भर्खरै :

सिपाडोलमा प्रविधि हस्तान्तरण कार्यक्रम

सिपाडोलमा प्रविधि हस्तान्तरण कार्यक्रम

भक्तपुर, २५ पुस । सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोलस्थित गुन्जाटोल कृषक समूहको कृषि व्यवसाय सञ्चालन गर्नको लागि आवश्यक प्रविधि सामान हस्तान्तरण नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश सांसद सृजना सैँजुको प्रमुख आतिथ्यमा बुधबार सम्पन्न भयो ।
कार्यक्रममा सांसद सैँजुले किसानहरूलाई आत्मनिर्भर बनाउन नेपालमै रासायनिक मल कारखाना खोल्नुपर्ने, कृषिऔजार कारखाना खोल्नुपर्ने, नयाँ नयाँ बीउ उत्पादन गर्ने र शीत भण्डार खोल्नुपर्ने बताउनुभयो ।
सांसद सैजूले अरर्बौँ अरबको खाद्यान्न, तरकारी आयात गर्नुपरेको र नेपालका युवाहरू वर्षमा १६ लाखभन्दा बढी बाहिर गएकाले खेतबारी बाँझो रहेको बताउनुभयो ।
गुन्जाटोल कृषक समूहका अध्यक्ष मिनु सुवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेत, उज्ज्वल कृषि सहकारी संस्थाका सूर्यभक्त त्वाती, प्रधानमन्त्री कृषि परियोजना भक्तपुरका कृषि अधिकृत रमीन्द्र सुवाल, वडा नं ८ का वडा सचिव मोहन गिरी, संस्थाका श्यामसुन्दर सुवालले आ–आफ्नो विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा अतिथि सैँजुले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट प्राप्त सामग्रीहरू वितरण गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *