भर्खरै :

माओको १३० औँ जन्म दिवस

माओको १३० औँ जन्म दिवस

सुर्खेत, १० पुस । नेपाल क्रान्तिकारी किसान सङ्घ सुर्खेतको आयोजनामा माओ त्सेतुङको १३० औँ जन्म दिवस मनाइयो ।
आयोजक समितिका अध्यक्ष पुष्पराज रानाको सभापतित्वमा भएको कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नर्मा गुरुङले चीनमा चिनियाँ क्रान्ति सम्पन्न गर्न माओले गाउँ गाउँ र बस्ती बस्ती पुगेर किसानहरूबिच सङ्गठन विस्तार गर्दै जनसेनाको निर्माण गर्नुभएको बताउनुभयो । गरिब, मजदुर, किसान र शोषित पीडित चिनियाँ जनताको हितमा माओले क्रान्ति अगाडि बढाउनुभएको स्मरण गर्दै उहाँले माओको सङ्घर्षमय जीवनीबारे बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी सुर्खेतका अध्यक्ष हरिबहादुर बोहोराले माओले झैँ हामीले पनि सङ्घर्ष गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेमकिपा सुर्खेतका सदस्य चेतन पौड्याल, नेमकिपा वीरेन्द्रनगर नगर समितिका अध्यक्ष शेरबहादुर शाही, नेक्रायुसङ्घ केन्द्रीय समितिका उपाध्यक्ष लालबहादुर थापा, नेपाल क्रान्तिकारी महिला सङ्घ सुर्खेतका अध्यक्ष तुल्सी खड्का, देवीराम सिजापती, गंगनाथ योगीलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *