अतिक्रमणमा परेको जग्गा पशुपतिनाथको नाउँमा ल्याउनु जरुरी
- असार २९, २०८३
आदर्शोन्मुख समाज स्थापना एक दुईजना मानिसको प्रयास र मेहेनतले हुँदैन । यो समाज स्थापना गर्न असल, योग्य, चरित्रवान, निःस्वार्थी, समाजसेवी, देश र समाजप्रति समर्पित देशभक्त र परिवर्तन चाहने सक्षम व्यक्तिहरूको खाँचो हुन्छ । राजनीतिक दलले त्यस्ता नागरिकहरू तयार गर्न सुसूचित गनुपर्छ । राजनीतिक दलले कार्यकर्तालाई छाडा छाड्नु हुँदैन, जे मन लाग्यो त्यो गर्न दिनु हुँदैन । कार्यकर्ताहरू चोरीचकारी, अनियमिततामा र चरित्रहीन काममा फस्छन् भने, फसे पनि दल मौन बस्छ भने त्यस्ता दलले आदर्श समाज स्थापना गर्दैन ।
नेमकिपा खुला सभा होस् या गोप्य आफ्ना नेता तथा कार्यकर्तालाई जहिल्यै अनुशासित बन्न,सक्षम, चरित्रवान बन्न र निःस्वार्थपूर्वक सेवा गर्न जोड दिन्छ । आफ्ना नेता तथा कार्यकर्तालाई कहिल्यै कमिसन खान, अनियमितता गर्न, ढिलासुस्ती गर्न नेमकिपा कहिल्यै भन्दैन । बरु घूस नखान, अनियमितता नगर्न, जनतालाई दुःख नदिन, समाज सेवामा जुट्न र जुटाउन नेमकिपा प्रशिक्षित गर्छ । नेमकिपाभित्र आर्थिक अनुशासनमा कडाइ गर्छ । नेमकिपाले आफ्ना नेता तथा कार्यकर्तालाई देश र जनताको सेवा गर्न, सेवामा जुट्न निर्देश गर्छ । आफ्नो चरित्र निर्माण गर्न, जनतामाझ पुगेर जनताको दुःख सुख बझ्न्, आमूल परिवर्तन गर्न, अन्ध परम्परा, कुरीति छोडाउन नेमकिपा लागिरहेको देखिन्छ । यसरी नेमकिपा अरु दल र अरु दलका नेता तथा कार्यकर्ता भन्दा छुट्टै पहिचान र परिचय बोकेको पार्टी हो ।
नेमकिपा पद र पैसाको निम्ति राजनीति गर्दैन । नेमकिपा लोभलालचमा फस्दैन । नेमकिपा शत्रुसामु आत्मसमर्पण गर्दैन । नेमकिपा दलगत स्वार्थमा लाग्दैन । वास्तवमा देशको लागि नेमकिपाजस्तो अरु दलको पनि खाँचो छ । सबै दल नेमकिपा जस्तो भए देशमा भ्रष्टाचार न्यूनीकरण हुन्छ, चरित्रवान र देशभक्त नागरिक तयार हुन्छ । देशमा विधिको शासन हुन्छ, सुशासन हुन्छ । अपराधहरू हुनेछैन । देशको विकास गर्न, जनताको जीवनस्तर उठाउन र आदशानर््ेमुख समाज स्थापना गर्न सहयोग पुग्छ ।
–दानबहादुर कपाली
Leave a Reply