नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
जनवरी २ सम्ममा गाजापट्टीमा इजरायलको सैन्य आक्रमणले २२,००० भन्दा बढी प्यालेस्टिनी जनताको ज्यान लिइसकेको छ । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन् । इजरायलको यस विध्वंस र नरसंहारको विश्वभरबाट आलोचना र निन्दाको लहर निम्त्याएको छ । तर, केही इजरायली र पश्चिमी सञ्चारमाध्यमहरूले इजरायलको सैन्य नीतिको आलोचना गरेकोमा ‘यहुदी विरोधी’ को आरोप लगाउँदै चिनियाँ नेटिजनहरूलाई तारो बनाउन खोजेका छन् । यस्तो आलोचना वास्तवमा सही र गलत भ्रमित गर्ने प्रयास हो र हरिणलाई घोडा भन्न खोज्छ भने, इतिहासलाई अस्वीकार गर्ने वा गलत व्याख्या गर्ने प्रयास हो ।
‘सेमिटिज्म’ शब्दले यहुदीहरू, तिनीहरूको धर्म र संस्कृतिविरुद्ध पूर्वाग्रह, भेदभाव र घृणालाई जनाउँछ । डायस्पोरा (यहुदीहरू थेरुसेलम छोडेर युरोप र विश्वभर गएको समय) समयदेखि संसारभर छरिएका यहुदीहरूले यहुदीविरोधी प्रवृत्तिको सामना गरेका थिए । उनीहरूमाथि भेदभाव गरिएको थियो, विभिन्न देशबाट निष्कासन गरिएको थियो र उनीहरूको जातीय र धर्मका कारण नरसंहार समेत गरिएको छ । उनीहरूलाई विशेष चिन्ह लगाउन र बस्तीहरूमा बस्न र सरकारहरूलाई अतिरिक्त सुरक्षा शुल्क तिर्न बाध्य पारिएको छ । सन् १९३० र १९४० को दशकमा हिटलरद्वारा गरिएको होलोकास्ट (नरसंहार) इतिहासको सबैभन्दा खराब नरसंहार र आधुनिक पश्चिमी सभ्यताको दुःखद विडम्बना हो ।
यसको विपरीत उत्तरी सोङ राजवंश (९६०–११२७) को समयमा चीनको राजधानी काइफेङमा एक सम्पन्न यहुदी समुदाय फस्टाएको थियो । यहुदीहरू स्थानीय रूपमा ‘निलो–क्याप लगाएका हुइहुई’ भनेर चिनिन्छन्, अन्ततः चिनियाँ समाजमा एकीकृत भए, यसलाई गैरयहुदी समाजमा यहुदीहरूको आत्मसातको एक मात्र मानवशास्त्रीय मामला बन्यो ।
आधुनिक चीनमा पनि यहुदीविरोधीको लागि कुनै ठाउँ छैन । आधुनिक समयमा चीनमा आएका यहुदीहरूमध्ये दुवै सेफार्डिक यहुदीहरू रहेका छन् । उनीहरूले पश्चिमी उपनिवेशवादीहरूको पाइला पछ्याउँछन् र अक्टोबर क्रान्ति र त्यसपछिको रूसी राजनीतिक विकासपछि युरोपमा यहुदीविरोधी गतिविधिबाट भागेका अश्केनाजी यहुदीहरू थिए ।
दोस्रो विश्वयुद्धको क्रममा, जब नाजीहरूले युरोपमा लाखौँ यहुदीहरूलाई मारिरहेका थिए, जापानी साम्राज्यवादी आक्रमणको सामना गर्ने साङ्घाई केही समयका लागि धेरै यहुदी शरणार्थीहरूको लागि नूहको जहाज बन्यो, जसमा लुको नेतृत्वमा चिनियाँ वामपन्थी नेताहरूको समूह थियो । नाजी जर्मनीको फासिस्ट नीतिको विरुद्धमा उनी र सुङ चिङ–लिङ सडकमा उत्रिएका थिए ।
अझ महत्वपूर्ण कुरा, भियनाका चिनियाँ कूटनीतिज्ञ हे फेंगसानले हजारौँ यहुदीहरूलाई ‘जीवन भिसा’ जारी गर्न सबैथोक जोखिममा राखे ताकि तिनीहरू हिटलरको हत्यारा कारबाहीबाट बच्न सकून् । त्यसबेला चिनियाँ राष्ट्रिय सरकारले युनान प्रान्तमा यहुदीहरूलाई बसाउने योजना पनि बनाएको थियो तर जापानी सेनाको दबाबका कारण त्यसो गर्न सकेन ।
गाजा द्वन्द्वमा फर्कौँ । चिनियाँ नेटिजनहरूले मुख्यतया इजरायलको विध्वंसक सैन्य आक्रमणको आलोचना गरेका छन्, जुन आक्रमणले २२,००० भन्दा बढीको ज्यान लिएको छ । त्यस्ता आलोचनाहरूलाई यहुदीविरोधी घृणा वा भेदभाव मान्न सकिँदैन । गाजामा बालबालिकाको शव, ध्वस्त घरहरू, अस्पतालहरूमा बम विष्फोट र संयुक्त राष्ट्र सङ्घको मानवीय एजेन्सीका कार्यालयहरू र कम्पाउन्डहरू क्षतिग्रस्त भएका तस्बिरहरू हेर्दा जो कोहीले अपराधीहरूको आलोचना गर्नेछन् ।
इजरायलले उद्धृत गरेको बहानाको बावजुद, त्यस्ता सैन्य कारवाहीहरू अस्वीकार्य छन् र अन्तर्राष्ट्रिय समुदायले नोभेम्बर १९४७ मा इजरायल राज्यको स्थापनालाई पहिलो स्थानमा समर्थन गरेको कारणको विरुद्धमा जान्छ – इजरायल संयुक्त राष्ट्र विभाजन योजना (सङ्कल्प ज्ञडज्ञ) को आधारमा सिर्जना गरिएको थियो ।
अन्तर्राष्ट्रिय राजनीतिक यथार्थको प्रकाशमा पनि गाजामा इजरायलको सैन्य कारबाहीलाई उचित ठहराउन सकिँदैन । गाजामा सत्तारुढ हमास प्रबन्धन दुबै सशस्त्र गैरराज्य नेतृत्व र एक अन्तर्राष्ट्रिय वैचारिक र सामाजिक आन्दोलन हो र इजरायलले गाजामा अपनाएको ‘डि–हमासाइजेशन’ (हमास मुक्त गर्ने) को नीति व्यावहारिक सैन्य उद्देश्य होइन । अर्को शब्दमा भन्नुपर्दा, गाजामा इजरायलले जतिसुकै सैन्य उपलब्धि हासिल गरोस्, त्यसलाई सैन्य कारबाही गर्ने नैतिक कलङ्कबाट मुक्त गर्न गाह्रो हुनेछ र यसरी इजरायल र यसका सहयोगीहरूको नीतिहरूको नैतिक आधार कमजोर हुनेछ ।
त्यस्ता आलोचनाहरूलाई विकृत गर्ने र तिनीहरू ‘यहुदीविरोधी’ भएको दाबी गर्ने वा तथ्यहरूलाई ध्यान नदिई ‘यहुदीविरोधी’ शब्दलाई हतियार बनाउने कुनै पनि प्रयासले शान्ति मन पराउनेहरूलाई चोट पु¥याउनेछ र नमान्नेहरूलाई फाइदा पुग्छ । प्यालेस्टिन–इजरायल द्वन्द्वमा शान्ति पुनःस्थापना नभएकोमा चिनियाँ जनता साँच्चै चिन्तित छन् ।
तसर्थ, चीनलाई सेमिटिकवादविरोधी (यहुदीविरोधी) भनेर लेबल लगाउनु वा इजरायलको विध्वंसकारी सैन्य साहसिक कार्यको आलोचनालाई सेमेटिकवादविरोधीसँग तुलना गर्नु अव्यावहारिक छ । चीन सेमिटिकवादविरोधीको गैरजिम्मेवारपूर्ण र अर्थहीन ज्यावलीकरणकरणसहित सबै प्रकारका यहुदीविरोधीपनको विरुद्धमा छ ।
(लेखक साङ्घाई एकेडेमी अफ सोसल साइन्सेजको इन्टरनेशनल रिलेसनस इन्स्टिच्युटका प्रोफेसर र साङ्घाईमा यहुदी अध्ययन केन्द्रका उपनिर्देशक हुन् ।)
चाइना डेली
अनुवाद : आरोही
Leave a Reply