रास्वपा सरकार पुँजीपतिवर्गको नयाँ घोडा
- असार २८, २०८३
भक्तपुर, २७ कार्तिक । हामीले देश र जनताको लागि योगदान गरेको खेर गएको छैन । नयाँ पुस्ताले समयअनुसार नयाँ ढङ्गबाट योगदान गरिरहेको छ । संसद र सडककासाथै जनताबीच कार्यकर्ताहरुले कामदार जनताको बीचमा कार्य गरिरहेका छन् । भक्तपुर, २७ कार्तिक । हामीले देश र जनताको लागि योगदान गरेको खेर गएको छैन । नयाँ पुस्ताले समयअनुसार नयाँ ढङ्गबाट योगदान गरिरहेको छ । संसद र सडककासाथै जनताबीच कार्यकर्ताहरुले कामदार जनताको बीचमा कार्य गरिरहेका छन् । उक्त विचार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले सोमबार नेमकिपा भक्तपुर नगर समितिको आयोजनामा सोमबार भएको कार्यकर्ता भेलामा बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘पुराना कार्यकर्ताले नयाँ पुस्तालाई उत्साहित गर्दै सेवा गराउन मद्दत गर्नुपर्दछ । पूँजीवादी पार्टीले सैद्धान्तिक, वैचारिक कुरा नगरी जनता झुक्याएर मत लिन खोजिरहेको छ । पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले नेमकिपाले शिक्षण संस्थाहरु खोली देशभरका जनतालाई कम शुल्कमा गुणस्तरीय शिक्षा दिने कार्य गरिरहेको छ भन्नुभयो । देशका शासक पार्टीले बङ्गलादेशबाट ग्यास र चीनबाट पेट्रोल ल्याई जनतालाई सस्तो र सर्वसुलभ गर्ने आँट नगरेको हुँदा उनीहरु भारतीय एकाधिकार पूँजीको पक्षमा छन् भन्नुभयो । पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले राजनीति पद र पैसाको लागि होइन भन्नुभयो । नेमकिपा भजिसका उपाध्यक्ष सुरेन्द्रराज गोसाईले नयाँ पुस्तालाई अगाडि ल्याई सिक्ने मौका पाएकोले इमानदारीपूर्वक देश र जनताको सेवा गर्ने हौसला मिलेको बताउनुभयो । नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष निरज लवजूले युवाहरुले अग्रजहरुबाट सिकेर देश र जनताको सेवा गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालको सभापतित्वमा भएको कार्यक्रममा उपेन्द्र सुवालले पनि बोल्नुभएको थियो ।
Leave a Reply