नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
सन् २०२३ लाई फर्केर हेर्दा विश्वव्यापी उथलपुथल र अनिश्चितताको वर्षको रूपमा सम्झिनेछ । युक्रेनमा युद्ध जारी रह्यो जबकि गाजामा इजरायल र हमासबिच मध्यपूर्वमा अर्को युद्ध सुरु भयो । थाइवानको सन्दर्भमा चीन र पश्चिमबिचको तनाव उत्तेजित बिन्दुमा पुगेर चिसो भए पनि अझै कुनै पनि अप्रत्याशित क्षणमा सजिलै विस्फोट हुनसक्छ । यसकारणले गर्दा सन् २०२३ निःसन्देह दोस्रो विश्वयुद्धपछिको विश्वव्यापी उथलपुथलको सबैभन्दा महत्वपूर्ण अवधि रह्यो ।
एकध्रुवीयताको पतन
एक ध्रुवीय राजनीतिक व्यवस्था भनेको यस्तो प्रणाली हो जहाँ एउटा शक्तिको बाँकी सबैमाथि विशेष प्रभुत्व वा आधिपत्य हुन्छ र परिणामलाई आफ्नै स्वार्थअनुरूप व्याख्या गरिएको हुन्छ । अमेरिकाले शीतयुद्धमा सोभियत सङ्घलाई पराजित गरेपछि अमेरिका निर्विवाद विश्वव्यापी एकल प्रभुत्व राष्ट्र बन्यो । सांस्कृतिक, आर्थिक, राजनैतिक र सैन्य प्रभावलाई अमेरिकाले सम्पूर्ण विश्वभरि आफ्नो प्रभुत्व फैलाउन प्रयोग गर्यो । यस उद्देश्य प्राप्तिको लागि अमेरिकाले विश्वभर अनियन्त्रित सैन्य कार्य विस्तार गर्दै गयो ।
अमेरिकी एकल प्रभुत्व अघिको एकध्रुवीयलाई ‘प्याक्स ब्रिटानिया’ भनेर चिनिन्थ्यो । ‘प्याक्स ब्रिटानिया’ एक ल्याटिन शब्द हो जसको अर्थ ‘ब्रिटिश शान्ति’ हो । यसले इतिहासको त्यो अवधिलाई जनाउँछ जब ब्रिटिस साम्राज्यले विश्वको ठुलो भागमा विशेषगरी १९ औँ र २० औँ शताब्दीको प्रारम्भमा महत्वपूर्ण प्रभाव र नियन्त्रण गरेको थियो । यस युगलाई विश्व व्यापार, राजनीति र सैन्य शक्तिमा बेलायतको प्रभुत्वद्वारा चिन्हित गरिएको थियो र प्रायः आर्थिक विस्तार तथा विभिन्न महाद्वीप र देशहरूमा फैलिएको ब्रिटिश प्रभावको विशेषता थियो । बेलायतले आफ्नो एकमात्र चुनौतीको रूपमा रहेको नेपोलियनको फ्रान्सलाई पराजित गरेपछि ब्रिटिश साम्राज्यलाई विश्वव्यापी प्रभुत्ववादी राष्ट्रको रूपमा लिइयो । धेरै ठुला शक्तिहरूबिच प्रभावको लागि प्रतिस्पर्धा भएपछि प्रायः विनाशकारी परिणामहरू निस्किन्छन् । बेलायती साम्राज्यको प्रभुत्वलाई १९ औँ शताब्दीको अन्त्यमा उभिएका तीन नयाँ साम्राज्यहरू जर्मनी, जापान र इटालीको उदयले चुनौती दिएको थियो जुन पहिलो र दोस्रो विश्वयुद्धको घटनाको लागि मार्ग प्रशस्त गरियो । बेलायतले दुवै विश्वयुद्ध लड्दा लड्दै कालान्तरमा थकित भएर विश्व प्रभुत्वको अधिकार अमेरिकालाई हस्तान्तरण गर्न बाध्य भयो । त्यसकारण, निःसन्देह बिनालडाइँ कुनै पनि मुलुकको वर्चस्व ¥हास हुँदैन । त्यसैगरी, आधुनिक समयमा पनि बिनायुद्ध अमेरिकी प्रभुत्व सकिँदैन ।
यस सन्दर्भमा सन् २०२३ अत्यन्तै महत्वपूर्ण रह्यो । पहिलो, युक्रेनमा युद्ध जारी छ । रुसको रणनीतिक ठाउँमा अतिक्रमण गर्ने र नाटोको नियन्त्रणमा मस्कोमा रणनीतिक पराजय थोपर्ने अमेरिकाले लक्ष्य राखेको छ । यद्यपि, २०२२ मा रुसले प्रारम्भिक झट्का भोगे पनि, यस वर्ष युक्रेनले व्यापक मिडिया प्रचारको बाबजुद कुनै प्रगति गर्न असफल भयो । पश्चिमले युक्रेनलाई समर्थन गर्न जारी राख्ने राजनीतिक इच्छाशक्ति गुमाउँदा युद्धको परिणाम युक्रेनको विपरीत गइरहेको छ । यसले अन्ततः युरोपको भविष्यको सुरक्षालाई नयाँ आकार दिनेछ र रूसले अब युक्रेनमा अति दक्षिणपन्थी कठपुतली सरकारको पूर्ण पराजय गर्ने अभियान थालेको छ ।
रुसको पुनरुत्थान र चीनको उदयपछि सन् २०१० बाट अमेरिकी एकध्रुवीयतामा ¥हास आउन थाल्यो । आफ्नो शक्ति कायम राख्दै अमेरिकाले चीन र रुसलाई नियन्त्रण गर्न अन्य देशहरूसँग व्यवहार गर्ने तरिका परिवर्तन गर्दा २०१८ र २०२३ को बिचमा ठुला परिवर्तनहरू भए, जसको कारणले संसारमा धेरै समस्याहरू निम्तिए ।
यसको अतिरिक्त गत वर्षको महत्वपूर्ण कुरा भनेको मध्य पूर्वको भाग्य हो । अक्टोबरमा हमासले गाजाबाट इजरायलमा आक्रमण गर्ने निर्णय गरेपछि युद्ध सुरु भयो । अब्राहम सम्झौता (अब्राहम सम्झौता इजरायल र संयुक्त अरब इमिरेट्स, बहराइन, सुडान र मोरक्कोसहित केही अरब देशहरूबिचको सम्झौता हो । तर, इरान, टर्की र प्यालेस्टिनी मुद्दालाई समर्थन गर्ने केही अन्य देशहरूले अब्राहम सम्झौताको आलोचना गरेका छन् । तिनीहरूका अनुसार सम्झौताले इजरायलसँग लामो समयदेखि विवाद रहेको राज्यत्व, सीमाहरू, यरूशलेमको स्थिति र प्यालेस्टिनी मुद्दालाई सम्बोधन नगरी मध्यपूर्वमा स्थायी शान्ति हुँदैन) मार्फत इजरायलको कट्टरपन्थी नीतिहरूको अमेरिकी समर्थनको कारण हमासलाई प्रतिरोध गर्न थप राजनीतिक ठाउँ प्रदान गरेको कारणले यो युद्ध सुरु भएको मानिन्छ । विश्वभरि कडा निन्दा भए पनि इजरायलले गाजामा भारी बमबारी जारी राखेको छ । यसले गाजा क्षेत्रलाई सैन्य बलको भरमा कब्जा गर्ने लक्ष्य राखेको छ । यसले मुस्लिम संसार र जियोनिस्ट राज्यबिचको सम्बन्धलाई अपरिवर्तनीय रूपमा क्षति पु¥याउने कार्य भयो भने अर्काेतिर रसिया र चीनलगायत दक्षिण ध्रुवमा रहेका मुलुकसँग पश्चिमाहरूको राजनीतिक युद्धलाई मलजल पु¥याउने भयो । (‘जायोनिस्ट राज्य’ शब्दले इजरायललाई जनाउँछ, जुन यहुदी जनताको मातृभूमिको रूपमा स्थापित भएको थियो । इजरायलको भूमिमा यहुदी राज्यको निर्माणको वकालत गर्दै १९ औँ शताब्दीको उत्तराद्र्धमा देखापरेको आन्दोलन हो जायोनवाद) अन्ततः यो युद्ध इरानमाथि अमेरिकाको कट्टरपन्थी नीति र बल प्रयोग गरेर यसलाई नियन्त्रण गर्ने प्रयासको असफलता पनि हो ।
इरान प्रभुत्वको लागि प्रतिद्वन्द्वी नभए पनि अमेरिकाको लागि एक शक्तिशाली क्षेत्रीय प्रतिद्वन्द्वी हो । तैपनि, इरान अमेरिकाको लागि एक बलियो क्षेत्रीय शत्रु हो । ठुलो जनसङ्ख्या र शक्तिको आधार भएको, सैन्य क्षमताको विकास गर्ने र मध्यपूर्वबाट अमेरिकी र इजरायली प्रभुत्वलाई हटाउने इरानको मिसन हो । इरानको यो शक्तिलाई अन्त्य गर्न इजरायललाई गाजापट्टि ध्वस्त गर्न बेलगाम छोडिदिने अमेरिकाको निर्णय धेरै अर्थमा रणनीतिक त्रुटि हो ।
त्यसैगरी, चीनसँग चलिरहेको सङ्घर्ष अमेरिकी विदेश नीतिको उच्च प्राथमिकतामा रहेको छ । अमेरिकाले चीनको सैन्य र प्राविधिक महाशक्तिको रूपमा उदयलाई नियन्त्रण गर्न खोज्ने प्रयासस्वरूप इन्डो–प्यासिफिक क्षेत्रमा सैन्य घेरा हाल्ने अमेरिकी प्रयास रहेको छ । सन् २०२३ मा सी चिनफिङ र बाइडेनको भेटपछि हाल दुई पक्षबिच विवाद भइरहेको थाइवानको मुद्दा थोरै सेलाएको छ । चीन धैर्यका साथ ‘दीर्घकालीन खेल’ खेल्न रुचाउँछ तर पक्कै पनि चुनौती थपिँदै छन् ।
यसरी इतिहासका पुस्तकहरूले निश्चितरूपमा २०२३ लाई भूराजनीतिकरूपमा विभाजनकारी वर्षको रूपमा सम्झनेछ । सन् २०२३ को अराजकताले युक्रेन, इजरायलदेखि थाइवानसम्म विश्वको लगाममाथि अमेरिकी पकड चिप्लिँदै छ । विशेषगरी युक्रेन र मध्यपूर्वको सन्दर्भमा सन् २०२४ अर्को निर्णायक वर्षको रूपमा प्रवेश गर्नेछ र अमेरिकी प्रभुत्व वाष्पीकरण हुनेछ ।
(विभिन्न समाचार एजेन्सीको सहयोगमा)
Leave a Reply