जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ९
- बैशाख ११, २०८३
लघुकथा
प्रत्येक वर्षझैँ यस वर्ष पनि गाईजात्राको उपलक्ष्यमा विशेष कार्यक्रम हुन गइरहेको थियो । नेपालका विशिष्ट व्यक्तित्वहरूका साथै सर्वसाधारण मानिसहरूले हल भरिभराउ थिए ।
विभिन्न कार्यक्रमहरूको मनोरञ्जनपछि एउटा जादुगरी कार्यक्रमको उद्घोषले सबैको ध्यान खिच्यो । एकजना चटकेको आगमनलाई मञ्चमा सबैले स्वागत गरे । चटकेले पनि सबैलाई जादुगरी हाउभाउबाट नमस्कार गर्दै खाली हात यताउति हल्लायो र सबैलाई छक्क पर्ने गरी उनको बायाँ हातको हत्केलामा एक सुन्दर युवती निकाल्यो । त्यसलाई देखेर दर्शकहरू छक्क पर्दै तालि बजाए । चटके उत्साहित हुँदै नर्तकीलाई भने, “सबैले तिमीलाई तालि बजाएर स्वागत गरेपछि तिमीले पनि नमस्कार भन्नुपर्दैन ? दर्शक भनेका हाम्रो देवता हुन् । हामीले भगवान्जस्तो दर्शकहरूको चित्त दुखाउनुहुँदैन ।”
त्यस हत्केलामा बसेकी सुन्दर युवतीले पनि शिर निहु¥याएर नमस्कार गरिन् ।
चटकेले आफनो बायाँ हातको हत्केलामा बसेकी सुन्दर युवतीलाई आफ्नो इसारामा नाच्न लगाएर दर्शकहरूलाई आश्चर्य चकित पारे । चटकेले जसरी भन्यो त्यसरी नाचे पनि चटकेले त्यस नर्तकीलाई भन्ने गर्दथे, “हेर तिमी मेरो हत्केलामा छौ । तिमीले मैले भने जस्तो नाचेन र दर्शकहरूबाट गाली खुवाउने काम गर्याै भने म तिम्रो हात खुट्टा काटी दिन्छु । ”
त्यस्तो नाचिरहेकी नर्तकीलाई चटकेको गाली सुनेर दर्शकहरूलाई नमज्जा लागे पनि उनको जादुगरलाई रमाइलो मानी हेर्दै थिए ।
नर्तकीलाई पनि थाहा छ चटकेले के भनिरहेको छ । उनले भने जस्तो गरेन भने गाली गर्नेमात्र होइन हात खुट्टा भाँचिदिन सक्छ । चटकेको डरले नाच्ने गर्दा बेलाबेलामा स्टेप बिगारे पनि नर्तकी राम्रो नाच्ने प्रयास गर्थे । नर्तकीले दर्शकहरूको मन जित्न नसके जस्तो भएर चटकेले जादु गरे । उनलाई हटाएर हत्केलामा अर्को नर्तकी देखाएपछि दर्शकहरू छक्क पारे । दोस्रो नर्तकीले पनि उनले भने जस्तो राम्रो नाचेर दर्शकहरूलाई आश्चर्यचकित पारे र वाहवाही बटुले । नर्तकीको प्रशंसा देखेर तर्सेर होला चटकेलाई नर्तकी राम्रो लागेन । उनलाई पनि गायव पारेर अर्को नर्तकी नचाउन थाले । त्यस नर्तकीलाई चेतावनी दिइ भन्यो, “तिमी मेरो हत्केलामा छौ । मेरो इसारा बेगर नाच्न थाल्यो भने तिम्रो पनि अरु नर्तकीहरूको हबिगत हुन्छ । बुझ्यौ ।”
चटकेको त्यस चेतावनी सुनेर एक बुद्धिजीवी गम्भीर भए । उनले सोचे, “हाम्रो देशका शासकहरूसँग मिल्ने यो कस्तो संयोग ?”
Leave a Reply