नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
संसारभरका मानिसहरूले नयाँ वर्षको सुरुवात गर्ने तयारी गरिरहेको बेला दुष्ट दिमागका योजनाकारहरूले चीनको हङकङ विशेष प्रशासनिक क्षेत्र (HKSAR) मा ‘छिद्रहरू’ छान्न म्याग्निफाइङ ग्लास (सूक्ष्मदर्शक काँच) प्रयोग गरिरहेका थिए । सन् २०२३ को अन्तिम दिन, मिडिया फ्रिडम कोलिसन (एमएफसी) को नाममा अमेरिका, बेलायत र अन्य देशका सरकारहरूले हङकङको स्वतन्त्रतामाथि चिनियाँ मुख्य भूमिको ‘जारी आक्रमण’ प्रति गहिरो चिन्ता रहेको भन्दै हङकङमा तथाकथित स्वतन्त्र स्थानीय मिडियाले एक विज्ञप्ति जारी गरे ।
एमएफसी एक आधिकारिक अन्तर्राष्ट्रिय मिडिया सङ्गठनजस्तो सुनिन्छ । वास्तवमा यो ‘परिवर्तित’ राजनीतिक क्लवभन्दा फरक छैन, जसमा केही पश्चिमी देशहरू एकअर्कासँग सहकार्य गर्छन् र उनीहरूको स्वार्थअनुकूल धारणा जारी गर्छ ।
यसपटक एमएफसीले विस्तृतरूपमा एउटा कथा बनायो कि हङकङ विशेष प्रशासनिक क्षेत्रको सरकारले स्टयन्ड न्युज (Stand News) टोली र एप्पल डेली (Apple Daily) का संस्थापक जिमी लाइलाई लामो समयसम्म अभियोगहरू चलायो, पत्रकारहरूलाई सरकारी प्रेस ब्रिफिङहरू कभर गर्नबाट रोक्यो र सार्वजनिक प्रसारण अभिलेखबाट सामग्री हटायो । यद्यपि, जहाँसम्म हामीले देख्न सक्छौँ, यो कथन केबल झूटा प्रचारको खेल हो ।
यद्यपि, उक्त कथनले ‘कठ्याङ्ग्रिदो प्रभाव,’ ‘सम्पादकीय स्वतन्त्रताको हानि’ जस्ता डरलाग्दो शब्दहरू प्रयोग गरेको भए तापनि गठबन्धनले माथि उल्लिखित प्रतिबन्ध र हटाउनेबारे विस्तृत जानकारी प्रदान गर्न सकेन ।
एमएफसी एक विशेष राजनीतिक समूहद्वारा सिर्जना गरिएको थियो । यसको प्रकृतिले हङकङ विशेष प्रशासनिक क्षेत्रमा मौखिकरूपमा आक्रमण गर्न प्रयोग गरिएको अर्को भाडामा लिइएको ठगबाहेक केही होइन । यदि एमएफसीद्वारा वकालत गरिएको प्रेस स्वतन्त्रतालाई यसको सिद्धान्तको अभेद्य र अटुट सिद्धान्त मानिन्छ भने गठबन्धनले यस ‘महान् मूल्य’ प्रति आफ्ना सदस्यहरूको मनोवृत्तिलाई पुनर्विचार गर्नुपर्छ, विशेषगरी जब तिनीहरूको इलाकामा केही अपमानजनक घटना हुन्छन् । केही पश्चिमी देशहरूको दोहोरो मापदण्ड र कपटको ‘योग्यता’ एमएफसीद्वारा विरासतमा प्राप्त भएकोे छ । जुन २०२१ मा अमेरिकी न्याय विभागले प्रतिबन्ध उल्लङ्घन गरेको आधारमा ३० भन्दा बढी इरानी मिडिया वेबसाइटहरू बन्द ग¥यो । २०२० मा संरा अमेरिकाले २० भन्दा बढी चिनियाँ पत्रकारहरूलाई निष्कासन ग¥यो र सबै चिनियाँ पत्रकारहरूको भिसालाई तीन महिनासम्म छोटो अवधिमा झा¥यो । यी सञ्चारकर्मी र पत्रकारहरूले भोग्नुपरेको अवस्थालाई एमएफसीले किन यस्तो कठोर बेवास्ता गरेको हो ?
वास्तवमा, केही पश्चिमा राजनीतिज्ञहरूका लागि प्रेस स्वतन्त्रताले मानव अधिकारको रक्षाको लागि एउटा स्पष्ट कारणको रूपमा मात्र काम गर्दैन, तर उनीहरूका तथाकथित विरोधीहरूलाई प्रतिस्पर्धाबाट हटाउने र चकित पार्ने एउटा मूल्यवान अस्त्र पनि हो । यदि कसैले उनीहरूको फोहोर मामिलामा हस्तक्षेप गर्छ भने यो धेरै सम्भव छ कि उनीहरूलाई विश्वको मोस्ट वान्टेड सूचीमा राखिनेछ र जुलियन असान्ज र एडवर्ड स्नोडेनजस्ता साहसिक पत्रकारहरूका प्रेस स्वतन्त्रतालगायतका मानवअधिकारहरूलाई बेवास्ता गरिनेछ ।
हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारका प्रवक्ताका अनुसार हाल सरकारमा २१३ स्थानीय, मुख्य भूमि र विदेशी मिडिया सङ्गठनहरू दर्ता छन्, जुन २०१८ को तुलनामा ३९ प्रतिशतले बढेको छ । जबसम्म सञ्चारकर्मीहरूले कानुनको पालना गर्छन्, तबसम्म सरकारको टिप्पणी र आलोचना गर्ने स्वतन्त्रता हुन्छ । नीति प्रतिबन्धित हुनेछैन । त्यसोभए किन यस्तो सौम्य परिस्थितिमा केही व्यक्तिहरूलाई कारबाही गरियो ?
राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने जिमी लाइका कार्यहरूले उनलाई हिरासत र अभियोगमा पु¥याएको तथ्यले प्रमाणित गर्छ । तसर्थ, जिमी लाइको मुद्दाको प्रेस स्वतन्त्रतासँग कुनै सम्बन्ध छैन । यदि एमएफसी पत्रकारहरूलाई आफ्नो चिन्ता विस्तार गर्न यति उत्सुक छ भने, २०१९ मा हङकङको दङ्गामा धम्की, कुटपिट र ग्यासोलीन बम फ्याँकेका मिडियाकर्मीहरूलाई किन अलिकति पनि ध्यान दिएनन् ? त्यसबेला, एमएफसीले हङकङ विशेष प्रशासनिक क्षेत्र र तिनीहरूलाई स्पष्टरूपमा समर्थन गर्ने जिमी लाइ, स्ट्यान्ड न्युज टोली र यस्तै अन्यहरूलाई निन्दा गर्नुपथ्र्यो ।
प्रेस स्वतन्त्रताको संरक्षणमा दोहोरो मापदण्डको कुख्यात इतिहासको साथ एमएफसीका सदस्यहरूले हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारको बारेमा गैरजिम्मेवार टिप्पणी गरे । यसको स्थितिलाई भ्रामक र मूर्ख गठबन्धन एमएफसीको रूपमा बलियो बनायो । एमएफसीका हल्ला र हङकङलाई बाधा पु¥याउने प्रयास व्यर्थ साबित हुने निश्चित छ ।
(लेखक समसामयिक विषयका टिप्पणीकार हुन् ।)
– ग्लोबल टाइम्सबाट
अनुवाद : प्रकाश
Leave a Reply