यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
साँच्चै हो, सरकारको आँखा चेपाङ समूहतर्फ पर्न लागेको ? चेपाङ समुदायको बाक्लो बस्ती भएका ठाउँ धेरै छैनन् । चितवनको राप्ती र कालिका नगरपालिका, चितवनकै इच्छाकामना, मकवानपुरको रोक्सिराङ तथा धादिङको गजुरी रोराङ बेनिघाट गाउँपालिकामा सो कार्यक्रम लागु गर्न लागिएको सामाजिक विकास मन्त्रालयको सामाजिक विकास महाशाखा प्रमुख गोपालप्रसाद कँडेलले जानकारी दिए । उनका अनुसार मन्त्रालयले कार्यविधि तयार गरे अर्थ मन्त्रालय पठाइसकेको छ । मन्त्रिपरिषद्बाट कार्यविधि पारित भएपछि यसको कार्यान्वयनको लागि स्थानीय तहमा बजेट पठाइनेछ । प्रदेश सरकारले यस वर्ष ‘चिउरी र चमेरो’ संरक्षणको लागि पचास लाख रुपियाँ विनियोजन गरेको छ । यो कार्यक्रम आर्थिक तथा सामाजिकरूपमा विपन्न एवं पिछडिएका सीमान्तकृत चेपाङ समुदायको जीविकोपार्जनको अतिरिक्त आर्थिक तथा सामाजिक क्षेत्रमा जीवनस्तर सुधार्नको लागि महत्वपूर्ण हुने विश्लेषण गरिएको छ । चेपाङ समुदायको आर्थिक तथा सामाजिक क्षेत्रमा सशक्तीकरण गर्नुका साथै परम्परादेखि जोडिँदै आएको चेपाङ, चिउरी र चमेराबिचको पारिस्थितिक प्रणाली सुदृढ पार्न सशक्त भूमिका खेल्ने विश्वास गरिएको छ । चेपाङ जातिको चिउरी र चमेरा प्रजातिसँग लामो समयदेखि प्रगाढ सम्बन्ध छ ।
बालकमै आमा चेपाङ केटी
चेपाङ जातिमा छोरीको विवाह गर्दा एउटा चिउरीको बिरुवा दाइजो दिएर छोरी अन्माइन्थ्यो । त्यो बिरुवा हुर्काएर घरको अर्थतन्त्र उकासिन्थ्यो । यो परम्पराले चेपाङ र चिउरीको के सम्बन्ध रहेछ, प्राचीन कालदेखि अलिकति पुनरावलोकन गरेमा अरू धेरै कुरा पत्ता लाग्न सक्छ । चेपाङ, चिउरी एवं चमेरोसँग के कस्तो अन्तर्सम्बन्ध एवं पारस्परिक प्रगाढता थियो र छ त्यसबारे म अनभिज्ञ छैन । सो कार्यक्रम स्थानीय तहको २० प्रतिशत साझेदारीमा लागु गरिने वाग्मती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले जानकारी दिइन् । यो योजनाको दीर्घकालीन गन्तव्य चिउरी नर्सरी स्थापना, चिउरी रोपण सचेतनामूलक कार्यक्रम, मौरीपालन व्यवसायको प्रवद्र्धन गर्नु, महको बजारीकरण कार्यक्रममार्फत गरिने भनिएको छ । चेपाङ समुदायलाई यो कार्यक्रममार्फत दिगो अर्थोपार्जनको स्रोत हुनेछ । मैले सुनेअनुसार चिउरीको गेडामा लुगा धुने साबुनको काम गर्ने क्षमता पनि हुन्छ रे । यो साबुनको पनि काम दिने हो भने चिउरी त बहुउपयोगी वस्तु भएन र ? पिछडिएको चेपाङ समुदायको विद्यमान अवस्था धेरै नै दयनीय छ । शुद्ध खानेपानी पाउँदैनन् । बालविवाह अर्को रोग हो । १४ वर्ष नपुग्दै अधिकांश चेपाङ बालिका आमा बनिसक्छ । सफा सुग्घरको चरम अभाव छ । परिवार नियोजनको कुरा सुन्दा हाँस्छन् । बाल मृत्यु अति धेरै छ । वाग्मती प्रदेश सरकारको सामाजिक विकासमन्त्री मोक्तानमा यो चेपाङ समुदायमा प्रवेश गर्ने विचार आउनु नै ठुलो कुरा भयो ।
अरू जातिमा पनि यो जानुप¥यो
वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले चेपाङ समुदायको विकास सा¥है खाँचो भइसकेको थियो भनेर चेपाङ समुदायलाई यो चिउरी चमेरोको विकास गर्न लगाएर यो समुदायकै दीर्घकालीन विकासमा लगाउन सकिने धारणा राखे । यो एउटा कुरामा ध्यान दिँदा चिउरी र चमेरोसमेत संरक्षण र विकास हुने रहेछ । प्रदेश सरकारले ल्याएको यो चिउरी र चमेरो संरक्षण कार्यक्रम देख्दा सानो, आँखा नलाग्ने तर चेपाङ अल्पसङ्ख्यक समुदायका लागि अति उपयोगी कार्यक्रम ठहरिनेछ यदि हतार गरिएन भने । तर, नेपाली समुदायमा एउटा उखान छ तात्तै खाउँ जली मरौँ भन्ने । पिछडिएको जाति वा समुदायमा गए चिउरी र चमेरो विकास एउटै प्रयासमा पहिलो वर्ष नै सफल भएन भनेर बिचमै छोड्न नहुने कार्यक्रम हो । यस्ता कार्यक्रममा हतार गर्नु हुँदैन । चेपाङ जातिमा चेतना ल्याउन पक्कै पनि बढी परिश्रमको खाँचो पर्छ । मन्त्री मोक्तानलाई गम्भीर भएर धैर्यसाथ चिउरी, चमेरो र चेपाङ द्विपक्षीय विकास कार्यक्रम समय लाग्ने कार्यक्रम हो भनी धैर्यधारण गर्नु आवश्यक छ । हतार गरेर काम छैन । यस्तै यस्ता साना अरू पनि धेरै कार्यक्रममा ध्यान जानुप¥यो । अर्को एउटा जाति छ, वनकरिया भन्नेतर्फ पनि ध्यान जानुप¥यो । वनकरिया वनमान्छे जस्तो भइसक्यो । वनकरियालाई पनि चेपाङलाई झँै विशेष ध्यान दिनु जरुरी भइसक्यो ।
भाषा र लिपि जोगाऔँ
नेपालमा अल्पसङ्ख्यक जाति धेरै छन् । चेपाङ जाति धेरै जिल्लामा हजारौँ छन् । चेपाङभन्दा अल्पसङ्ख्यक भएका राउते, कुसुन्डा, वनकरिया, हायुजस्ता कहिल्यै नाम नसुनिएका अल्पसङ्ख्यक र लोपोन्मुख जनजाति पनि धेरै छन् । जसरी चेपाङको हक र हितको लागि वर्तमान सरकारले कार्यक्रम ल्यायो त्यसैगरी अरू अल्पसङ्ख्यक तथा लोपोन्मुख जातिको लागि कार्यक्रम ल्याएर जाति जोगाउन प¥यो । त्यो बहुजाति भनेको नेपालको दुर्लभ सम्पत्ति हो । एउटा अल्पसङ्ख्यक जातिलाई बाँच्न कति मुश्किल हुन्छ सबैले बुझ्दैनन् । तर, सरकारले भने बुझ्नैपर्छ । बहुजातीय समाज अद्वितीय सौन्दर्यको हुन्छ । यसको सुरक्षा हुनैपर्छ । बहुजाति, बहुभाषा र लिपि बौद्धिक सम्पदा हुन् । एउटा भाषा एकै युगमा बन्दैन । लिपि बन्न युगौँयुग लाग्नसक्छ । तसर्थ, भाषा, जाति, लिपि समाजका अमूल्य सम्पदा हुन् । एउटा भाषा म¥यो भने धेरै वर्षदेखिको सम्पदा लोप हुनु हो । यो वास्तविकता सबैले बुझ्दा राम्रो । तर, हामी गरिब भएर हो कि यी सम्पदाका गाँठो कुरा सहजै बुझ्दैनौँ । आज काठमाडौँको नेवार समाज मारमा भएकोले सङ्ख्या ¥हास हुँदै छ । अब त सरकार भएका मन्दिरसम्म जोगाउनै धौ धौ भइसकेको छ । विद्यालय तहमा मातृभाषाको पढाइ हुन्छ । कतिपय विद्यालयमा उच्च मावि र कलेज, विश्वविद्यालयमा कति वटा भाषाको त मातृभाषा पढ्ने विद्यार्थी नै छैनन् । यो गम्भीर विषय हो । यस्ता विपद्बाट जाति, भाषा, सभ्यता र संस्कृतिलाई जोगाउनुपर्छ । सरकारको ध्यान जाओस् ।
Leave a Reply