भर्खरै :

आईएसओ तालिम सम्पन्न

भक्तपुर, २६ कार्तिक । गोर्खा इको प्यानलको निर्माणकर्ता इन्टरनेसनल ग्रीन डेभलपर्स नेपाल प्रात्ेट लिमिटेड भक्तपुरको आयोजनामा भएको दुईदिने आईएसओ गुणस्तरबारेको तालिम सम्पन्न भएको छ । इन्टरनल अडिटर टे«निग कोर्स अन आईएसओ ९००१ः२०१५ क्वालिटी म्यानेजमेन्ट सिस्टमबारे तालिम दिइएको हो ।  भक्तपुर, २६ कार्तिक । गोर्खा इको प्यानलको निर्माणकर्ता इन्टरनेसनल ग्रीन डेभलपर्स नेपाल प्रात्ेट लिमिटेड भक्तपुरको आयोजनामा भएको दुईदिने आईएसओ गुणस्तरबारेको तालिम सम्पन्न भएको छ । इन्टरनल अडिटर टे«निग कोर्स अन आईएसओ ९००१ः२०१५ क्वालिटी म्यानेजमेन्ट सिस्टमबारे तालिम दिइएको हो ।  एनएटीसीएम नेपाल प्रात्ेट लिमिटेड नयाँ वानेश्वर काठमाडौंको सहकार्यमा  आईएसओ चिन्हको गुणस्तरबारे जानकारी दिन तालिम दिइएको जनाइएको छ । तालिमपश्चात् आईएसओ चिन्हको महत्व र गुणस्तरबारे अझ बढ्ता जानकारी पाएको तालिममा सहभागी इन्जिनियर कृष्णसुन्दर कुम्पाखले बताए ।  कम्पनीमा कार्यरत इन्जिनियर र कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्न र गोर्खा इको प्यानलको गुणस्तर कायम राख्न कम्पनीले यस्तो तालिम समयसमयमा दिंदै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर कृष्णभक्त दुवालले जनाए । अधिकांश कम्पनीहरूले आईएसओलाई विज्ञापनको औजारको रुपमा मात्रै प्रयोग गर्दै आएकोमा यस्तो तालिम समय–समयमा दिन सके गोर्खा इको प्यानलको गुणस्तरमा सकारात्मक प्रभाव पार्ने कुरा तालिमका शिक्षक जनार्दन घिमिरेले विश्वास गरे । तालिममा कम्पनीमा कार्यरत इन्जिनियरहरू तथा कर्मचारीहरू गरी झण्डै दुई दर्जन जनाको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *