यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, २३ पुस । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को ३० औँ स्थापना दिवसको उपलक्ष्यमा ऋण उपसमितिको आयोजनामा निःशुल्क आयकरसम्बन्धी अभिमुखीकरण कार्यक्रम संस्थाको तालिम हल, खँचामा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले संस्थाले बचत तथा ऋण सेवामा मात्र सीमित नरही विभिन्न सीपमूलक तथा क्षमता अभिवृद्धि हुने तालिमहरू पनि सञ्चालन गर्दै आएको बताउनुभयो ।
कार्यक्रमका सहजकर्ता गणेशप्रसाद दुवालले सर्वसाधारण तथा व्यापारीहरूमा करसम्बन्धी जानकारी नहुनाले अप्ठेरो रहिरहेको बताउनुभयो । उहाँले कर करले होइन रहरले तिर्नुपर्ने भन्नुभयो । उहाँले कर नतिरी आयआर्जन गरेको पैसा सबै कालो धन हुने जानकारी दिनुभयो । सहभागीहरूलाई D1, D2, D3 सम्बन्धी आधारभूत जानकारी दिनुका साथै कसरी कर गणना गर्ने भन्नेबारे अभ्यास पनि गराउनुभयो ।
कार्यक्रमका सभापति एवं संस्थाका सञ्चालक सदस्य रामचन्द्र दुमरुले करसम्बन्धी ज्ञान नभएर व्यवसायीहरूले विभिन्न समस्याहरू भोगिरहेको बताउनुभयो । उहाँले जनताले विरोध गर्दा गर्दै एमसीसी गरेर सरकारले देशघाती काम गरेको बताउनुभयो ।
कार्यक्रममा उपसमितिका सचिव प्रकाश खाइजु तथा व्यवस्थापक शिला गोसाईले पनि बोल्नुभएको थियो ।
Leave a Reply