भर्खरै :

विश्वविद्यालयका कुलपति विद्यार्थी ?

विश्वविद्यालयका कुलपति विद्यार्थी ?

देशको मात्र होइन, विश्वकै एक प्रतिष्ठित त्रिभुवन विश्वविद्यालय निरङ्कुश पञ्चायत व्यवस्थामा भन्दा चित्त दुख्ने गरी ओरालो लागेको छ । ‘सर्वाेत्कृष्ट’ र ‘अद्वितीय’ भनिएको बहुदलीय प्रजातन्त्रदेखि ओरालो लागेको विश्वविद्यालय गणतन्त्रमा आइपुग्दा अस्तित्वकै समस्या आउन लागेको छ । शिक्षा क्षेत्रको लागि पञ्चायत व्यवस्था जति खराब थियो बहुदल र गणतन्त्र त अभिशाप साबित भएको छ । सबैलाई थाहा छ, शासक दलहरूबिच भागबन्डाको कुकुर झगडाले नै त्रिभुवन विश्वविद्यालय रसातलोन्मुख भएको हो ।
शैक्षिक संस्था राजनीतिमुक्त हुनुपर्ने भन्दै कुलपति प्रधानमन्त्री बनाउने बन्दोबस्त आफैँमा पाखण्डी हो । विश्वविद्यालयको कुलपति शैक्षिक व्यक्ति हुनुपर्ने शिक्षाविद्हरूको सल्लाहलाई फेरि अस्वीकार गरिएको छ र प्रधानमन्त्री नै कुलपति रहने व्यवस्था गरिएको छ । त्यसो त माओवादी आफैँ शिक्षा क्षेत्रको लागि भस्मासुर हो । त्रिभुवन विश्वविद्यालयको के हविगत हुने हो ? अज्ञात छ ।
प्रधानमन्त्री हुने व्यक्ति राजनैतिक नै हुन्छ । पढेका–नपढेका जो पनि हुनसक्छ । तर, कुलपति शिक्षाविद् भए त्यस संस्थाको गरिमा बढ्थ्यो । प्रम कुलपति हुने व्यवस्थाले विश्वविद्यालयका विद्यार्थीमात्र होइन, एउटा माध्यमिक विद्यालयका विद्यार्थी पनि कुलपति हुनेछन् । त्यस्तो विश्वविद्यालयले के कुनै प्रतिष्ठा कमाउँछ, गरिमा बढाउँछ ? सरकारले यसतर्फ सोच्ने कहिले होला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *