भर्खरै :

गाजामा ७५ दिनमा १३६ सहकर्मी मारिएको संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेर्रेसको भनाइ

गाजामा ७५ दिनमा १३६ सहकर्मी मारिएको संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेर्रेसको भनाइ

न्यूयोर्क, ७ पुस (एएफपी) । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इजरायल र हमासबीच जारी युद्धमा विगत ७५ दिनमा संयुक्त राष्ट्रसङ्घका १३६ जना कामदारको ज्यान गइसकेको र कैयौँ कर्मचारीलाई घरछोड्न बाध्य पारिएको बताउनुभएको छ ।
राष्ट्र सङ्घको इतिहासमा यति धेरै सङ्ख्यामा आफ्ना कर्मचारीको हताहत भएको अहिलेसम्मको दुर्लभ घटना हो ।
“गाजामा हाम्रा १३६ सहकर्मी ७५ दिनमा मारिएका छन्, जुन हामीले राष्ट्रसङ्घको इतिहासमा कहिल्यै देखेका छैनौं । हाम्रा अधिकांश कर्मचारीलाई घरबाट निकालिएको छ,” संयुक्त राष्ट्रसङ्घका प्रमुखले एक्स (ट्विटर) पोस्टमा लेख्नुभएको छ ।
उहाँले भन्नुभयो, “म गाजामा सर्वसाधारणलाई सहयोग गर्ने हजारौँ सहायताकर्मीप्रति आधार प्रकट गर्दछु ।”
त्यसपछि इजरायलले निरन्तर हवाई र जमीनी अभियानको साथ गाजामाा आक्रमण गरिरहेको छ । गाजा पट्टीस्थित हमास सरकारको सञ्चार कार्यालयले बुधबार दिएको जानकारीअनुसार कम्तीमा २० हजार व्यक्तिको मृत्यु भएको छ, जसमध्ये आठ हजार बालबालिका र छ हजार २०० महिला रहेका छन् ।
इजरायलले गाजा आक्रमणलाई हमासको सम्पूर्ण आतङ्ककारी समूहलाई समाप्त गर्नका लागि पूर्वाधारलाई लक्षित गरेको र नागरिक हताहती लाई कम गर्ने प्रयासको रूपमा चित्रण गरेको छ । इजरायलको सेनाले गाजा शहरको शेजैया छिमेकमा पूर्ण ‘अपरेशनल कन्ट्रोल’ स्थापित गरेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *