जेनेभामा अमेरिका–इरान वार्ता सुरु, हर्मुजमा पुनः तनाव
- असार ७, २०८३
वाल स्ट्रिट जर्नल (WSJ) लाई केही पूर्व र वर्तमान अमेरिकी गुप्तचर अधिकारीहरूले लीक गरेको जानकारीले वास्तवमा जानकारहरूलाई निःशब्द बनाएको छ । यो दाबी गरिएको छ कि चीनमा सीआइएको जासुस नेटवर्क, जसलाई एक दशक पहिले चिनियाँ प्रतिगुप्तचर निकायले ‘व्यवस्थितरूपमा खुलासा’ गरेको थियो, त्यो पुनः स्थापना गर्न कठिन भएको छ । सीआइएले अहिले जासुसी सञ्जाल पुनर्निर्माण गर्न सङ्घर्ष गरिरहेको दाबी गरेको छ । सीआईए निर्देशक विलियम बर्न्स्ले खुलासा गरेका छन् कि चिनियाँ मिसनमा समर्पित बजेट स्रोतहरू विगत तीन वर्षमा दोब्बरभन्दा बढी भएका छन् ।
सबैलाई थाहा छ, संयुक्त राज्य अमेरिका लामो समयदेखि विश्वव्यापीरूपमा ठुलो मात्रामा निगरानी र जासुसीमा संलग्न रहेको छ । उसको त्यस कार्यले आफँैलाई ‘निगरानी साम्राज्य’ को उपाधि मिलिरहेको छ । त्यस्ता कार्यहरू जुन अनिवार्यरूपमा गोप्य छन् र अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यताहरूविरुद्ध जान्छन्, सार्वजनिक छानबिनको सामना गर्न सक्दैनन् । यद्यपि, जब अमेरिकीहरूले यी गतिविधिहरू खुलारूपमा छलफल गर्छन्, त्यहाँ कुनै लज्जाबोध वा अपराधको भावना हुँदैन । यसको सट्टा, त्यहाँ ‘न्याय’ को केही हदसम्म अकल्पनीय भावना पनि छ, मानौँ जासुसीमा संलग्न हुनु भनेको विशेषगरी संरा अमेरिकाको विशेषाधिकार हो । यो अमेरिकाको ‘राम्रो मनोवैज्ञानिक स्वभाव’ को कारणले होइन, तर लामो समयसम्म प्रभुत्व कायम गरेपछि विकसित भएको अनियन्त्रित दुस्साहस र निर्लज्जताको अभिव्यक्ति हो र ‘अमेरिकी अपवाद’ सिद्धान्तको कुरूप प्रदर्शन हो ।
जे होस्, एकै समयमा यो अलमलमा पार्ने लामो लेखले हामीलाई बुझ्न मद्दत गर्दछ किन अमेरिकी राजनैतिक सम्भ्रान्तहरू प्रायः एक प्रकारको मानसिक भ्रममा पर्छन् । चीनले संवेदनशील सूचनाहरू सुन्दै छ र महत्वपूर्ण कागजातहरू चोरी गर्दैै लगातार अमेरिकाभरका सैन्य अड्डाहरू निगरानी गरिरहेको विश्वास गरिरहेका छन् । विश्वको सबैभन्दा शक्तिशाली राष्ट्रिय शक्ति भनिए तापनि उनीहरूमा असुरक्षाको भावना बढेको छ । यदि बाहिरी संसारलाई विगतमा यो बुझ्न गाह्रो भयो भने यो वाल स्ट्रिट जर्नलको लेखले सङ्केत गर्दछ कि तिनीहरूको डर विडम्बनापूर्ण रूपमा तिनीहरूको आफ्नै कार्यहरूबाट उत्पन्न भइरहेका छन् ।
वाल स्ट्रिट जर्नलले यस पटक एकदमै धेरै खुलासा गरेको छ । पहिलो, सम्भवतः आफ्नै मूल्यलाई बढाइचढाइ गर्ने प्रयासमा र काङ्ग्रेसबाट बजेट समर्थन बढाउने प्रयासमा यसले चीनविरुद्ध जासुसी गतिविधिमा संलग्न भएको सीआईएद्वारा सार्वजनिक घोषणालाई प्रकट गरेको हो । तर, यो आत्मग्लानी पनि हो । जब अमेरिकाले कथित ‘चिनियाँ जासुस’ लाई पत्ता लगाउँछ र निशाना बनाउँछ । तर, त्यसबारे ठोस प्रमाण पेस गर्न भने लगातार असफल हुन्छ । यसको सट्टा, यसले चीनको बदनाम गर्ने अभियान सुरु गर्छ र पछि चीनलाई आफ्नो निर्दोषिता प्रमाणित गर्न माग गर्दछ । यो तरिकाले अमेरिकालाई यी ‘जासुसी’ आरोपहरूमा वैधानिकताको कमीको बारेमा पूर्णरूपमा थाहा छ भनी प्रकट गर्दछ, तर पनि यसको बारेमा कसैले केही गर्न सक्दैन भनेर निर्लज्जतापूर्वक हल्ला गरिरहन्छ । संरा अमेरिका सधैँ आफू ‘सही’ भएकोमा धेरै आत्म–विश्वस्त छ, तर यसको ‘नैतिकता’ सम्बन्धी धारणा विश्वव्यापीरूपमा स्वीकृत परिभाषाबाट मौलिकरूपमा भिन्न छ ।
दोस्रो, यसले चीनको प्रतिजासुसी कार्य अत्यन्त प्रभावकारी रहेको प्रमाणित गर्छ । यसले चीनमा अमेरिकी जासुस नेटवर्कलाई ध्वस्त पारेको छ र यसलाई १० वर्षसम्म पुनर्निर्माण गर्न नसकिने बताएको छ । यो प्रतिजासुसी क्षेत्रमा ठुलो उपलब्धि हो, जसले संरा अमेरिकालाई चीनको बलियो प्रतिजासुसी क्षमताको सामना गर्न चुनौती दिएको छ । चीनले जब आफ्नो प्रति–जासुसी कानुनलाई परिमार्जन ग¥यो, यसले पश्चिमी जनमतको आलोचनाको सामना गर्यो । अहिले आएर यस्तो देखिन्छ कि यो आलोचना पछाडिको मनसाय चीनलाई आफ्नो प्रतिरक्षा हटाउन र आफ्ना जासुसहरूलाई चीनको सीमामा स्वतन्त्ररूपमा काम गर्न अनुमति दिन दबाब दिनु थियो । सौभाग्यवश, चीन यस जालमा परेको छैन । चीनले विगतमा जासुसीको विरुद्धमा रक्षा गर्न सक्षम भएको छ र भविष्यमा सीआईएको घुसपैठलाई बेकार बनाउन सक्ने क्षमता पनि हुनेछ ।
तेस्रो, यसले हामीलाई प्रतिजासुसीको सञ्जाललाई बलियो बनाउनुपर्छ भनेर सम्झाएको छ । सीआईएले सङ्केत गरेको छ कि चीनमा आफ्नो जासुस नेटवर्कको पुनर्निर्माण हाल उनीहरूको मुख्य ध्यान केन्द्रित छ र निकट भविष्यमा पनि जारी रहनेछ । २०२१ मा त्यहाँ रिपोर्टहरू आएका थिए कि सीआईएले एजेन्सीको एकमात्र एकल–देश मिसन केन्द्रको रूपमा चीनको लागि एउटा मिसन सेन्टर स्थापना गरेको छ । यी सबैले चीनको प्रतिजासूसीको अवस्थालाई थप जटिल र गम्भीर बनाउन माग गर्छ । जासुसीविरुद्धको लडाइँ बाहिरी विश्वका लागि चीनको उच्चस्तरको खुलापनसँग बाझिएको छैन र सामान्य विदेशी विनिमयमा बाधा वा असर पर्ने छैन भन्ने कुरामा जोड दिनु महत्वपूर्ण छ । प्रतिजासुसी सञ्जाललाई मजबुत पार्नुको अर्थ प्रत्येक विदेशीलाई उनीहरूको राष्ट्रियताको कारणले जासुसको रूपमा शङ्का गर्नु पक्कै होइन ।
यस वर्ष, चिनियाँ गायक दाओ ताङले गिनिज वल्र्ड रेकर्ड तोडेर १० अर्ब पटक बजाइएको ‘लुओचा हाइशी’ नामको अत्यधिक लोकप्रिय गीत सार्वजनिक गर्नुभयो । गीतमा ‘लुओचा किंगडम’ चिनियाँ स्टुडियोको अनौठो कथाहरूबाट प्रेरित छ । छिंग राजवंशका लेखक पुसोंगलिङको शास्त्रीय चिनियाँ कथाहरूको सङ्ग्रह, जसमा कुरूपतालाई सुन्दरताको रूपमा चित्रण गरिएको छ र कालो र सेतोमा भ्रमित छन् । धेरै चिनियाँ नेटिजनहरूले यो ‘लुओचा राज्य’ धेरै पक्षहरूमा आजको अमेरिकासँग मिल्दोजुल्दो छ भनेर स्मरण गरेका छन् ।
वाल स्ट्रिट जर्नलको लेखले सीआईएको कुरूपतालाई सुन्दरता र कालो र सेतोको भ्रमलाई क्षमताको रूपमा चित्रण गरेको छ । अन्तर्राष्ट्रिय समुदायको मूलधारको धारणालाई विकृत गर्न सकिँदैन । दक्षिण कोरिया, जापान र जर्मनीजस्ता आफ्ना सहयोगी देशहरूमा संरा अमेरिकाले अवैध निगरानीको पर्दाफास भएपछि यी देशहरूले अन्ततः आघात र अपमानलाई चुपचाप निल्ने विकल्प छनोट गरे, तर चीनले त्यसो गर्न सक्दैन ।
Leave a Reply