नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
हवाना, (टेलेसुर) क्युवाले विविध कार्यक्रमसाथ क्युवाली समाजवादी क्रान्तिको ६५ औँ वार्षिकोत्सव मनाएको छ । सो अवसरमा क्युवाली कम्युनिस्ट पार्टीका प्रथम सचिव एवं राष्ट्रपति मिग्वेल डियाज कानेल बर्मुडेजले अमेरिकी साम्राज्यवाद र आर्थिक नाकाबन्दीलाई सामना गर्दै क्युवाली जनता फिडेलको विचारप्रति वफादार रहने घोषणा गर्नुभयो ।
“क्युवाली क्रान्तिकारीहरू आत्मसमर्पण गर्न र आफ्नो झण्डा झुकाउन गर्न यो ६५ औँ वार्षिकोत्सव मनाइरहेका छैनन्, हामी फिडेलले देखाएको मार्गमा निरन्तर अगाडि बढिरहेका छौँ ।” राष्ट्रपति डियाज–क्यानेलले आइतबार आफ्नो नयाँ वर्षको सन्देशमा जोड दिनुभयो ।
हरेक वर्ष जनवरी १ मा, क्युवालीहरूले संरा अमेरिका समर्थित तानाशाह फुलजेन्सियो बाटिस्टाविरुद्ध कमाण्डर फिडेल क्यास्ट्रोको नेतृत्वमा प्राप्त गरेको क्रान्तिको विजयको वार्षिकोत्सव मनाउने गर्छन् । क्युवाली जनता र सरकारले यस ऐतिहासिक कोसेढुङ्गालाई विभिन्न कार्यक्रमकासाथ स्मरण गर्छन् ।
यस वर्ष जनवरी १ को पहिलो मिनेटमा सन् १९५९ मा क्युवाली क्रान्तिको विजय घोषणा गरिएको सान्टियागोलगायत धेरै सहरमा क्युवाली झण्डा फहराइएको थियो । सान्टियागोका अधिकारीहरू र बासिन्दाहरूले सान्ता इफिगेनिया समाधिस्थलको भ्रमण गरेका छन्, जहाँ कमाण्डर फिडेल क्यास्ट्रोको समाधिमा फिडेललगायत क्रान्तिका संस्थापक नेताहरूलाई श्रद्धाञ्जली दिइएको छ ।
समाजवादी क्रान्तिको विजयको ६५ औँ वार्षिकोत्सवको सम्झनाको केन्द्रीय कार्यक्रम सान्टियागोमा स्थानीय समयअनुसार डिसेम्बर ३१ को बेलुका ७ बजे सुरु भएको थियो ।
“क्युवाले क्रान्तिको विजयको ६५ औँ वार्षिकोत्सव हर्षोल्लासका साथ मनाएको छ । यो क्रान्ति हो जुन प्रतिकूलताको सामना गर्दै अगाडि बढिरहेको छ र क्रुर नाकाबन्दीको सामना गरिरहँदा पनि क्युवालीहरू कहिल्यै पछाडि नफर्कने दृढ सङ्कल्पका साथ अगाडि बढ्नेछन्,” क्युवाली कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य एवम् विदेशमन्त्री ब्रुनो रोड्रिगेजले भन्नुभयो ।
“सबै प्रतिकूलतालाई सहने क्रान्तिको रहस्य भनेको प्रतिरोध र सृजनशीलताको अद्वितीय इतिहास, दृढ नेतृत्व र आधारभूत सिद्धान्तहरूको साथमा जनताको लोकप्रिय सहभागिता रहेको छ,” उहाँले स्पष्ट पार्नुभयो ।
सान्टियागो डे क्युवामा हजारौंको ¥यालीमा सामेल भएका थिए जहाँ क्युवाली क्रान्तिकारीहरूले कमाण्डर फिडेल क्याष्ट्रोको नेतृत्वमा मोन्काडा र कार्लोस म्यानुएल डे सेस्पेडेस ग्यारिसनमा आक्रमण गरेका थिए । सहभागी हजारौँले क्रान्तिको क्रममा र क्रान्तिको विकासको निम्ति जीवन समर्पण गरेका क्रान्तिकारीहरूलाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।
विदेशमन्त्री रोड्रिगेजले बौद्धिक वास्तुकार र क्युवाली क्रान्तिका नेता फिडेल क्यास्ट्रोको प्रशंसा गर्नुभयो ।
“फिडेलको आदेशमा यी कार्यहरूमा भाग लिने सुअवसर पाएकामध्ये कसैले पनि हामी आज पनि स्वतन्त्र देशमा हुनेछौँ भनेर कल्पना गर्न सक्दैनौँ,” उहाँले भेला भएकाहरूलाई सम्बोधन गर्दै भन्नुभयो ।
कमाण्डर क्यास्ट्रोले क्युवाली जनता, सरकार र पार्टीसित ल्याटिन अमेरिकाका प्रगतिशील र क्रान्तिकारी सरकारहरूबिच एकता र ऐक्यबद्धता कायम गर्नुभयो र हामी त्यसलाई निरन्तर कायम राख्नेछौँ, नेता रोड्रिगेजले स्पष्ट पार्नुुभयो ।
सबैजसो ल्याटिन अमेरिकी देशहरू संरा अमेरिकाबाट बढ्दो आक्रमणमा पर्दै आएका छन् किनभने साम्राज्यवादीहरूले ती देशमा आफ्नो अनुकूल शासन परिवर्तन गर्न खोजिरहेका छन् ।
Leave a Reply