भर्खरै :

लोकेश्वर साकोसमा अन्तर सहकारी ब्याडमिन्टन प्रतियोगिता

लोकेश्वर साकोसमा अन्तर सहकारी ब्याडमिन्टन प्रतियोगिता

भक्तपुर, २६ पुस । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को १९ औँ स्थापना दिवसको अवसरमा युवा तथा अतिरिक्त क्रियाकलाप उपसमितिको आयोजनामा अन्तर सहकारी छात्रा एकल १९ वर्षमुनि ब्याडमिन्टन प्रतियोगिता २०८० (Girl’s singles U–19 Badminton Competition–2080) सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै भनपा साबिक १५ वडाका पूर्ववडाध्यक्ष रवीन्द्र खर्बुजाले युवाहरूलाई शैक्षिकसँगै खेलकुदलाई पनि प्राथमिकतामा राख्न सके सभ्य समाज निर्माणमा टेवा पुग्ने बताउनुभयो ।
भनपा वडा नं. २ का वडा सदस्य श्यामसुन्दर मातांले भक्तपुर नगरपालिकाले वार्षिकरूपमा विभिन्न खेलकुद गतिविधिहरू र समुदायमा आधारित लोकेश्वर साकोसले महिलालक्षित क्रियाकलापहरू गर्दै आएको विचार व्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष राजन जतिले सहकारीले वित्तीय कारोबारमा मात्र सीमित नभई विभिन्न अतिरिक्त क्रियाकलापअन्तर्गत खेलकुद गतिविधि पनि गर्दै जानुपर्ने औँल्याउनुभयो ।
युवा तथा अतिरिक्त क्रियाकलाप उपसमितिका संयोजक राजु छुकांको सभापतित्वमा भएको कार्यक्रममा उपसमितिका सदस्य इन्द्रभक्त पञ्चले खेलकुद गतिविधिहरू गरिरहनु आवश्यक रहेको औँल्याउनुभयो ।
१० वटा सहकारी संस्थाबाट १४ खेलाडी सहभागी रहेको प्रतियोगिताको पहिलो चरणको खेलमा संगम साकोसका प्राचि किवानायोलाई सिद्धि गणेश साकोसका भरोसा साँगाछेले पराजित ग¥यो ।
त्यस्तै, झिगु ख्वप साकोसका रचना गोसाईलाई चण्डेश्वरी अजिमा साकोसका सोफिया कर्माचार्यले, नारी सेवा साकोसका अस्तित्व छुजुलाई भक्तपुर साकोसका सनम प्रजापतिले, भक्तपुर साकोसका सोनल प्रजापतिलाई श्री छुमा गणेश साकोसका कृषा मलेकारले, सिद्धि गणेश साकोसका कलश श्रेष्ठलाई थी थी उपभोक्ता सहकारीका निरु खत्रीले पराजित गर्दै प्रतियोगिताको अन्तिम आठमा प्रवेश ग¥यो ।
पुस २६ गतेदेखि भएको प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम पुस २८ गते हुने आयोजक उपसमितिका सदस्य कल्पना द्योपालाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *