लोकेश्वर साकोसबाट सरसफाइ कार्यक्रम
- असार ६, २०८३
भक्तपुर, ७ पुस । विश्व कम्युनिस्ट आन्दोलनका दुई महान् नेताहरू स्तालिन र माओ त्सेतुङको जन्म दिवसको अवसरमा नेपाल क्रान्तिकारी किसान सङ्घ, भक्तपुर जिल्ला समितिले शनिबार प्रवचन कार्यक्रमको आयोजना ग¥यो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले दोस्रो विश्वयुद्धमा एउटै सैन्य गठबन्धनका दुई साम्राज्यवादी देशहरू जर्मनी र जापानलाई पराजित गर्न सोभियत नेता स्तालिन र चिनियाँ नेता माओ त्सेतुङले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको भनाइ राख्नुभयो ।
उहाँले युरोप कब्जा गरेर रूसमाथि हमला गर्ने हिटलरको फासिवादी सत्तालाई स्तालिनको कुशल एवम् सक्षम नेतृत्वले पराजित गरेको स्पष्ट पार्दै चीनमा चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओको नेतृत्वमा जापानी साम्राज्यवादविरूद्ध निर्णायक लडाइँ भएको प्रस्ट पार्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले स्तालिनको नेतृत्वमा सोभियत सङ्घले शिक्षा, स्वास्थ्य, विज्ञान तथा प्रविधि, कृषि आदि क्षेत्रमा अतुलनीय विकास भएको तथ्याङ्क राख्दै स्तालिनले सैद्धान्तिक क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु¥याउनुभएको बताउनुभयो । उहाँले माओ त्सेतुङको नेतृत्वले आजको चीनको समृद्धिको जग हालेको उल्लेख गर्नुभयो ।
कार्यक्रमका सभापति एवम् नेक्राकिसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष गोविन्द दुवालले इमानदारीसाथ एवम् निःस्वार्थ भावनाले देश र जनताको सेवा गर्न सके जन्म दिवस मनाउनुको सार्थक हुने भनाइ राख्नुभयो ।
कार्यक्रममा नेक्राकिसङ्घ, भक्तपुर जिल्ला समितिका उपाध्यक्ष केशव तिमिल्सिना, सहसचिव नारायणभक्त न्हेम्हाफुकी र सदस्य गंगाराम ज्याख्वले स्तालिन र माओको जीवन र योगदानको चर्चा गर्नुभएको थियो ।
Leave a Reply