भर्खरै :

निर्वाचनमा बौद्धिक वर्गको भूमिका

– सरोजराज गोसाई,  नेमकिपा केन्द्रीय सदस्य एवं प्रदेशसभा भक्तपुर निर्वाचन क्षेत्र २ (क)
प्राध्यापक मित्रहरू फरक फरक विषयका ज्ञाता हौं । तर हाम्रो देश हाम्रो साझा विषय हो । हाम्रो देशको स्वाधिनता हामी सबैको सरोकारको विषय हो । जनताको मुक्ति हाम्रो चिन्तनको विषय हो । त्यसैले हामी एक ठाउत्मा जम्मा भएका छौं । हामी निर्वाचनको संघारमा छौं । सर्वसाधारण जनतामा एक खालको अन्योल छ, जनताको राजनीतिक चेतना अझै उकासिन सकेको छैन । अनेक भ्रम फैलाइएको छ । अनेक राजनीतिक पार्टीले अनेक आश्वासन बात्डिरहेका छन् । नक्कली पार्टीले असली पार्टीलाई विस्थापित गर्ने डर छ । जनताको यस्तो अन्योललाई कसले चिर्ने, कसरी चिर्ने ? जनताको राजनीतिक सुझबुझ बढाउने सशक्त र सजिलो माध्यम विद्यालय र कलेज हुन् । प्राध्यापक मित्रहरू फरक फरक विषयका ज्ञाता हौं । तर हाम्रो देश हाम्रो साझा विषय हो । हाम्रो देशको स्वाधिनता हामी सबैको सरोकारको विषय हो । जनताको मुक्ति हाम्रो चिन्तनको विषय हो । त्यसैले हामी एक ठाउत्मा जम्मा भएका छौं । हामी निर्वाचनको संघारमा छौं । सर्वसाधारण जनतामा एक खालको अन्योल छ, जनताको राजनीतिक चेतना अझै उकासिन सकेको छैन । अनेक भ्रम फैलाइएको छ । अनेक राजनीतिक पार्टीले अनेक आश्वासन बात्डिरहेका छन् । नक्कली पार्टीले असली पार्टीलाई विस्थापित गर्ने डर छ । जनताको यस्तो अन्योललाई कसले चिर्ने, कसरी चिर्ने ? जनताको राजनीतिक सुझबुझ बढाउने सशक्त र सजिलो माध्यम विद्यालय र कलेज हुन् । हामी माक्र्सवादी हौं । माक्र्सवादीहरू अन्धसमर्थन र अन्धविरोध गर्दैनन् । उनीहरू जनतामा पनि आलोचनात्मक दृष्टिकोण खोज्छन् । जनताको चेतनास्तर बढाउन निर्वाचनमा भाग लिंदैछौं । देशघाती र भ्रष्टाचारका संरक्षक पार्टीलाई छ्यात्स्ने अवसरको रुपमा निर्वाचनलाई लिएका छौं । बुद्धिजीवी साथहरूबाट हामी त्यही आशा गर्छौं ।
कार्ल माक्र्सले भन्नुभएको छ, अहिलसम्मका दार्शनिकहरूले समाजको व्याख्या गरे, मूल कुरा त संसारलाई बदल्नु हो । हामी संसार बदल्ने एक चौतारीको रुपमा निर्वाचनलाई उपयोग गर्दैछौं । एउटा प्रश्न उठ्छ, के बुद्धिजीवीहरूले राजनीतिक आन्दोलनमा भाग लिनमिल्छ ? २० औं शताब्दीको पूर्वाद्र्धका इटालियन माक्र्सवादी एन्टोनियो ग्राम्सीले वर्गीय समाजमा कोही पनि वर्गीय पक्षधरताबाट विमूख हुनसक्दैन भन्नुभएको छ । उहात्को भनाइ उल्लेख गर्छु, ‘वर्गीय समाजमा वर्गविहीन रहन सकिंदैन ।’
बौद्धिकहरूको जिम्मेवारीबारे अर्थशास्त्री पौल वारानकको बिचार उल्लेख गर्न चाहन्छु । ‘राजनीतिक मूल्यको अवमूल्यन, नैतिक न्यायमा ¥हास र सामाजिक तथा सांस्कृतिक असमानता चुलिएको बेला वौद्धिहरू ज्यानको बाजी थाप्न पनि पछि पर्दैनन्, आत्मकेन्द्रित विकासको लागि होइन, समग्र समाजको उत्थान र परिवर्तनको लागि’ । देश अत्यन्तै कठिन मोडमा छ । देशको सार्वभौमिकतामाथि हस्तक्षेप भइरहेको छ । नेपालको प्राकृतिक स्रोत र साधनमाथि विदेशीले कब्जा जमाइरहेका छन् । देश नै रहने या नरहने परिस्थितिमा हामी प्राध्यापक तथा वुद्धिजीवीको भूमिका कस्तो हुन्छ ? देशलाई सही मार्गनिर्देश गर्ने बेला आएको छ । निर्वाचन घोषणापत्रको लडाईं हो । तर शासक पार्टीका घोषणापत्रहरू झूट र आश्वासको दस्तावेजजस्ता छन् । तिनीहरूका घोषणापत्र गफ सङ्ग्रहमात्र हुन् । विगतमा अनेक सपना बात्डेर निर्वाचन जित्ने पार्टीहरूले फेरि उही प्रतिवद्धता दोह¥याउनु तिनीहरूको असफलता र नालायकीको द्योतकमात्र हुन् । तिनीहरूबाट ती कागजी योजना व्यवहारमा उतार्ने कुनै हुति छैन भन्ने कुरा विगतका तिनका चर्तिकलाबाट पुष्टि हुन्छ । केही किलोमिटर बाटो बनाउनसमेत वर्षौं लगाउनेले पात्च वर्षभित्र पूर्व–पश्चिम राजमार्गमा रेलमार्ग विछ्याउने कुरा हावादारी कुरामात्र हो । देशलाई पूर्णतः परनिर्भर बनाउन जिम्मेवार ती नै दलले आज आधारभूत खाद्यान्नमा आत्मनिर्भर बनाउने कुरा गर्नु लज्जास्पद कुरा हो ।
२०६४ सालको निर्वाचन घोषणापत्रमा २०७४ भित्र १० हजार मेगावाट बिजुली उत्पादन गर्नेले ९०० मेगावाटबाट बढाउन नसक्नु उनीहरूको अकर्मण्यताबाहेक केही होइन । आगामी १० वर्षमा ५० लाख पर्यटक भित्र्याउने सपना बाड्ने वाम गठबन्धन आफैले पर्यटन उद्योगलाई धराशायी बनाएका हुन् । अब यस्ता उडन्ते गफ दिएर जनता झुक्याउने दिन गए । प्राध्यापक मित्रहरूले ती अयोग्य प्रमाणित शासक दलकाविरुद्ध जनचेतना अभियान थाल्नुपर्नेछ । निर्वाचन जनताको चेतनास्तर उकास्ने अभियान पनि हो । निर्वाचनमा सिद्धान्त र विचारको लडाईं हुन्छ । शासक पार्टीहरूका घोषणा पत्रले जनतामा झन् अन्योल बढाएको छ । वाम गठबन्धनको घोषणापत्रमा सैद्धान्तिक रूपमा गलत सन्देशसमेत दिइएको छ । यहात्सम्म कि बहुदलीय प्रजातन्त्र, आवधिक निर्वाचन, मानवअधिकारका कुरालाई समाजवादको आधार मानिएको छ । समाजवादमा त उत्पादनका साधनहरू राष्ट्रियकरण, शोषणको अन्त्य, निःशुल्क शिक्षा र स्वास्थ्य, योग्यताअनुसार काम र कामअनुसार ज्याला, गाउत् र सहरको भेद कम गर्ने, बौद्धिक र शारीरिक श्रम बीचको भेद कम गर्ने योजना हुन्छ । समाजवादको अपव्याख्या गर्ने वाम गठबन्धन कुनै मानेमा समाजवादी हुनसक्दैन । यो निर्वाचन पूत्जीवादविरुद्धको लडाईं पनि हो । पूत्जीवाद शोषणमा आधारित व्यवस्था हो । बहुदलीय प्रजातन्त्र आएपछि नै नेपालमा भएका सार्वजनिक उद्योग तथा कलकारखाना निजीकरण गरी उद्योग धन्दा ध्वस्त गरियो । फलस्वरुप भारतीय एकाधिकार पूत्जीले नेपालको अर्थतन्त्र कब्जा ग¥यो । नेपालका युवाहरू बेरोजगार बने । आज ७० लाख युवाहरू विदेशीको दासजस्तो जीवन भोग्न विवश छन् । यसको जिम्मेवार ती शासक दल नै हुन् । त्यसैले पूत्जीवादविरुद्धको लडाईंमा सबै प्राध्यापकको समर्थन आवश्यक छ । शासक पार्टीहरूले लुटको धन फुफूको सराद्ध गरेझैं पैसाको खोला बगाएर चुनाव जित्ने योजना फेरि गरिरहेका छन् । पूत्जीवादी निर्वाचनमा जहात् पनि साम, दाम, दण्ड र भेदको नीतिबाट निर्वाचन जित्ने होड चल्छ । पूत्जीवादीहरू पैसा्विना निर्वाचन जित्ने सपना पनि देख्दैनन् । सच्चा कम्युनिष्ट पार्टीहरूको निम्ति भने चुनाव लड्नु नै असहज हुत्दैछ । प्रा. एजाज अहमदले एक ठाउत्मा लेख्नुभएको छ, पूत्जीपति वर्गले पैसाको खोला बगाउत्छन् । रोक्ने हो भने कम्युनिष्ट पार्टीको उम्मेदवारलाई कसैले हराउन सक्नेछैन । यस्तै हो भने कम्युनिष्टले चुवान जित्ने अवस्था अन्त्य हुत्दै जान्छ । नेपालकै निर्वाचन पनि अत्यन्तै महत्गो हुत्दैछ । गरिवसत्ग चन्दा उठाएको भरमा निर्वाचन लड्न सजिलो विषय रहेन । अबको प्रतिनिधिसभा र प्रदेशसभामा कम्तिमा १ दर्जन गुन्डा र हत्या आरोपीहरूको उपस्थिति निश्चित छ । यस्ता चरित्रका सांसदहरूले कस्तो सुशासन ल्याउलान् ? तिनले समाजवादउन्मुख अर्थतन्त्रको जग कसरी बसाल्लान् ?  अन्तमा, नेपाल मजदुर किसान पार्टीको समाजवादी झण्डालाई अझ उत्चो पार्न मादल चिह्नमा छाप लगाई सबै उम्मेदवारलाई विजयी गराउन सहयोगको निम्ति अनुरोध गर्दछु । धन्यवाद ।
(नेपाल प्राध्यापक समाजको आयोजनामा ‘भएको प्राध्यापक भेलामा समाजका अध्यक्षले राख्नुभएको मन्तव्यको सार – संं)

Leave a Reply

Your email address will not be published. Required fields are marked *