भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
भक्तपुर, २५ कार्तिक । भक्तपुर नगरव्यापी बाँसुरी बाजा प्रतियोगिताको पुरस्कार वितरण समारोह नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को प्रमुख आतिथ्यमा दत्तात्रयमा एक समारोहबीच सम्पन्न भयो । भक्तपुर, २५ कार्तिक । भक्तपुर नगरव्यापी बाँसुरी बाजा प्रतियोगिताको पुरस्कार वितरण समारोह नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को प्रमुख आतिथ्यमा दत्तात्रयमा एक समारोहबीच सम्पन्न भयो । भक्तपुर नगरको २२ वटा बाँसुरी समूहको नाम दर्ता गरेकोमा २१ वटा सहभागी भएको प्रतियोगितामा नगाँचा बाँसुरी बाजा प्रथम, भक्तपुर म्युजिकल समूह द्वितीय, पासा पुचः तृतीय र सान्त्वनामा नित्यनाथ बाँसुरी र चोर्चा बाँसुरी समूह परे ।
कार्यक्रममा अतिथि नारायणमान बिजुक्छें (रोहित) ले कला, संस्कृति जगेर्ना गर्न प्रतियोगिता हुनु सा¥है राम्रो भएको बताउनुभयो । उहाँले जनताको माझमा बाँसुरी बाजा लान प्रतियोगिताले टेवा पुग्ने विश्वास व्यक्त गनर््भयो । अध्यक्ष बिजुक्छेले गुरुहरूको सम्मान गर्न र कलाकारको प्रतिभा प्रस्फुटन गर्न र कलालाई अगाडि बढाउन प्रतियोगिता महत्वपूर्ण भएको बताउनुभयो । उहाँले कला र संस्कृतिलाई अगाडि बढाउन नयाँ पुस्तालाई बाजागाजाको सीप हस्तान्तरण गर्न विद्यालयमा प्रशिक्षण कक्षा आवश्यक भएको औंल्याउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख एवं समारोहका सभापति सुनिल प्रजापतिले कला र संस्कृति जगेर्ना गर्न नेपाल मजदुर किसान पार्टीको घोषणापत्रअनुसार काम गर्न र प्रतिबद्धता पूरा गर्न यो प्रतियोगिता आयोजना गरेको बताउनुभयो । उहाँले कला र संस्कृति लोप भए हाम्रैै सम्पति हराउने हुँदा त्यसको संरक्षण गर्नु हामै्र दायित्व भएको बताउनुभयो । उहाँले नेपालमा पर्यटकहरूको सङ्ख्या बढाउन भक्तपुर नगरलाई स्वच्छ, सुन्दर र सफा नगर बनाउनुपर्नेमा जोड दिनुभयो ।
उपप्रमुख रजनी जोशीले बाँसुरी प्रतियोगिताले भक्तपुर नाचगानको सहरको अनुभूति गराएको बताउनुभयो । उहाँले भक्तपुर कृषकको बाहुल्यता रहेको नगर मात्र नभई जीवन्त सांस्कृतिक र पर्यटकीय नगर पनि हो भन्नुभयो ।
प्रतियोगिताको पुरस्कार वितरण समारोहमा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, वडा नं. ७ का वडाध्यक्ष उकेश कवां र कार्यपालिका सदस्य छोरीमैया सुजखुले पनि बोल्नुभएको थियो । विजेता र सहभागी समूहलाई नेमकिपाका अध्यक्ष्ँ नारायणमान बिजुक्छें र नगरप्रमुख प्रजापतिले पुरस्कार वितरण गर्नुभएको थियो । बाँसुरी बाजा प्रतियोगिताको ¥याली दूधपाटीबाट सुरु भएको थियो । ¥यालीको उदघाटन नगर प्रमुख प्रजापति र उपप्रमुख जोशीले गर्नुभएको थियो । उदघाटनमा भनपा वडा नं. १ का वडाध्यक्ष श्याम कृष्णखत्रीले पनि बोल्नुभएको थियो ।
Leave a Reply