बाल विकास सहजकर्ताहरूद्वारा नगर प्रमुखको ध्यानाकर्षण
- असार २, २०८३
भक्तपुर, ७ पुस । चाँगुनारायण नगरपालिका वडा नं ५, छालिङस्थित शुभलाभ बचत तथा ऋण सहकारी संस्था लि. को १६ औँ वार्षिक साधारणसभाको उद्घाटन नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले शनिबार गर्नुभयो ।
अतिथि सुवालले भन्नुभयो, “किसानहरूको लागि मल, बीउ, उपकरणको व्यवस्था गर्न सहकारीको विकास भएको हो । सरकारहरूले नेपालको कृषिलाई कमजोर पारेको हुँदा अहिले दाल, चामल, तरकारीसमेत भारतबाट किनेर खानुपर्ने अवस्था भयो । यसर्थ सहकारीले कृषि उत्पादनलाई जोड दिई सुपथ मूल्यको पसल, विद्यालय, स्वास्थ्य संस्थाहरू सञ्चालन गरेर जनताको सेवा गर्नुपर्छ ।”
सहकारीले घरेलु र कुटिर उद्योगको विकासमा ध्यान दिनुपर्ने उल्लेख गर्दै सांसद सुवालले ज्येष्ठ नागरिकको निम्ति आदर निकेतन, बालबच्चाको निमित्त शिशु स्याहार केन्द्र र बालोद्यानको स्थापना गर्नु जरुरी भएको उल्लेख गर्नुभयो । संस्थाका सदस्यका छोराछोरीलाई हाजिरीजवाफ, साहित्य लेखन, सङ्गीतको तालिममा संलग्न गराई शिक्षित र सचेत पार्नु जरुरी रहेको सांसद सुवालले औँल्याउनुभयो ।
उहाँले नेपाली युवालाई बहुराष्ट्रिय कम्पनीहरूको सस्तो ज्यामीको रुपमा वैदेशिक रोजगारी पठाउन नहुने र देशभित्र रोजगारी दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
आठ वर्षअघि १ खर्ब ४३ अर्ब रुपैयाँ मूल्यमा खरिद बिक्री भएको एनसेल अहिले ६ अर्ब रुपैयाँमा विदेशमा बिक्री गराउने सरकारका मन्त्री तथा अधिकारीहरू सङ्लो नभएको उल्लेख गर्दै सांसद सुवालले नेपाली जनतालाई मदिरा पिलाएर बढी राजस्व सङ्कलन गर्ने सरकार जनताको हुन नसक्ने बताउनुभयो ।
सांसद सुवालले नेपालको वायुसेवा निगममा अमेरिकी र युरोपेली साम्राज्यवाद र भारतीय विस्तारवादको दादागिरी बढ्नुमा नेपाल सरकार नै दोषी भएको उल्लेख गर्दै नेपाल वायुसेवा निगमलाई सरकारले व्यवस्थापन करारको निहुँमा बिक्री गर्न तयारी गरेको देशघाती नै भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष मिनबहादुर बाटा, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लि. का सञ्चालक काजीबहादुर पञ्च, राष्ट्रिय सहकारी बैङ्क लि. का धु्रवराज विष्ट, सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. का विष्णुराम दुमरु, नौलो बचत तथा ऋण सहकारी संस्था लि. का साधुराम गैँडा, श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लि. का बिकुनारायण चोकामीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
संस्थाका अध्यक्ष सूर्यबहादुर फोजूको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव लक्ष्मीनारायण लिगलले संस्थाको प्रतिवेदन, कोषाध्यक्ष श्रीप्रसाद त्यातजूले आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक सानुकाजी दथेपुथेले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने संस्थाका उपाध्यक्ष सानुमाया लागेजू र सदस्य हरिभक्त फोजूले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रेम सुवालले संस्थाका ज्येष्ठ सदस्य शेरबहादुर लिगल र ज्येष्ठ सदस्य श्रीमती विष्णुमाया लिगललाई र इन्जिनियर अध्ययन संस्थानबाट आव २०८० मा लिइएको परीक्षामा छात्राबाट सर्वोत्कृष्ट हुनुभएका निशा लिगललाई सम्मान गर्नुभएको थियो । सञ्चालक समितिले एसईई २०७९ मा उत्तीर्ण उत्कृष्ट विद्यार्थीहरू, असल बचतकर्ता, गणेश धिमे खलःका सांस्कृतिक टोली र चिकित्सकहरूको स्वास्थ्य परामर्श टोलीलाई पनि कदरपत्रद्वारा सम्मान गरेको थियो ।
कार्यक्रममा चिकित्सकहरूद्वारा साधारणसभामा उपस्थित सदस्यहरूको स्वास्थ्य परीक्षणको बन्दोबस्त गरिएको थियो भने कृषिविज्ञ रमेश वैद्यले कृषिसम्बन्धी जानकारी दिनुभएको थियो । गणेश माविका विद्यार्थीहरूले कार्यक्रममा नृत्य प्रस्तुत गरेका थिए ।
Leave a Reply