भर्खरै :

चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको चियापान समारोहमा सी चिनफिङद्वारा महत्वपूर्ण सम्बोधन

चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको चियापान समारोहमा सी चिनफिङद्वारा महत्वपूर्ण सम्बोधन

पेइचिङ, २० डिसेम्बर (सीआरआई) । चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन १४ औँ राष्ट्रिय समितिले डिसेम्बर २९ का दिन बिहान चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन भवनमा नव वर्षको चियापान समारोहको आयोजना गरेको छ ।
चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चियापान समारोहलाई महत्वपूर्ण सम्बोधन गर्दै चिनियाँ शैलीको आधुनिकीकरणको आधारमा बलियो देश निर्माण र राष्ट्रिय पुनःउत्थान महाकार्यलाई अघि सार्नु नै नयाँ युग र नयाँ यात्रामा चिनियाँ कम्युनिस्ट पार्टी र देशको केन्द्रित कार्य र नयाँ युगमा सबभन्दा ठूलो राजनीति रहेको कुरामा जोड दिनुभयो ।
उहाँले सबभन्दा व्यापक देशप्रेमी एकीकृत मोर्चालाई सुदृढ र विकास गरी चिनियाँ शैलीको आधुनिकीकरणको भव्य अध्याय संयुक्त रूपमा लेख्नुपर्ने दोहो¥याउनुभयो ।
सी चिनफिङले चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समिति, राज्य परिषद् र केन्द्रीय सैन्य आयोगको तर्फबाट विभिन्न प्रजातान्त्रिक पार्टी, उद्योग तथा वाणिज्य सङ्घ, स्वतन्त्र व्यक्तिहरू, देशका विभिन्न जातिका जनता, हङकङ देशबन्धु, मकाउ देशबन्धु, थाइवान देशबन्धु, विदेशमा चिनियाँ प्रबासी, चिनियाँ शैलीको आधुनिकीकरणको निर्माणमा ख्याल र समर्थन गर्ने विभिन्न मुलुकका साथीहरूलाई नव वर्षको मङ्गलमय शुभकामना व्यक्त गर्नुभयो ।
सन् २०२४ दुईवटा राष्ट्रिय धिवेशनको समय निश्चित
यसैबिच १४ औँ चिनियाँ राष्ट्रिय जन काङ्ग्रेस स्थायी समितिको सातौँ बैठक डिसेम्बर २९ को दिउँसो सम्पन्न भयो । उक्त बैठकले १४ औँ राष्ट्रिय जन काङ्ग्रेसको दोस्रो अधिवेशन सन् २०२४ मार्च ५ देखि पेइचिङमा आयोजना गर्ने निर्णयलाई पारित ग¥यो ।
चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन १४ औँ राष्ट्रिय समितिको स्थायी समितिको १२ औँ बैठक पनि सम्पन्न भएको छ । उक्त बैठकले चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन १४ औँ राष्ट्रिय समितिको दोस्रो अधिवेशन बोलाउने निर्णयको समीक्षा र अनुमोदन गरेको छ । जसअनुसार चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन १४ औँ राष्ट्रिय समितिको दोस्रो अधिवेशन सन् २०२४ मार्च ४ तारिखमा पेइचिङमा आयोजना गर्न सुझाव पेश गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *