भर्खरै :

स्टुआर्ट वंश र बेलायती प्रजातान्त्रिक क्रान्ति

स्टुआर्ट वंश र बेलायती प्रजातान्त्रिक क्रान्ति

एलिजाबेथको मृत्युपछि मेरीको छोरो जेम्स–छैटौँले स्कटल्यान्डमा राज्य गथ्र्यो, बेलायतको राजगद्दीमा बस्दा उसलाई जेम्स प्रथम भनियो । जेम्सलाई आफ्नो राज्य–पदको सा¥है घमण्ड थियो र ऊ राजाको दैवी सिद्धान्तमा विश्वास गथ्र्यो । ऊ सा¥है आत्म–प्रशंसक र घमण्डी थियो र मानिसहरू उसलाई ‘युरोपको बुद्धिमान मूर्ख’ भन्थे । रूपको दृष्टिले ऊ सा¥है कुरूप र साहसको हिसाबले सा¥है काँतर थियो । त्यसकारण, उसलाई ‘सन्की जेम्स’ भनिन्थ्यो ।
‘ईश्वरले के गर्न सक्छ र के गर्न सक्दैन भन्ने छलफल गर्ने नास्तिक हुन्छ । त्यस्तै राजाको शक्तिमाथि आपत्ति गर्ने व्यक्ति पनि नास्तिक हो’ भन्ने उसको विश्वास थियो । त्यस विश्वासअनुसार राजा सबै ऐन कानुन र संसद्भन्दा माथि थियो र उसको इच्छाअनुसार ऐन कानुन बनाउन र संशोधन गर्न सक्दथ्यो । त्यसबेला मानिसहरूमा राजा एक चमत्कार हो र उसले जे पनि गर्न सक्छ भन्ने अन्धविश्वास थियो र राजाले छोएपछि कण्ठ मालाको रोग वा गलगाँडको रोग निको हुन्छ भन्ने अन्धविश्वास थियो । त्यही विश्वासअनुसार जेम्सको छोरो चाल्र्सले एक लाख मानिसहरूलाई छोएको थियो । यसरी साधारण जनतामा ‘राजाको दैवी अधिकारको’ विश्वास गर्न मनग्य काम गथ्र्याे ।
जेम्स गद्दीमा बसेको दोस्रो वर्षमै संसद्लाई राजाभन्दा तल देखाउन प्रतिनिधिसभालाई बारुदले उडाउने एक षड्यन्त्र गरिएको थियो । तर, त्यो षड्यन्त्र एक पत्रमार्फत उदाङ्गियो र त्यसको नेता गुएकाकेस भन्ने व्यक्ति पक्राउ प¥यो र सबै षड्यन्त्रकारीहरूलाई उचित सजाय गरियो । संसद् भवनको तल केही बारुदका बोराहरू राखिएका थिए । तर, बारुदमा आगो लाग्नुभन्दा पहिले नै पक्राउ परे । राजा र संसद्को अधिकारको विवाद जीवनको एउटा अङ्ग बन्दै गयो । एकचोटि संसद् सदस्यहरूको १२ जनाको एक प्रतिनिधिमण्डल दरबारमा पुग्दा जेम्सले त्यहाँ काम गर्ने कर्मचारीहरूलाई व्यङ्ग्य गर्दै भन्यो, यी १२ जना राजालाई मेचहरू ल्याइदेऊ ।
राजाको त्यस व्यङ्ग्यात्मक भनाइले नै राजा र संसद्को विवादको तिक्तताको गहिराइ थाहा हुन्छ । राजाले आफूखुसी अनेक आज्ञाहरू निकाल्यो र तुरुन्तै त्यसलाई ऐन–कानुनसरह लागू गर्न र सजाय गर्न आदेश दियो । संसद् सदस्यहरू राजाको त्यस्ता आदेश राजाको अधिकारबाहिर सम्झन्थे ।
राजाले न्यायाधीशहरूलाई पनि दबाब दिएर बन्दरगाह राजाको निजी ढोकासरह हो र त्यसलाई खोल्ने र बन्द गर्ने र त्यसमाथि शुल्क वा कर लगाउनु राजाको अधिकार हो भनी निर्णय गरायो ।
संसद् सदस्यहरू संसद्मा बिना कुनै दण्ड–सजाय र आरोप लाग्ने भयमुक्त भएर बोल्ने र वादविवाद गर्न स्वतन्त्र होऊन्

नेता ओलिभर क्रामवेल

भन्ने चाहन्थे । तर, राजा जेम्स संसद्लाई त्यो बोल्ने स्वतन्त्रता दिन चाहन्नथ्यो र उल्टै संसद्को बाँकी अधिकार पनि खोस्ने धम्की दियो ।
राजाको त्यस्तो स्वेच्छाचारी प्रवृत्तिबाट वाक्क भएर संसद्ले सन् १६२१ मा राजाको त्यस्ता गतिविधिको विरोधमा एक प्रस्ताव पारित ग¥यो । त्यस प्रस्तावमा सबै अधिकार संसद्को हो भन्ने कुरा संसद्को प्राचीन र जन्मसिद्ध अधिकार हो र राजा र चर्चको सबै विषयमा संसद्ले छलफल गर्न सक्छ भन्ने उल्लेख थियो ।
राजा त्यस प्रस्तावबारे सुनेर सा¥है रिसायो र आफ्नै हातले त्यस प्रस्तावलाई च्यातेर फाल्यो तथा रिसको झोकमा उसले संसद् भङ्ग ग¥यो । साथसाथै केही संसद् सदस्यहरू पक्राउ परे र झ्यालखानामा कोचिए । त्यस घटनाले राजा र संसद्को बिचको सङ्घर्षको निम्ति बाटो खोल्यो ।
चाल्र्स– प्रथम गद्दीमा
सन् १६२५ मा जेम्सको छोरो चाल्र्स गद्दीमा बस्यो । ऊ पनि आफ्नो बाबुजस्तै राजाको दैवी सिद्धान्तलाई मान्थ्यो र संसद्सँग निहुँ खोज्दै गयो ।
चाल्र्सले दुईपटक संसद् बोलायो र भङ्ग ग¥यो । राजा र संसद्बिचमा झगडा लगाउने व्यक्ति प्रधानमन्त्री बकिङ्घम थियो । त्यसकारण, संसद् उसमाथि मुद्दा चलाउन चाहन्थ्यो । तर, राजा ऊसँग खुसी थियो र उसको कुरा सुनेर उल्टै संसद् भङ्ग ग¥यो ।
बिनासंसद् राजाले मन बटुल्ने कोसिस ग¥यो, तर त्यसमा ऊ सफल भएन । यसकारण, ऊ फेरि संसद् बोलाउन बाध्य भयो ।
संसद्ले राजा चाल्र्सको मनसाय र बाध्यता बुझेर एक शर्तमा राजालाई पैसा दिन स्वीकार ग¥यो । क्षमापत्र वा प्रार्थनापत्रमा संसद्लाई केही अधिकारहरू दिन उसले स्वीकार ग¥यो । संसद्को स्वीकृतिबिना राजाले कर वा ऋण उठाउन पाउँदैन, कारण नबताई कसैलाई थुन्न पाउँदैन, कसैको घरमा सैनिक राख्न पाउँदैन र अदालतबिना कसैलाई सैनिक अदालतमा मुद्दा चलाउन पाउँदैन ।
सन् १६२८ मा चाल्र्सले आफ्नो इच्छाविरुद्ध त्यस ‘प्रार्थनापत्र’ मा हस्ताक्षर गरेको थियो तर त्यसअनुसार व्यवहार गर्ने उसको कुनै मनसाय थिएन र राजाले आफूखुसी कर र ऋणहरू उठाउँदै गयो । राजालाई उल्काउने प्रधानमन्त्री बकिङ्घम म¥यो । तर, उसको ठाउँमा राजालाई भड्काउने काम स्ट्राफोर्डका अर्ल थोमस वेन्टओर्थ
(Thomas Wentworth-Earl of Strafford) थियो । राज्यको मामलाको सबै काम राजाले थोमस वेन्टओर्थलाई दिन चाहन्थ्यो र धर्मको सबै कामको जिम्मा विषप लर्डलाई दिन चाहन्थ्यो ।
पुराना कागजपत्रअनुसार चाल्र्सले बन्दरगाहमा कर लगाउन सुरु ग¥यो । जान हेम्डेन भन्ने एक व्यक्तिले राजालाई कर तिर्न अस्वीकार ग¥यो । १२ जना न्यायाधीश भएको एक अदालतमा जान हेम्डेनलाई अभियोग लगाइयो र राजाको पक्षमा निर्णय दिइयो ।
जनताले न्यायाधीशहरूलाई तर्साएर त्यस्तो निर्णय दिन लगाएको बुझे । राजाको त्यस अनुचित कार्यको विरोधमा बेलायतीहरू राजद्रोहको निम्ति तयारी गर्न लागे ।
राजाले स्कल्यान्डको चर्च वा गिर्जाघरहरूमा पनि बेलायती प्रार्थना पुस्तक पढ्नुपर्ने एक ऐन बनायो । स्कटल्यान्डका जनता धार्मिक स्वतन्त्रताको पक्षमा थिए र हस्तक्षेपको विरोधमा गए । त्यहाँका सबै तहका जनता अर्थात् सामन्तहरू र सरदारहरूदेखि खेतीवालहरूसमेतले बेलायती धर्म पुस्तक नपढ्ने दृढता देखाए । त्यस विद्रोहलाई दबाउन थप सेना चाहिन्थ्यो । थप सेनाको निम्ति थप पैसा चाहिन्थ्यो ।
थप सेनाको निम्ति धन जम्मा गर्न राजा चाल्र्सले सन् १६४० मा संसद् बोलायो । यो संसद् १२ वर्षसम्म रह्यो । त्यसकारण, त्यस संसद्लाई ‘लामो संसद्’ भनियो ।
राजाले आफ्नो स्वेच्छाचारी शासन चलाउन ‘कौँसिल अफ दि नर्थ’, ‘स्टार चेम्बर’ र ‘हाई कमिसन कोर्ट’ जस्ता अस्थायी अदालतलाई आफ्नो स्वार्थअनुसार काम गराउन स्थायी अदालतको रूप दियो ।
संसद्ले ‘कौँसिल अफ दि नर्थ’, ‘स्टार चेम्बर’ र ‘हाई कमिसन कोर्ट’ लाई भङ्ग ग¥यो र राजाको इच्छाले संसद्लाई विघटन गर्न सक्दैन भन्ने ऐन बनायो । जहाज करलाई अनुचित ठह¥याई हेम्डेनको पुरानो निर्णयलाई पनि उल्टाइदियो ।
राजा र संसद्बिचमा चर्काचर्की भइरहेको बेला आयरल्यान्डले विद्रोह गरेको थियो । जेम्स प्रथमले आयरल्यान्डको अल्स्टर प्रदेशमा बेलायतीहरू र स्कटहरूको बस्ती बसालेको थियो । आयरल्यान्डमा सन् १६४१ मा फेरि विद्रोह भयो र अल्स्टरमा धेरै बेलायती र स्कटहरू मारिए ।
संसद्का सदस्यहरूले त्यस घटनालाई ‘महाविद्रोह’ भनी लेख प्रकाशित गरे । राजाले हेम्डेन र पिमजस्ता पाँचजना सांसदहरूलाई राजद्रोहको अपराधमा पक्राउ गर्न खोज्यो । राजा आफै सेना लिएर संसद् भवन जाँदा ती पाँचजना सांसदहरू त्यहाँबाट हिँडिसकेका थिए । संसद्ले राजाको त्यस पाइलालाई संसद्को अपमान सम्झ्यो ।
राजधानी लण्डनका सारा जनता आगो भए । ती पाँचजना सांसदहरू हजारौँ जनतासँगै संसद्मा पुगे । त्यो दृश्यले राजा तस्र्यो र आफूलाई राजधानीमा एक्लो अनुभव ग¥यो । यसकारण, १० जनवरी १६४२ को दिन राजा चाल्र्स यार्क भन्ने ठाउँमा भाग्यो ।
संसद् गृहयुद्ध सुरु
चर्चको प्रार्थना, सेना र राजाका छोरा–छोरीको शिक्षा र विवाहमा संसद्को अधिकार चाहन्थ्यो । चाल्र्सले संसद्को प्रस्तावलाई अस्वीकार ग¥यो र नाटिङघममा आफ्नो केन्द्र बनायो । अब बेलायत दुई शिविरमा विभाजित भयो ।
राजाको पक्षमा सामन्त, सरदार र धर्माधिकारी पादरीहरू थिए । तिनीहरूलाई ‘राजावादी’ भनिए ।
अर्को पक्षमा संसद् थियो । संसद्को पक्षमा गाउँका कृषक र किसानहरू थिए । तिनीहरूले धार्मिक भावनाको कारण कपाल खौरेका थिए । त्यसकारण, तिनीहरूलाई ‘खाली कपाल’ भन्थे । तिनीहरू रक्सी पिउने वा अन्य अनुचित काम गर्दैनथे । आक्रमण गर्ने बेलामा तिनीहरू बाइबलको गीत गाउँथे र तिनीहरूले हार पनि खाएका थिएनन् ।
‘खाली कपाल’ को सेनाको एक अफिसरको नाम थियो ‘ओलिभर क्रामवेल’ । उनी एक सांसद थिए र संसद्को सेनाको एक घोडचढी सेनाको कर्नेल । उनको सेनामा संसद्का अन्य सिपाहीहरू पनि थिए । तर, तिनीहरू अनुशासित र राम्रो सङ्गठित थिएनन् । तिनीहरूले समयमा तलब पनि पाउँदैनथे, यसकारण अफिसरको आज्ञा पालन, देशभक्ति र कुनै धर्म र नैतिकता थिएन । सांसदहरू स्वयं सैनिक अफिसरहरू थिए तर सेनाको निम्ति योग्य थिएनन् । यसकारण, सांसदहरूले पद त्यागे तथा २१ हजार नयाँ सेना भर्ना गरिए । फेयरफेम्स सेना नायक भए र क्रामवेल उपसेना नियुक्त भए ।
संसदीय सेनाका अधिकारीहरूमा धर्मप्रति पवित्र भावना थियो अर्थात् तिनीहरू ‘प्युरिटन’ थिए । लडाइँबाट छुट्कारा पाउनासाथै तिनीहरू बाइबल पढ्थे । यसको अर्थ तिनीहरू धार्मिक भावना र जोशमा लड्थे ।
संसद्को सेनाले राजालाई नेजवीको लडाइँमा पराजित ग¥यो । राजा चाल्र्स प्रथम लडाइँको मैदानबाट भागेर स्कटल्यान्ड गयो र तिनीहरूको सहायता माग्यो । स्कट्ल्यान्डीहरू राजालाई धार्मिक मामलाको केही शर्तमा हस्ताक्षर गराउन चाहन्थे । राजाले ती शर्तहरू मान्न अस्वीकार गरे । यसकारण, तिनीहरूले राजालाई संसद्मा बुझाए ।
केही सांसदहरू राजालाई बेलायती संविधान र ऐन–कानुनअनुसार राज्य गर्न मानेमा फेरि गद्दीमा राख्न चाहन्थे । तर, क्रामवेल र उनका सैनिक साथीहरूले राजालाई पुनः ग

राजा जेम्स द्वितीय

द्दीमा ल्याउन चाहने सांसदहरूलाई नै संसद्बाट निकाल्ने निश्चय गरे ।
प्राइड नाउँका क्रामवेलको पक्षको सैनिक एक अधिकारी संसद्को ढोकामा खटियो । राजालाई गद्दीमा फेरि ल्याउन खोज्ने सांसदहरूलाई संसद् भवनमा प्रवेश गर्न दिइएन । सेनाले खाली ५० सदस्यमात्रै भित्र पस्न दियो । चाल्र्समाथि मुद्दा चलाउन तत्काल १ सय ३५ जनाको एक अदालत गठन गरियो ।
राजा चाल्र्सले कुनै भौतिक शक्ति उसलाई न्याय गर्न सक्दैन भनी अदालतलाई मान्न अस्वीकार ग¥यो । अदालत चालू रह्यो र अदालतले उसलाई एक हप्ताभित्र अत्याचारी, हत्यारा र देशद्रोहीको आरोप लगायो ।
राजालाई ज्यान सजाय
अदालतले राजालाई ज्यान सजाय दियो । ज्यान सजाय दिने ठाउँमा चाल्र्सले भन्यो– “म मानिसहरू सबै प्रकारको स्वतन्त्रताको पक्षमा छन् तर यो स्वतन्त्रता खाली सरकारबाट मात्रै प्राप्त हुनेछ भन्ने म सम्झन्छु । मानिसहरूको निम्ति राम्रो शासन व्यवस्था हुनुपर्दछ । त्यसमाथि हस्तक्षेप गरेर कुनै अर्थ निस्कन्न ।”
राजाको टाउकोलाई गेङसाले काटिसकेपछि त्यस टाउकोलाई हातमा उठाएर भने, “यो देशद्रोहीको टाउको हो ।” जनतामा नयाँ जोश थियो । यसकारण, संसद्ले राजालाई देशको एउटा भार तथा स्वतन्त्रताको बाटोमा एउटा बाधकमात्र हो भनी राजा र राष्ट्रियसभा (हाउस अफ लर्ड) को ठाउँमा एउटैमात्र सदन राष्ट्रमण्डल ‘कमन वेल्थ’ बनाइयो । त्यस ‘कमन वेल्थ’ वा संसद्ले कार्यकारिणी कार्यको निम्ति ४१ जनाको एक स्टेरकाउन्सिल अर्थात् ‘राज्य परिषद्’ बनायो ।
युरोपमा भुइँचालो
बेलायतमा राजालाई ज्यान सजाय दिएर राजतन्त्रलाई फालेपछि युरोपका सबै राजा काट्न थालिए । रुस, फ्रान्स र हल्यान्डले त्यसको विरोध गरे । स्कटल्यान्डले चाल्र्सको छोरो चाल्र्स दोस्रोलाई राजा मान्यो । बेलायत र आयरल्यान्डको एउटा राजनैतिक दलले राजाको पक्ष लियो ।
क्रामवेलका अत्याचारहरू
सन् १६४९ मा क्रामवेल आफै सेना लिएर आयरल्यान्डमा धावा बोल्यो र डराचेडा किल्लामा ३००० सिपाहीहरूलाई हत्या ग¥यो । गिर्जा घरमा शरण लिएका १००० साधारण जनतालाई पनि क्रामवेलले हत्या गरे । अन्य धेरै किल्लालाई पनि कब्जा गरे तथा निर्दयतापूर्वक हत्याहरू गरे । अन्य बाँकी भएका जनतालाई जहाजमा राखेर बारवाडोस भन्ने ठाउँमा पठाइए ।
आयरल्यान्डका राम्रा राम्रा जग्गामा त्यहाँका जनताबाट खोसेर बेलायती र स्कटल्यान्डका प्रेसविररियालीहरूको बस्ती बसाल्न दिए । त्यसबेलादेखि आयरल्यान्डका जनताले बेलायतीहरूलाई सा¥है घृणा गर्दै आएका छन् । यसलाई इतिहासमा क्रामवेलको कालो दाग भनेर स्मरण गरिन्छ ।
क्रामवेलको स्कटल्यान्डमा धावा
सन् १६५० मा क्रामवेलले स्कटल्यान्डमाथि धावा बोल्यो । क्रामवेलको प्युरिटन सेनाले डनबार भन्ने ठाउँको रणभूमिमा स्कटेली सेनालाई नराम्रोसँग हराए तथा १० हजार मानिसलाई बन्दी बनाए ।
सन् १६५१ मा क्रामवेलले अर्को विजय पाए तथा सम्पूर्ण स्कटल्यान्डमाथि आफ्नो आधिपत्य जमाए । क्रामवेलको त्यस विजयले स्कटल्यान्डमा ठुलो डर त्रास फैलियो र चाल्र्स त्यहाँबाट नारमण्डी भागे ।
क्रामवेलको परराष्ट्र नीति
ब्रिटिश द्वीपहरूमा क्रामवेलको अधिकारलाई स्वीकारेपछि क्रामवेलले हल्यान्डसँग व्यापार बढाउन खोजे । तर, हल्यान्ड वा डचहरूले बेलायती शर्तहरूलाई मानेनन् । यसकारण, बेलायती संसद्ले एक जल यातायात (नेभिगेसन एक्ट) ऐन पारित ग¥यो । त्यस ऐनअनुसार बेलायती जहाजहरूले बेलायतमा उत्पादित सामानमात्रै ढुवानी गर्न पाउनेछन् ।
यसको अर्थ हो त्यसबेला बेलायती जहाजहरूलाई हल्यान्ड वा डच व्यापारीहरूले प्रयोग गर्थे र टाढा–टाढाबाट बेलायतमा सामान ल्याउँथे । त्यस नयाँ पानीजहाजको ऐनले हल्यान्डको जहाज र व्यापारलाई बेलायतमा बन्द गर्नु थियो । यसकारण, हल्यान्ड र बेलायतबिचमा लडाइँ भयो ।
त्यो युद्ध ३ वर्ष चल्यो । अन्तमा दुई देशबिच सम्झौता भयो ।
त्यस युद्धले सफलता पाए पनि सन् १६४९ देखि १६५३ सम्म बेलायती सेनाको अगुवाइ गर्ने सर हेनरीवेलले जलसेनाको शक्तिमा वृद्धि ग¥यो । त्यसले संसद्को सेना तुलनात्मकरूपले सानो र कमजोर बन्यो । त्यस स्थितिमा संसद् र सत्ताबिचमा शक्ति प्रतिस्पर्धा देखाप¥यो ।
क्रामवेलले भएको संसद्लाई भङ्ग गरेर नयाँ संसद् बनाउन चाहे । संसद्ले त्यसो गर्न अस्वीकार ग¥यो । स्थिति आफ्नो हातबाट बाहिर जाने देखेर क्रामवेल आफै सेना लिएर संसद्मा पुगे ।
एकछिन संसद्को छलफल सुनिसकेपछि क्रामवेलले भने, “अब तपाईँहरू आफ्नो कुरा यही बन्द गरौँ । ईश्वरको निम्ति यो संसद् यही भङ्ग हुन्छ । एकै छिनमा त्यहाँ क्रामवेलको सेनाले प्रवेश ग¥यो, खैलाबैला भयो र संसद् भवन खाली ग¥यो र सेनाले त्यसमा ताला लगायो । यो संसद् १६४० देखि १६५३ सम्म रह्यो । १२ वर्षसम्म त्यस संसद्ले काम ग¥यो । यसकारण, त्यस संसद्लाई ‘लामो संसद्’ (Long Parliament) भन्ने गरिन्छ ।”
क्रामवेलले संसद् भङ्ग गरेपछि छिट्टै १ सय ५६ सदस्य भएको नयाँ संसद् बोलाए । त्यसमा धार्मिक र अनेक सम्प्रदायका मानिसहरू सामेल थिए । ५ महिनाभित्र नयाँ विधान तयार गरियो । त्यस विधानअनुसार शासन एक संसद् र एक राजपरिषद् (State Council) को हातमा सुम्प्यो । परिषद्को सभापतिलाई सबै कार्यकारी अधिकार दिइयो र उसलाई बेलायत, स्कटल्यान्ड र आयरल्यान्डको ‘संरक्षक’ (एचयअतयच) भनियो ।
साभार : लर्काे बुलेटिन, ६
क्रमशः

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *