भर्खरै :

‘लिङकिङ लिटरेचर टु रिसर्च एन्ड प्रोजेक्ट वर्क’ सम्बन्धी एकदिने कार्यशाला सम्पन्न

‘लिङकिङ लिटरेचर टु रिसर्च एन्ड प्रोजेक्ट वर्क’ सम्बन्धी एकदिने कार्यशाला सम्पन्न

भक्तपुर, ९ पुस । वागीश्वरी कलेज मानविकी तथा समाजशास्त्र सङ्कायको आयोजनामा स्नातक तह बीए÷बीएएसडब्लु चौथो वर्षका विद्यार्थीहरूलाई लक्षित गरी ‘लिङ्किङ लिटरेचर टु रिसर्च एन्ड प्रोजेक्ट वर्क’ सम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ ।
त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. कमलकुमार पौडेल र उपप्राध्यापक डा. कमलराज देवकोटा कार्यशालाका मुख्य स्रोतव्यक्ति रहनुभएको थियो ।
उद्घाटन कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले विद्यार्थीहरूले अध्ययन गरिएको सैद्धान्तिक ज्ञानलाई सरल तरिकाले प्रोजेक्ट वर्कमा प्रयोग गर्न कार्यशालाले सहज बनाउने जानकारी दिनुभयो ।
कार्यशालामा स्नातक तह बीए/बीएसडब्लु चौथो वर्षको पाठ्यक्रममा रहेको अनुसन्धान रिपोर्टसम्बन्धी विद्यार्थीहरूलाई सहजीकरण गर्न उक्त कार्यशाला आयोजना गरिएको मानविकी सङ्कायका प्रमुख राजन फेलुले बताउनुभयो ।
जम्मा चार सेसनमा सम्पन्न उक्त कार्यशालाको पहिलो चरणमा विद्यार्थीहरूको प्रत्यक्ष सहभागितामा स्थानीय अनुसन्धान विषयलाई समेटेर लेखन कार्य गरिएको थियो भने दोस्रो चरणमा सोही विषयसँग सम्बन्धित अनुसन्धान लेखहरू खोजी समीक्षा गर्ने तरिका सिकाइएको थियो ।
कार्यशालामा उपस्थित विद्यार्थी कविर बुद्धाचार्यले कार्यशालाको आयोजना भएकोमा कलेजप्रति धन्यवाद व्यक्त गर्दै कार्यशालाले विद्यार्थीहरूको अनुसन्धान गर्ने विधिमा थप सहयोग पुगेको बताउनुभयो ।
कार्यशालाको समापन कार्यक्रममा प्राचार्य धनकुमार श्रेष्ठले कार्यशालामा उपस्थित विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै स्रोतव्यक्तिद्वय सह प्रा.डा. कमलकुमार पौडेल र उप प्रा.डा. कमलराज देवकोटालाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा कलेजका शिक्षिका अविना श्रेष्ठले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *