कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
सिन्धुपाल्चोक, २५ पुस । विश्व सर्वहारावर्गका महान् नेता जोसेफ स्तालिनको १४५ औँ जन्म दिवस र माओ त्सेतुङको १३० औँ जन्म दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टीसँग आबद्ध युवाहरूको भेला सिन्धुपाल्चोकमा भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य कृष्णबहादुर तामाङले भन्नुभयो, “मजदुर र किसानले शासन सत्ता सम्हाल्ने, कामदार जनताले सुख पाउने, शान्ति पाउने, शोषणबाट मुक्ति पाउने बन्दोबस्त गर्ने कार्य स्तालिनले गर्नुभयो । माक्र्सवादी सिद्धान्तअनुसार लेनिनको नेतृत्व र स्तालिनको सहयोगमा सन् १९१७ मा रुसमा समाजवादी क्रान्ति भयो । समाजवादी व्यवस्था पुँजीवादीभन्दा उत्तम छ भन्ने स्तालिनले देखाइदिनुभयो† कृषिमा आधारित रुसलार्ई औद्योगिक देशको रूपमा परिणत गर्नुभयो ।”
नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एनबीले भन्नुभयो, “जनवादी गणतन्त्र चीनले आज संसारका प्रायः सबै देशका जनतालाई सहयोग गर्ने कार्य गरिरहेको छ । समाजवादी देश चीनले गरेको विकास र समृद्धि समाजवादी व्यवस्थाको देन हो । विशेषगरी चीनमा जनवादी क्रान्तिको नेतृत्व गर्ने अध्यक्ष माओ त्सेतुङको बहुआयामिक व्यक्तित्वका कारण चीनको यो उन्नति सम्भव भएको हो । वर्तमान चीनको समृद्धि र विकासको आधारशिला अध्यक्ष माओले तयार गर्नुभएको हो ।”
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरुङले माओको योगदानबारे चर्चा गर्दै भन्नुभयो, “अध्यक्ष माओले चीनमा समाजवादी व्यवस्था लागु गरेपछि पनि शत्रुहरूले अनेक दुःख दिए । अफिम युद्ध र बक्सर युद्धबाट चीन पराजित भएपछि साम्राज्यवादी पश्चिमा देशहरूले चीनलाई टुक्राटुक्रा गर्ने प्रयासलाई माओले असफल पारे । युवा कार्यकर्ता अनिल श्रेष्ठले स्तालिन र माओबाट सिकेर नेपालमा परिवर्तनको लागि युवाहरू लाग्न जरुरी छ भन्नुभयो । विद्यार्थी कार्यकर्ता सेमसल स्याङ्बोले माओ बाल्यकालदेखि नै अरुलाई सहयोग गर्ने स्वभावको हुनुहुन्थ्यो भन्नुभयो ।
Leave a Reply