भर्खरै :

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा नयाँ वर्ष सन् २०२४ को शुभकामना सन्देश

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा नयाँ वर्ष सन् २०२४ को शुभकामना सन्देश

पेइचिङ, ३१ डिसेम्बर । नयाँ वर्ष सन् २०२४ को पूर्वसन्ध्यामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चाइना मिडिया ग्रुप र इन्टरनेटमार्फत शुभकामना दिनुभएको छ । उहाँको शुभकामनाको पूर्ण विवरण यसप्रकार छ ।
कमरेड, साथीहरू,
महिला र सज्जनवृन्दहरू !
सबैलाई नमस्कार । शीतकालीन क्रान्तिपछि वसन्त आउँछ भने हरेक वर्ष यस्तो नियमितरूपमा बदलिन्छ । पुरानोलाई बिदा गरी नयाँ वर्षको स्वागत गर्ने यस सुअवसरमा मैले पेइचिङबाट सबैलाई नव वर्षको शुभकामना व्यक्त गर्छु ।
सन् २०२३ मा हामीले अथक प्रयास गरेका छौँ भने आँधीमय वर्षाको सामना गर्नुका साथै सुन्दर दृश्य पनि देखेका छौँ र भारी उपलब्धि हासिल गरेका छौँ । सबैले यस वर्षको कठिनाइबारे अनुभव गरेका छौँ साथै भविष्यमाथि पूर्ण विश्वास पनि राखेका छौँ ।
यस वर्ष हामी दृढ पाइलामा हिँडेका छौँ । महामारी रोकथाम र नियन्त्रण अवस्था स्थिर भएको छ, चीनको अर्थतन्त्र लगातार उत्तरोत्तर गतिमा छ, उच्च गुणस्तरीय विकास दृढताका साथ अघि बढेको छ । आधुनिकीकरण औद्योगिक प्रणाली अझ स्वस्थ छ, अनेक उच्च, बुद्धिमान्, हरित नयाँ खालका नमुना उद्योग तीव्र गतिमा उदय भएका छन् । अन्नबाली उत्पादन लगातार बीस वर्षसम्म वृद्धि हुँदै आएको छ, स्वच्छ पानी र हरियो पहाड विकासका ठुला प्रगति भएका छन्, ग्रामीण पुनःउत्थानको नयाँ अवस्था देखिएको छ । उत्तर पूर्व चीनमा व्यापक पुनःउत्थानको नयाँ पृष्ठ खोलिएको छ, स्युङआन नयाँ क्षेत्रमा विकासको छलाङ भएको छ, याङसी नदी आर्थिक बेल्टमा जीवित शक्ति देखिन्छ, क्वाङचौ–हङकङ–मकाउ खाडी क्षेत्र अग्ररूपमा अघि सरेको छ । आँधी र लहरमा परेर चीनको अर्थतन्त्र अझै सशक्त बनेको छ ।
यस वर्ष हामी शक्तिशाली पाइलामा हिँडेका छौँ । लामो समयसम्मको प्रयास गरी चीनको नवीन सिर्जना र विकासको शक्ति धेरै बढेको छ । सी ९१९ ठुलो विमान व्यावसायिक उडान सञ्चालनमा आएको छ, स्वयं उत्पादित क्रुज पानीजहाजको परीक्षण सञ्चालन भएको छ, शनचौ परिवार स्पेसमा रिले भएको छ, ‘फनतौच’ नम्बर एकदम गहिरो समुद्रमा पुगेको छ । चिनियाँ ब्राण्डले व्यापक स्वागत पाएको छ, चीनमा उत्पादित नयाँ स्मार्टफोन निकै लोकप्रिय छन्, नयाँ ऊर्जाका गाडी, लिथियम ब्याट्री, फोटो भोल्टाइक उत्पादित वस्तुले मेड इन चाइनालाई नयाँ उज्यालो थपेका छन् । चीनले अथक प्रयासको भावना लिएर प्रगति गरेको छ, जताततै दिनदिनै प्रगति सिर्जना भएको देखिन्छ ।
यस वर्ष हामी जीवन्त पाइलामा हिँडेका छौँ । छङतु विश्वविद्यालय खेलकुद, हाङचौ एसियाली खेलकुद भव्यताका साथ सम्पन्न हुँदै खेलाडीले राम्रो उपलब्धि हासिल गरेका छन् । बिदा अवधिमा पर्यटक थुप्रै देखिन्छन्, चलचित्र तथा मनोरञ्जन बजार उकालिँदै छ, ग्रामीण फूटबल प्रतियोगिता र ग्रामीण गाला निकै लोकप्रिय छन् । कम कार्बन जीवन क्रमशः नियमित बनेको छ र न्यानो जीवन तथा पुनःउत्थान व्यस्त अवस्थाबाट असल जीवनबारे मानिसका इच्छाको व्याख्या गरिएको छ । साथै एउटा जीवित तथा न्यानो चीन पनि देखाइएको छ ।
यस वर्ष हामी आत्मविश्वासको पाइलामा हिँडेका छौँ । चीन महान् मुलुक हो । जसले सभ्यताको उत्तराधिकार गरिरहेको छ । यस भूमिमा उत्तरी क्षेत्रको मरूभूमि र पानी परिरहेको दक्षिण चीनले सबैको मन तानिरहेको छ । बगिरहेको पहेँलो नदी र याङसी नदीले सबैलाई गौरवबोध दिइरहेका छन् । ल्याङचु, अरलिथौ भग्नावशेष सभ्यताको आरम्भबिन्दु, यिनस्यु भग्नावशेषको ओरेकल अक्षर उत्तराधिकार, सानसिनङत्वी भग्नावशेषको सांस्कृतिक सम्पदा, चिनियाँ राष्ट्रिय प्रकाशन तथा संस्कृति सङ्ग्रहालय चीनको इतिहास कति लामो छ, सभ्यता कति विशाल छ, यी हाम्रो आत्मविश्वासका आधार र शक्तिका स्रोत हुन् ।
चीनले आफूलाई विकास गर्नका साथै विश्वलाई सक्रियताका साथ अँगालो मारेर ठुलो मुलुकको जिम्मेवारी लिएको छ । हामीले चीन–मध्य एसिया शिखर सम्मेलन, तेस्रो बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चसमेत अनेक कूटनीतिक कार्यक्रमलाई सफलताका साथ आयोजना गरेका छौँ र विश्वका विभिन्न क्षेत्रका मित्रलाई स्वागत गरेका छौँ । मैले केही मुलुकको भ्रमण गरी केही अन्तर्राष्ट्रिय सम्मेलनमा उपस्थित भएर धेरै पुराना साथी र नयाँ साझेदारसँग भेट गरी चीनको अडानलाई राख्नुका साथै एकअर्कामा सहमतिलाई गहन पारेको छु । विश्व स्थिति जसरी परिवर्तन भए पनि शान्ति विकास प्रमुख लयमा बगिरहन्छ भने सहयोगबाट साझा फाइदा नै अकाट्य तथ्य कायम रहन्छ ।
हामी हिँडेको बाटोमा आँधी र वर्षा हुनु साधारण अवस्था हो । केही उद्यम समक्ष व्यापारिक दबाब देखियो, केही सर्वसाधारणले रोजगारी र जीवनको कठिनाइ सामना गर्नुपरेको छ, केही ठाउँमा बाढी, हुरी, भूकम्पलगायत प्राकृतिक प्रकोपको सामना गर्नुपरेको छ, ती सबै कुरा मेरो मनमा छन् । आँधी र वर्षासँग कोही पनि नडराउने, आपसमा सहयोग गर्ने, चुनौतीलाई प्रत्यक्ष सामना गर्ने, कठिनाइ जित्ने कार्यले मेरो मनलाई निकै छोएको छ । मेहनती किसान, परिश्रमी मजदुर, साहसी उद्यमी, मुलुकको सुरक्षा गर्ने सैनिकसमेत विभिन्न काम गर्ने मानिसले अथक प्रयास गरिरहेका छन् भने हरेक साधारण मानिसले असाधारण योगदान दिएका छन् । हामीले सबै कठिनाइलाई जित्ने सबभन्दा ठूलो आधार नै जनता हुन् ।
आगामी वर्ष नयाँ चीन स्थापना भएको ७५ औँ वार्षिकोत्सव हो । हामीले चिनियाँ शैलीको आधुनिकीकरणलाई सृदृढताका साथ अघि सारी नयाँ विकास धारणाको पूर्ण, सही, व्यापकरूपमा पालना गर्नुपर्छ, नयाँ विकासका ढाँचालाई तीव्र पारेर उच्च गुणस्तरीय विकासलाई बढाई विकास र सुरक्षाको समन्वय गर्नुपर्छ । स्थिर भएर प्रगति हुने, प्रगति भएर स्थिर पार्नेमा अडिग रहेर आर्थिक वृद्धि हुने प्रवृत्तिलाई सुदृढ र नियमित बनाई स्थिर तथा दीर्घकालीन आर्थिक विकास गर्नुपर्छ । सुधार तथा खुलापनलाई व्यापकरूपमा गहन पारी विकासप्रतिको विश्वास बढाउने, आर्थिक जीवित शक्ति बढाउँदै शिक्षा, विज्ञान तथा प्रविधि र दक्षता विकासलाई सबल पार्नुपर्छ । आफ्नो श्रेष्ठता लिएर राष्ट्रिय विकास अवस्थासँग अझ राम्रोसित मिसाएर दीर्घकालीन समृद्धि र स्थिरता कायम राख्न हङकङ र मकाउलाई अरू समर्थन दिनुपर्छ । मातृभूमि एकीकरण ऐतिहासिक आवश्यकता हो । जलडमरूका दुई किनारका देशबन्धुले हात र मुटु मिलाएर राष्ट्रिय पुनःउत्थानको महा गौरवलाई संयुक्त साझेदारी गर्नुपर्छ ।
हाम्रो लक्ष्य धेरै भव्य छ र धेरै सरल पनि छ । त्यसको मूल कुरो नै सर्वसाधारणलाई अझ राम्रो जीवनस्तरको वातावरण सिर्जना गर्ने हो । बालबालिकालाई हुर्काउने र शिक्षा दिने, युवाले रोजगारी पाउने र दक्ष बन्ने, ज्येष्ठ नागरिकले चिकित्सा तथा पेन्सन सेवा पाउने जस्ता आधारभूत विषयहरू परिवारका मात्र नभएर देशका पनि मामिला हुन् । सबैले साझा प्रयास गरी ती कुराको राम्ररी व्यवस्थापन गर्नुपर्छ । हाल समाजको लय निकै तीव्र छ भने सबैजना निकै व्यस्त छन् । कार्य र जीवनको दबाब पनि ठुलो छ । हामीले न्यानो र मेलमिलापयुक्त सामाजिक वातावरण सिर्जना गर्ने, उदार तथा जीवित नवीन सिर्जना क्षेत्रलाई विस्तृत बनाउने, सुविधा र आनन्दमयी जीवनस्तर प्रदान गरी सबैलाई सुखमय जीवनको सपनालाई व्यवहारमा उतार्ने वातावरण बनाउनुपर्छ ।
वर्तमान विश्वका केही ठाउँमा युद्ध चलिरहेको छ । चिनियाँ जनताले शान्तिको मूल्यबारे गहनरूपमा बुझेका छन् । हामीले अन्तर्राष्ट्रिय समूहसँग मानव जातिको भविष्य र जनताको फाइदाको आधारमा मानव भाग्य समुदायको रचना बढाएर अझ असल संसार निर्माण गर्ने इच्छा लिएका छौँ ।
अहिले अँध्यारो हुँदै गर्दा हजारौँ परिवारमा उज्याला बत्ती बलिरहेका छन् । हामीले मातृभूमिलाई समृद्धि बनाउने, विश्वलाई शान्ति कायम राख्ने शुभकामना बाडौँ । सबैलाई वर्षभरिको शुभ र सुस्वास्थ्य हुने शुभकामना व्यक्त गर्दछु ।
सबैलाई धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *