भर्खरै :

आँखा अस्पतालको सेवा अझ सहज र भरपर्दाे होस्

आँखा अस्पतालको सेवा अझ सहज र भरपर्दाे होस्

भक्तपुर नगरपालिकाको व्यवस्थापन र तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित ख्वप तिलगंगा आँखा अस्पताल ख्वप अस्पतालको प्राङ्गणमा सञ्चालन भइरहेको छ । सामुदायिक आँखा केन्द्रको रूपमा सञ्चालित उक्त केन्द्र पनि अस्पतालको रूपमा सञ्चालन भइरहेको छ । वि.सं. २०६३ (सन् २००६) देखि सञ्चालन भइरहेको यस आँखा अस्पतालमा हालसम्म ३ लाख ३७ हजार ९ सय २० जना आँखाका बिरामीले सेवा पाएको अस्पताल स्रोतले जनाएको छ ।
उक्त अस्पताल मङ्सिर १ देखि माघ मसान्तसम्म पहिलो सिफ्ट बिहान ८ बजेदेखि ११ः३०, दोस्रो सिफ्ट १२ बजेदेखि १ बजे र तेस्रो सिफ्ट २ बजेदेखि ४ बजेसम्म सञ्चालन हुने बुझिएको छ । आँखा अस्पतालले बिरामीहरूको उपचार सेवा शुल्क निर्धारण गरेको छ । प्राप्त जानकारीअनुसार सेवा शुल्क निम्नानुसार निर्धारण गरिएको छ ।
ख्वप तिलगंगा आँखा अस्पतालले पाँच वर्षको अवधिमा २९ हजार ७ सय ९४ जनाको सेवा गरिसकेको छ ।
अस्पतालबाट प्राप्त जानकारीअनुसार सन् २०१९ मा २४०, सन् २०२० मा ९४ जना, सन् २०२१ मा २८६ जना, सन् २०२२ मा ५२३ र २०२३ मा ८ सय ३६ जना बिरामीको शल्यक्रिया भइसकेको छ ।
उक्त आँखा अस्पतालले विद्यालय विद्यालयमा पनि आँखाका बिरामीहरूको परीक्षण गराउन शिक्षक र शिक्षिकाहरूलाई सामान्य तालिम दिइसकेको छ । हालसम्म सो अस्पतालले मध्यपुरमा १७ जना, सूर्यविनायकमा २२ जना र भक्तपुरमा ५५ जना शिक्षकलाई तालिम दिइसकेको छ । तालिम प्राप्त शिक्षक–शिक्षिकाहरूले आफूले प्राप्त गरेको तालिमको आधारमा आँखाका बिरामीहरूको सामान्य परीक्षण गर्न सक्ने अस्पताल प्रशासनले जनाएको छ ।
विद्यालय–विद्यालयमा आँखा परीक्षण सेवा पु¥याउन सके यसले धेरै सहयोग पु¥याउनेछ । आँखा अस्पतालको संयोजनमा विद्यालयबाहेक टोल–टोलमा पनि उपचार सेवा पु¥याउन सके आँखा बिरामीहरूको ठूलो सेवा हुनेमा शङ्का छैन । यो सेवालाई अझ व्यापक बनाउनुपर्ने माग स्थानीय जनताको छ । यस्तै सेवा समुदायमा आधारित सहकारी संस्थामा पनि पु¥याउनुपर्ने आवश्यकता छ । आँखा बिरामीहरूको सेवा सहज र व्यापक बनाउन उक्त तिलगंगा आँखा अस्पताल ख्वप अस्पतालको नयाँ भवनबाट छिट्टै नै सञ्चालन हुने बताइएको छ ।
ख्वप तिलगंगा आँखा अस्पतालले हालसम्म गरेको प्रगति विवरणमात्र होइन, यस अवधिमा के कस्ता कमजोरी भए, ती कमी कमजोरी हल गर्नेतर्फ ध्यान दिनुपर्ने देखिन्छ ।
आँखाजस्तो संवेदनशील अङ्गको उपचारमा नेपाल सरकारले पनि आवश्यक सहयोग गर्नुपर्ने देखिन्छ । सहयोगी दातृ निकाय या संस्थाहरूको सहयोग रोकेपछि आँखा उपचार सेवा बन्द हुने स्थितिमा पु¥याउनु हुँदैन । आँखा बिरामीहरूको सेवा सहज, भरपर्दाे, विश्वासिलो बनाउन आँखा अस्पतालमा आबद्ध सबै व्यक्तित्वहरूमा सेवाको भावना हुनुपर्छ । आँखाको परीक्षण ठीक भएन भने आँखाको उचित स्याहार नभई झन् बिग्रिने सम्भावना हुन्छ । यसतर्फ आँखा अस्पताल सचेत हुनुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *