अन्योल र मनपरीतन्त्र छ । जनता सुरक्षित छैनन् के यही हो प्रम दाहालको गठबन्धन सरकारको सफलता !
Leave a Reply