यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
काठमाडौँ, २५ पुस । वीर अस्पतालमा स्तन क्यान्सरको उपचारको लागि अत्याधुनिक उपकरण सञ्चालन गरिएको छ । स्तन क्यान्सर परीक्षण
(स्क्रिनिङ) को लागि अत्याधुनिक उपकरण ‘मेमोग्राम’ सञ्चालन गरिएको हो । अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले स्तनमा क्यान्सर रोग लाग्नुभन्दा पहिल्यै क्यान्सरका लक्षण पत्ता लगाउने विधिलाई स्क्रिनिङ भनिने जनाउँदै सरकारी अस्पतालमा पहिलो पटक अत्याधुनिक क्यान्सर स्क्रिनिङ उपकरण ‘मेमोग्राम’ सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार ४० वर्षभन्दा माथिका महिलाको स्तन क्यान्सर स्क्रिनिङ गर्नका लागि उक्त उपकरण प्रयोग गरिन्छ ।
“क्यान्सरका लक्षण देखापर्नु अघिको अवस्थामा पत्ता लगाउने विधिलाई स्क्रिनिङ भनिन्छ । यो परीक्षणको एउटा विधि हो । क्यान्सर फैलनुअगावै थाहा पाउन सकियो भने प्रभावकारी उपचार गर्न सकिन्छ”, डा. पौडेलले भन्नुभयो ।
स्तन क्यान्सरको स्क्रिनिङ गर्नको लागि रू. एक हजार पाँच सय शुल्क तोकिएको अस्पताल प्रशासनले जनाएको छ । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरूण शाहीले नेपालका महिलामा हुने क्यान्सरमध्ये स्तन क्यान्सर दोस्रो नम्बरमा रहेकोले समयमा नै स्क्रिनिङ गर्न आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार महिलामा देखिने पहिलो क्यान्सर पाठेघरको मुखको क्यान्सर हो । नेपालमा दैनिक तीन जना महिलाको स्तन क्यान्सरका कारण मृत्यु हुने गरेको डा. शाहीले जानकारी दिनुभयो । समयमा नै स्तन क्यान्सरसम्बन्धी रोग पत्ता लगाउन सके प्रभावकारी उपचारको माध्यमबाट बिरामीलाई बचाउन सकिने उहाँको भनाइ थियो ।
Leave a Reply