बाल विकास सहजकर्ताहरूद्वारा नगर प्रमुखको ध्यानाकर्षण
- असार २, २०८३
भक्तपुर, ७ पुस । नेपाल मजदुर किसान पार्टीका सचिव तथा सङ्घीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा लसकुस बचत तथा ऋण सहकारी संस्था लि. को १६ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा अतिथि सुवालले बचत तथा ऋण सहकारी संस्थाहरूले सदस्यहरूको सामूहिक हितको लागि कार्यक्रम बनाउन जरूरी रहेको र यसको लागि कानुन संशोधन गराउन आवाज उठाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “गत वर्ष १६ खर्ब ११ अर्ब ७३ करोड आयात हुँदा ३ खर्ब बढीको इन्धन आयात भयो । सरकारले भारतलाई दिएको नेपालका नदीनाला फिर्ता लिई जलविद्युत् उत्पादन गरेमा खाना पकाउन र गाडी गुडाउनसमेत बिजुली पर्याप्त हुने र इन्धन आयातमा भइरहेको व्यापारघाटा न्यून गर्न मद्दत पुग्नेछ ।”
बैङ्क तथा वित्तीय संस्थाहरूबाट ऋण प्रवाह भएको कुल कर्जा ४८ खर्बमध्ये १ खर्बमात्र साना तथा घरेलु उद्योगको लागि गएको छ । यसले सरकार ठुलठुला पुँजीपतिवर्गको सेवामा लागेको पुष्टि ग¥यो, सांसद सुवालले भन्नुभयो ।
बचत तथा ऋण सहकारी संस्थाहरूले सदस्यहरूलाई बरोबर बोलाएर राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा जानकारी दिने, लवाइखवाइ, बोली वचन, बानी व्यहोरालगायत सांस्कृतिकस्तरबारे छलफल गर्ने, सदस्यका छोरोछोरीहरूलाई पनि चित्रकला, साहित्य, खेलकुद, हाजिरीजवाफ, वक्तृत्वकला आदि गतिविधिहरू गर्नु जरूरी रहेको उहाँले बताउनुभयो ।
भक्तपुर नगरपालिका नगर कार्यपालिका सदस्य रोशनमैयाँ सुवालले सहकारीले गर्ने हरेक गतिविधि समाजप्रति उत्तरदायी भएर गर्नुपर्ने बताउनुभयो ।
संस्थाका सल्लाहकार जगनाथ सुजखुले प्यालेस्टिनीहरूले आफ्नो मातृभमिको लागि इजरायलीहरूसँग लडिरहेको बताउनुभयो ।
संस्थाका अध्यक्ष हरिराम सुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संस्था लि.का प्रतिनिधि राजन जतिलगायत मित्र सहकारीका प्रतिनिधिहरूले पनि शुभकामना व्यक्त गर्नुभएको थियो ।
सभामा लेखा सुपरीवक्षेण समितिका सदस्य पुण्यराम सुवाल, सचिव राजेस दिस्ती, कोषाध्यक्ष सुनिल सुवाल, उपाध्यक्ष पूर्णभक्त सुवाल, सदस्य विश्वनाथ सुजखुले पनि मन्तव्य राख्नुभएको थियो
सभाले रोशनमैयाँ सुवालको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन गरेको छ ।
Leave a Reply