नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
दोस्रो भ्रमण
वैशाख १–१६, २०४८ (Apr. 13-28, 1992)
फेरि प्योङयाङमा (१ वैशाख २०४९/13 Apr 1992)
प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका महान् नेता का. किम इल सङको ८० औँ शुभ जन्मोत्सव समारोहमा भाग लिन नेपाल मजदुर किसान पार्टीका तर्फबाट मलाई निम्ति आएको थियो । त्यसको निम्ति २०४८ चैत्र २९ गते (१९९२ अप्रिल ११) काठमाडौँबाट बैङ्कक, चैत्र ३० गते (अप्रिल १२) बैङ्ककबाट जनवादी गणतन्त्र चीनको राजधानी पेइचिङ पुगेँ । नेपालका विभिन्न पार्टीहरूबाट का. तुल्सीलाल अमात्य, का. नरबहादुर कर्माचार्य, का. जीवराज आश्रित र नेपाल–कोरिया मैत्री सङ्घबाट विष्णुसुन्दर प्रधान जानुभएको थियो ।
२०४९ नव वर्ष अर्थात बैशाख १ गते (१९९२ अप्रिल १३) का दिन पेइचिङबाट विमानद्वारा अपराह्न साढे चार बजे प्रजग कोरियाको राजधानी प्योङयाङ ओल्र्यौँ । विमानस्थलमा विभिन्न देशबाट आउने प्रतिनिधिहरूको स्वागतको निम्ति हजारौँ जनता पर्खिरहेका थिए । स–साना केटीहरू फूलका गुच्छा लिएर स्वागत गर्न आए ।
विमानस्थलको औपचारिक कार्य सिध्याई मोटर विमानस्थलबाट कोरियाली मजदुर पार्टीको अतिथि सदन गइरहेको थियो । बाटोमा हाम्रो पार्टीको गतिविधि (कोरिया पुनःएकीकरणको पक्षमा) जानकारी भएको कुरा कोरियाली कामरेडहरूले बताए । मैले कामरेड किम इल सङको सफल नेतृत्व, कोरियाको प्रगति, समाजवादबारे अन्तर्राष्ट्रिय क्षेत्रमा देखापरेको धमिलो स्थिति र कोरियाली जनताका प्रियनेता कामरेड किम जोङ इलको समाजवादको ऐतिहासिक पाठबारे आफ्नो टिप्पणी बताएँ ।
म र कोरियाली एकीकरण सहयोग समिति, भक्तपुरका अध्यक्ष केदारराज सुवेदीलाई एघार नं. गेष्ट हाउसमा बस्ने बन्दोबस्त मिलाइएको थियो ।
म्याङ्गयोन्देमा श्रद्धासुमन (२ बैशाख ०४९/14 Apr 1992)
८ बजे बिहान हामीलाई का. किम इल सङको ८० औँ जन्मोत्सवको अवसरमा उहाँको जन्मस्थलको दृश्यावलोकन गर्नु सान्दर्भिक लाग्यो । चर्खा, तान, सन्दुक, चटाई (म्हाला), सुकुल र माटोको घ्याम्पो देखेपछि नेपालकै किसानको घर सम्झेँ । इनार, ढोका र आँगन हेर्दा हाम्रै गाउँको सम्झना आउनु स्वाभाविक छ ।

हुन त म्याङ्गयोन्देको का. किम इल सङको घरको आँगन पस्नासाथै उहाँको संस्मरण ‘यस शताब्दीसँग’ भाग १ को प्रसङ्ग मेरो आँखाको अगाडि नाच्न थाल्यो । जापानविरोधी लडाइँमा विजय पाएर आफ्नो घरमा धेरै वर्षपछि पुग्नु हुँदा बज्यैले ढोकैमा उहाँसँग आमा–बाबु खोई, तिमी किन एक्लै आयौ, के तिमीलाई आमा–बाबुको माया लाग्दैन भनी सोध्नुे भएको थियो र बज्यैले उहाँको छात्तीमा मायाले मुक्का हान्दै रुनुभएको थियो ।
त्यस प्रसङ्गको सम्झनाले मलाई एकछिन स्तब्ध पारेको थियो । मनलाई रुवाउने र आँखालाई रसाउने कोरियाली वीरगाथाका लेखक, सिपाही, सर्वोच्च सेनापतिको जन्मथलो त्यही थियो । असीम साहस, प्रबल इच्छाशक्ति, दृढ निश्चयी, लडाकु अथवा अथक नेता, अनन्त कल्पनाका धनी र प्रखर देशभक्त का. किम इल सङ वास्तवमा कोरियाली जनताका आजका प्रेरणाका श्रोत हुनुहुन्छ ।
आँधीबेरीमा पात–पतिङ्गर उडेजस्तै पूर्वी युरोप र सोभियत सङ्घका समाजवाद भत्किए तर कोरिया र त्यसको समाजवाद साँचै हिमालजस्तै अटल रह्यो । यसको श्रेय पनि त्यही म्याङ्गयोन्देका सपुतलाई छ । ‘हजारौँ दृश्य’ भन्ने टाकुरामा पुग्दा का. किम इल सङको कुस्ती खेल्ने ठाउँ (अखडा), पढ्ने ठाउँ र बालकहरूको सङ्गठन गर्दाको ठाउँ हेर्दा किम परिवारको राजनैतिक स्तरको अड्कल गर्न सजिलो थियो । यस रमणीय स्थलको यो मेरो दोश्रो भ्रमण थियो । देश– विदेशका आगन्तुकहरूको मुखमण्डलमा श्रद्धाका भावनाहरू छचल्केको अनुभव गरेँ ।
त्यहाँ राखिएको आगन्तुक पुस्तिकामा लेखेँ – “एक गरिब परिवारको व्यक्तिले पनि कसरी देश र जनतालाई मुक्त गर्न सक्छ र समाजवादको स्थापना र निर्माण गर्न सक्छ भन्ने यो एक उदाहरण हो । का. किम इल सङको ८० औँ शुभजन्मोत्सवमा यहाँ आउन पाउँदा खुसी लाग्यो । समाजवादको सैद्धान्तिक पक्ष र व्यवहारिक पक्षमा उहाँबाट अझ बढी योगदानको आशा गर्छु ।”
त्यसपछि हामी परिचय पत्रको निम्ति फोटो लिन गयौँ । फोटो लिने परम्परा पुरानै थियो ।
दिउँसो १२ बजे हामी ‘जनताको सांस्कृतिक दरबार’ हेर्न गयौँ । त्यहाँ ‘कोरियाको आन्तरिक स्थिति, कोरियाको पुनः एकीकरण, अन्तर्राष्ट्रिय स्थिति र समाजवादको भविष्य‘ बारे कोरियाली मजदुर पार्टीको नीतिसम्बन्धी जानकारी दिने बैठकमा गयौँ । त्यहाँ ६ भाषामा अनुवाद हुने बन्दोबस्त गरिएको थियो । ‘हेड फोन’ राखेपछि आफूलाई अनुकूल भाषामा सुन्न सकिन्थ्यो । यहाँ पनि यो मेरो दोस्रो भ्रमण थियो । यसको विशालता र भव्यताबारे बयान गरेर साध्य छैन ।
साँझ ६ः३० बजे हामी ‘फेब्रुअरी ८ सांस्कृतिक गृह’ मा का. किम इल सङको ८० औँ शुभजन्मोत्सवको उपलक्ष्यमा आयोजित सांस्कृतिक साँझ हेर्न गयाँै ।
कोरियाली जनसेना स्थापना भएको ऐतिहासिक दिनको नाममा राखिएको ‘फेब्रुअरी ८ सांस्कृतिक गृह’ कोरियाको अत्याधुनिक सांस्कृतिक केन्द्रमध्ये हो । १९७५ मा निर्माण भएको यस भवनको क्षेत्रफल १,२४,००० वर्गमिटर छ भने जम्मा भवनमात्रै ८०,००० वर्गमिटर छ । आफैँ चलफिर गर्ने दबु, प्रकाशको स्वचालित बन्दोबस्त र टाढाबाट नियन्त्रण गर्ने (रिमोट कन्ट्रोल) बन्दोबस्त भएको यस सदनमा साना–ठूला ६०० कोठाहरू छन् र ६,००० र ११०० स्थान भएको दुईवटा सभा भवन र ६०० स्थान भएको एक सिनेमा हेर्ने बैठक छ । विभिन्न किसिमका सांस्कृतिक उत्सव र कार्यक्रम गरिने र ध्वनि प्रसारणको आधुनिक प्रविधियुक्त सांस्कृतिक केन्द्र साँचै नमुनाको छ ।
छाती भरिभरि वीरताका मान, पदवी र पदक पाएका व्यक्तिहरूको लाम देखिन थाल्यो । ती वीर पुरुष र महिलाहरू मेरो विचारमा ६० वर्ष नाघेकाहरू बढी देखिन्थे ।
हामीसँग तस्वीर सहितको परिचय पत्रको अभावमा केही क्षण पर्खनुप¥यो । त्यतिञ्जेल धेरै धेरै तक्माहरू लगाएका ज्येष्ठ नागरिक र ठूला बडा, राष्ट्राध्यक्षहरू र अन्य पाहुनाहरूको घुईचो हेरिरह्यौँ । सुरक्षा व्यवस्था कडा थियो ।
मञ्चमा नाच–गान र शुभकामना गीतहरू सुरु भयो । कोरियाको क्रान्तिकारी इतिहास र का. किम इल सङको जीवनसँग सम्बन्धित चलचित्रहरू पनि प्रदर्शन गरियो ।
मञ्चनिरको पहिलो पंक्तिमा का. किम इल सङ, चिनियाँ राष्ट्रपति याङ सान कुन, कम्बोडियाका राष्ट्राध्यक्ष नरोत्तम सिहानुक आदि हुनहुन्थ्यो । म तेश्रो लहरमा थिएँ ।
सांस्कृतिक कार्यक्रम समाप्त भयो, हामी भवनको बाहिर आयौँ– जनताका सागर हेर्दा हामी हराउने डरले दोभाषे र हाम्रा निर्देशकलाई पर्खन लाग्यौँ । २०–३० खुडकिलो तल कारहरूको अपार लाम थियो । झण्डै १५ मिनेटपछि हामीले जाने सङ्केत पायौँ । मलाई लाग्यो– सभा भवन भन्दा मोटर राख्ने ठाउँ, चौर वा चोक दोब्बर–तेब्बर चाहिँदो रहेछ । नेपाल मजदुर किसान पार्टीको तर्फबाट का. किम इल सङको ८० औँ जन्मोत्सवको शुभकामनास्वरूप लगिएको उपहार दिउँसो ३–४ बजेतिर कोरियाली कामरेडलाई सुम्पेँ । उहाँले शुभकामना र उपहार पु¥याइ दिने वचन दिनुभयो । मैले कोरियाली जनताका प्रियनेता का. किम जोङ इललाई पनि सम्झनाको रूपमा उपहार लगेको थिएँ ।
पञ्चदान–आमाबाबुले छोरीलाई दाइजोको रूपमा दिने चलन छ– छोरी हृदयको टुक्रा हो, माया गरेर छोरीलाई दिने, मूल्यवान र मनपर्ने वस्तु लुकाई राख्न । कोरिया पनि गुप्त कुराहरू लुकेको र मायालु देश हो । का. किम इल सङलाई हाम्रो पार्टीको तर्फबाट उपहार थियो– जन्मोत्सवको सगुनको रूपमा ।
हात्ती र वृद्ध आमाबाबुले केटाकेटीलाई सिकाउने चलन छ मान्छे सानो वा ठुलो हुनु ठुलो कुरा होइन बरु छात्ती सानो हुनुहुन्न । का. किम जोङ इलको भावना र विचार ठुलो र व्यापक छ, यो कुरा समाजवादको ऐतिहासिक पाठले सिकाएको छ । कोरिया सानो भएर के भयो ? कोरियाली जनताको दृष्टिकोण चौडा छ ।
बुद्ध एक गणतन्त्रवादी र जातीय भेदभाव नमान्ने दार्शनिक थिए । बुद्धवादले हिन्दु धर्मको सङ्कीर्ण र अन्याय–अत्याचारको विरोध गर्छ, दासप्रथाको विरोध गर्छ । देश अथवा नेपाल सानो भएर पनि संसारकै निम्ति एउटा दर्शन दियो त्यही बुद्धको विशेषता हो । बुद्ध एसियाको प्रकाश । मैले उपहारको परिचय यसरी नै दिएँ ।
शुभजन्मोत्सव (३ वैशाख २०४९/15 Apr. 1992)
का. किम इल सङको ८० औँ शुभजन्मोत्सवको दिन ! दिउँसो १२ बजे कुमसुसान सभागृह (Kumsusan Assembly Hall) मा प्रजग कोरिया सरकारद्वारा महान् नेता का. किम इल सङको ८० औँ शुभजन्मोत्सवको उपलक्ष्यमा आयोजित राजकीय दिवाभोजको निमन्त्रणामा गएँ ।
त्यहाँ का. किम इल सङसँग दोश्रोचोटि भेटघाट भयो । का. किम जोङ इललाई पहिलो पटक भेटेँ । सबै विदेशीहरूसँग सामूहिक तस्वीर खिचाएपछि भोजमा सामेल भएँ । म १०६ नं. को टेबुलमा थिएँ । सरकारी शुभकामनापछि का. किम इल सङको सा¥है ओजपूर्ण र मार्मिक प्रत्युत्तर भाषण भयो । उहाँको भाषणमा सिङ्गो कोरियाको भावना प्रतिविम्वित भएको थियो ।
अपराह्न ३ः३० बजे ‘किम इल सङ रङ्गशाला’ मा खेल प्रदर्शन हेर्न गएँ । तयारी सा¥है व्यवस्थित थियो । एकलाख मानिस बस्ने स्थान भएको र एकलाख खेलाडीहरूले भाग लिएको खेल प्रदर्शन साँच्चै रमाइलो र हेर्न लायकको थियो ।
साँझ ६ः३० बजे किम इल सङ चोकमा ‘साँझको नाच’ भनिने व्यापक जनताको नाच हेर्न गएँ । एकछिन आफू पनि नाचेँ । तर, सा¥है जाडो थियो । थरिथरिका नाच र गानले का. किम इल सङको जन्मोत्सव एक राष्ट्रिय उत्सव, चाड र पर्व नै थियो । भुईचम्पा ९ बजे पट्क्यो । अर्थात् आतसबाजीको कार्यक्रमले आकाशको तारामण्डललाई निस्तेज पारिदिएझैँ लाग्यो ।
का. किम इल सङ, अन्य नेता र पाहुनाहरू पनि त्यहाँ उपस्थित थिए । जनतामा आधारित साँचो प्रजातन्त्रको यो एउटा ज्वलन्त नमुना थियो ।
कम्प्यूटर केन्द्रमा (४ वैशाख २०४९/16 Apr. 1992)
कोरिया कम्प्यूटर केन्द्रमा हामीलाई स्वागत गर्दै त्यहाँका प्रमुखले बताए– सन् १९८९ को नोभेम्बरमा सुरु भएको कम्प्यूटर केन्द्रको निर्माण कार्य सन् १९९० अक्टोबर २१ मा सम्पन्न भएको थियो । यसको निर्माण कार्यमा महान् नेता का. किम इल सङ र प्रियनेता किम जोङ इलले ठुलो अभिरुचि लिई हेर्नुभएको थियो र उद्घाटन समारोहमा समेत उपस्थित हुनुभएको थियो ।
स्वचालित तथ्य–तथ्याङ्क सङ्कलन, डिजाइन बनाउने, रोगको निदान गर्ने र उपचार निम्ति औषधिसमेत बनाउने तथा उद्योगको कच्चा पदार्थ, यन्त्रहरू र बोझिला वस्तुहरूको समेत तथ्य बताउने यो केन्द्र कम्प्युटरहरूको केन्द्र हो ।
एक प्रश्नको उत्तरमा उहाँले भन्नुभयो– कम्प्युटरहरू जापान, अमेरिका र अन्य धेरै देशहरूबाट ल्याइएका हुन् र अहिले यही पनि बन्न थालेको छ । अरू देशका कामहरू पनि कोरियाले गर्छ । चीन, जापान र अन्य ठाउँबाट पनि मागहरू आएको छ ।
यसका कम्प्युटरहरू १९६० तिरकै र आधुनिक IBM, FTE –18 / Personal Computer – 80, FISI 981, २८६, ३८६, ४८६ आदि छन् । संयुक्त राष्ट्र विकास कार्यक्रम (UNDP) ले पनि मद्दत गरेको छ ।
दक्षिण–दक्षिणको सहयोग राम्रो हुन्छ, यसको निर्माणमा ४० लाख डलर अर्थात् १६ करोड ८० लाख रूपैयाँ (सरकारी भाउ) मा तयार भएको हो ।
त्यस केन्द्रको मुख्य कोठा (Key Room), तथ्याङ्क सङ्कलन, डिजाइन, स्वराङ्कण, उपचारसम्बन्धी अनेक विभाग हे¥यौ ।
म, बङ्गलादेशको जातीय पार्टीका नेता र केदार सुवेदी थियौँ ।
अपराह्न ३ बजे युवा सांस्कृतिक केन्द्रमा गयौँ, त्यहाँ नाचगानको कार्यक्रम थियो । पेरुबाट आउनुभएका एक महिला गायिकाले प्रस्तुत गर्नुभएको गीत सा¥है राम्रो थियो– ‘रातमा तिमी सुतेनौ बाहिर अझैँ ध्यारो छ …।’
नाच, गीत र मन्तव्यको क्रम धेरै बेरसम्म चलिरह्यो ।
प्योङयाङ घोषणापत्र
प्योङयाङ घोषणा र अन्य विषयमा छलफल गर्न नेपालबाट गएका कम्युनिस्ट पार्टीहरूको छलफल दिउँसो १ बजे का. तुल्सीलालको कोठामा भयो ।
साँझ ६ः३० बजे प्रजग कोरियाका प्रधानमन्त्री योन ह्योक मुकले सबै पाहुनाहरूलाई दिनुभएको भोजमा गयौँ । मोन योङ भवन– लुकाइएको धन– जस्तै सुन्दर छ । त्यहाँ का. किम जोङ इलको निर्देशनमा बनाइएको सांस्कृतिक टोलीहरूको नाचगान हे¥याँै । उत्कृष्ट छ, छोटोमा सर्वोच्च शिखरमा छ । मौसम (ऋतु) हरूको गीत र नाच, मञ्च सजावट सा¥है राम्रो छ ।
कार्यक्रमको समय भइसकेको थिएन । हामी लहरै बसेर कुराकानी गर्दै थियौँ । ६ बजिसकेको थियो । हामी भित्र पस्दा घाम अस्ताइसकेको थियो । त्यो लामो बैठकको एउटा भित्ताको झ्यालबाट घाम अस्ताउन लागेको बेलाको सुनौलो घाम छरिएको बगैँचा देखियो । दृश्य हो कि चित्र हो कि भन्ने भ्रम परेर का. तुल्सीलालजीसँग सोधे– घाम त अस्ताइसकेको हुनुपर्छ, त्यो के हो ? उहाँले भन्नुभयो– बगैंचामा घाम होला, यस्तै देखिन्छ । घडी हेरँे, शङ्का लागेर उठेर हेर्न गएँ– न त्यो झ्याल हो, न त्यहाँ बगँैचा थियो । त्यो त साँच्चै एउटा सुन्दर चित्र थियो । कोरियाली चित्रको एक नमुना !
त्यहाँ प्रधानमन्त्री योन ह्योक मुकले दिनुभएको भाषण सा¥है व्यवस्थित र विनम्र खालको थियो । उहाँसँग मेरो दुईचोटि कुराकानी भयो । त्यस्तै पार्टी सेक्रेटरीसँग पनि एक पटक कुराकानी गरेँ ।
प्रधानमन्त्री र पार्टी सेक्रेटरीले पार्टी नेताहरूसँग अलग्ग अलग्ग भेट्नुभएको थियो । राती १० बजे त्यहाँबाट फक्र्याैँ ।
अतिथि सदनमा फर्केपछि कोरियाली कामरेडहरूसँग पनि कुराकानी भयो । सारमा मैले भनेँ– का. किम इल सङविना क्रान्ति र मुक्ति सम्भव थिएन र समाजवाद र निर्माण पनि सम्भव थिएन । यसकारण कोरियाली जनताले का. किम इल सङलाई यत्तिको आदर र सम्मान गर्छन् । का. किम जोङ इल पनि त्यतिकै प्रतिभावान हुनुहुन्छ ।
प्रधानमन्त्री योन ह्योक मुकले एक प्रश्नको उत्तरमा भन्नुभएको थियो– “कार्यालय, भोज र कक्षामा समेत एकजना प्रमुख र ‘मनिटर’ हुनुपर्छ भने देशमा एकजना नेता हुनैपर्छ र हुन्छ ।”
कोरियाली फिलिम स्टुडियो (५ वैशाख २०४९/17 Apr. 1992)
कोरियाली फिलिम स्टुडियोमा मेरो दोश्रो भ्रमण थियो । स्टुडियोकी महिला निर्देशिकाले परिचय दिइन् सन् १९४६ सम्म उत्तर कोरियाको आफ्नो चलचित्र बनाउने फिलिम स्टुडियो थिएन । सन् १९४७ मा आफ्नै फिलिम स्टुडियो बनाउन का. किम इल सङले निर्देशन दिनु हुँदा यहाँ २ वटा घर मात्रै थियो । मुक्तिभन्दा पहिले यो ठाउँमा जापानीहरूले स्थापना गरेको एउटा मोजा कारखाना मात्रै थियो । सन् १९४७ देखि १९८२ सम्ममा का. किम इल सङले यस स्टुडियोमा २८७० पटक निरीक्षण गर्नुभयो र छायाङ्कन स्थलमा ५०७ पटक निर्देशन दिनुभएको थियो ।
Leave a Reply