नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
ताइवान टापुमा क्षेत्रीय नेताको निर्वाचन नजिकिँदै जाँदा मुख्त्ूमि चीनसित पुनर्मिलनको विषयलाई दुवै पक्षले अनिवार्यरूपमा राजनीतिक निषेधको रूपमा व्यवहार गरेको छ । पृथकतावादी समर्थक प्रजातान्त्रिक प्रगतिशील पार्टी (पीपीपी) ले स्वतन्त्रताको एजेन्डालाई निरन्तरता दिँदै आएको छ । यो टापुले विदेशी शक्तिहरूको समर्थनको आडमा चल्न सक्छ र चिनियाँ मुख्य भूमिलाई सफलतापूर्वक बेवास्ता गर्न सकिन्छ भन्ने विश्वास गर्दै चीनबाट पृथकतालाई अनौपचारिक वास्तविकता बनाएको छ । मुख्त्ूमि चीनसित ताइवानको स्वतन्त्रतालाई रोक्ने उपाय छैन वा पश्चिमा शक्ति मिलेर चिनियाँ मुख्य भूमिलाई असफल बनाउन पर्याप्त छ भन्ने भ्रामक धारणामा उनीहरू अडिग छन् ।
संरा अमेरिकाले बेलाबेलामा जति कडा बयानबाजी गर्ने सक्छ । तर, उसित पुनर्मिलन रोक्ने दीर्घकालीन राजनीतिक इच्छाशक्ति र शक्ति छ भन्ने अनुमान गर्ने कुनै आधार छैन । युक्रेन र मध्यपूर्वमा भएका हालका घटनाहरूले यो विश्वव्यापीरूपमा विनाशकारी युद्धमा लगानी गर्न इच्छुक नभएको सुझाव दिन्छ । तसर्थ, ताइवानले अन्तिम पुनर्मिलनलाई वास्तविकताको रूपमा स्वीकार गर्नुपर्छ । यसले मुख्त्ूमिको पिंधरेखा (बटम लाइन) को विरुद्धमा धकेल्ने र आफ्नो सङ्कल्प परीक्षण गर्नुको सट्टा शान्तिपूर्ण सर्तहरू खोज्ने प्रयास गर्नुपर्छ ।
युक्रेनको युद्धले संरा अमेरिकामा घरेलु राजनीतिक चक्रले टाढाबाट सञ्चालन गरेको खण्डमा कुनै खास द्वन्द्वका लागि दीर्घकालीन लगानी र सार्वजनिक समर्थनलाई टिकाउन कसरी असम्भव बनाउँछ भन्ने कुरा खुलासा गरेको छ । निस्सन्देह, अमेरिकासँग प्रचुर सैन्य स्रोत र शत्रुका लागि द्वन्द्व महँगो बनाउन सक्ने क्षमता भए तापनि अमेरिकासँगको कुनै पनि मुठभेड, चाहे त्यो प्रत्यक्ष वा अप्रत्यक्ष होस्, यदि अर्को पक्षले अमेरिकी राजनीतिज्ञहरूको राजनीतिक इच्छाशक्तिलाई घरेलु दबाबको बिचमा मात्र बाहिर राख्छ भने जित्न सकिन्छ । भियतनाममा मात्र नभई अफगानिस्तानमा पनि यो अवस्था थियो र युक्रेनमा पनि बढ्दो छ ।
युक्रेनको मामिलामा अमेरिकाले किभलाई प्रोक्सी (छद्म) को रूपमा समर्थन गर्दै युक्रेनले रुसमाथि युद्ध जित्न आवश्यक पर्ने स्रोत र लगानी दिन नसकेको र गठबन्धनमा रहेका युरोपेली देशहरू पनि त्यसको विरुद्धमा राजनीतिक माहोल बढ्दै गएको छ । यस्तो अवस्थामा चीनको मुख्त्ूमि ताइवानसँगको पुनर्मिलन रोक्न संरा अमेरिका (र उसका सहयोगीहरू) कत्तिको अगाडि जान तयार छ ? विश्वव्यापी अर्थतन्त्रको प्रभावलाई ध्यानमा राख्दै, यसलाई रोक्नको लागि के मूल्य तिर्न तयार छ ? त्यसैगरी, हामीले यो पनि सोध्नुपर्छ कि ताइवानसँग पुनर्मिलन खोज्नको लागि मुख्त्ूमि चीन कत्तिको राजनीतिक दबाब लगाउन तयार छ र यसले कसरी यसको रातो रेखापार गर्दैछ ?
यस मामिलामा संरा अमेरिकाले ताइवान जलडमरूमा सबैभन्दा नराम्रो अवस्थाको सबै नतिजाहरू भोग्न तयार हुनेछ, जुन युक्रेनको भन्दा व्यापक हुनेछ भनी अनुमान गर्ने केही कारण छन् । यो पनि भन्न सकिन्छ कि वाशिङ्टनले लाल सागरमा जहाजमा आक्रमणलाई लिएर यमनमा हुथीहरूको सामना गर्न गठबन्धन पनि जुटाउन सकेन । निस्सन्देह, यसको मतलब यो होइन कि चीनले टापुमा ‘सबैभन्दा नराम्रो अवस्था’ नतिजा खोजिरहेको छ वा यसले लापरवाहीपूर्ण व्यवहार गरिरहेको छ । यसको विपरीत बरु मुख्त्ूमि चीनले शान्तिपूर्ण पुनर्मिलन सुरक्षित गर्न प्राथमिकता दिई जोड दिइरहेको छ । त्यसो भए पनि पश्चिमाहरूले आफ्नो बयानबाजीमा यो प्रयास अस्वीकार्य छ भनेर स्पष्ट गरेको देखिन्छ । तिनीहरू कुनै पनि प्रकारको पुनर्मिलन चाहँदैनन् र यो बयानबाजीले ताइवानका अधिकारीहरूलाई स्वतन्त्रतातर्फ कदम चाल्न प्रोत्साहित गरिरहेको छ ।
तर, फेरि प्रश्न उठ्छ के तिनीहरू बयानबाजी र प्रतीकात्मक इशाराहरूभन्दा बाहिर आफ्ना वाचाहरू पूरा गर्न तयार छन् ? यो ‘जति लामो समयसम्म हामी सक्छौँ’ नबन्दासम्म ‘युक्रेनले जति समय लिन्छ’ सँग उभिनेबारे थियो । यस अवस्थामा, ताइवानका अधिकारीहरू र चुनावको आकाङ्क्षीहरूले स्वीकार गर्नुपर्छ कि स्वतन्त्रताको मार्ग जोखिम, खतरा, अनिश्चितता र विपत्तिले भरिएको अन्तिम अन्त हो जुन अन्ततः त्यस टापु र यसका जनताको सर्वोत्तम हितको लागि हानिकारक हुनेछ ।
यस विषयमा चीनको राजनैतिक इच्छाशक्ति र सङ्कल्प पूर्ण छ र पुनर्मिलनको वास्तविकतालाई साकार पार्न र आवश्यक परे पश्चिमलाई जुनसुकै माध्यमबाट पन्छाउनका लागि सक्दो गर्न तयार छ । ताइवानका जनताले पश्चिमा राजनीतिज्ञहरूको झूटा प्रतिज्ञाहरूमा विश्वास गर्न हुँदैन जसले तिनीहरूलाई वास्तविकताबाट टाढा लैजानेछ । तिनीहरूलाई अन्त्यमा समर्थन गर्ने वाचा गर्नेछ र अन्ततः तिनीहरूलाई त्याग्नेछ । पश्चिमको स्थिति डगमगाउन सक्छ, तर मुख्त्ूमि चीनको सङ्कल्प डगमगाउने छैन ।
(लेखक राजनीतिक तथा ऐतिहासिक सम्बन्धका विश्लेषक हुनुहुन्छ ।)
– ग्लोबल टाइम्सबाट
अनुवाद : प्रकाश
Leave a Reply