अतिक्रमणमा परेको जग्गा पशुपतिनाथको नाउँमा ल्याउनु जरुरी
- असार २९, २०८३
स्थानीय तहको निर्वाचनपछि अब मंसिर १० गते र २१ गते दुई चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । निर्वाचनमा विभिन्न दलका नेता, कार्यकता तथा उम्मेदवारहरू चुनाव प्रचारमा व्यस्त छन् । आ–आफ्ना दलका उम्मेदवारहरू जिताउन ¥याली, सभा, भेटघाट तथा घरदैलो कार्यक्रम भइरहेको छ । ठूला दलका नेताहरू आफ्नो दलको बहुमत ल्याउने दाबी गरिरहेका छन् । जनताको विश्वास जितेर मत तान्न कति उम्मेदवारहरू चिटिक्क परेकै पोशाकमा फूलमालासहितको पहिरनमा खेत खलिहान र गोठमा पुगेका छन् । कोही उम्मेदवारहरू अरुको धान काट्न, दूध दुहुन, रोटी पकाउन त कोही नाचगानमा व्यस्त देखिन्छन् । स्थानीय तहको निर्वाचनपछि अब मंसिर १० गते र २१ गते दुई चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । निर्वाचनमा विभिन्न दलका नेता, कार्यकता तथा उम्मेदवारहरू चुनाव प्रचारमा व्यस्त छन् । आ–आफ्ना दलका उम्मेदवारहरू जिताउन ¥याली, सभा, भेटघाट तथा घरदैलो कार्यक्रम भइरहेको छ । ठूला दलका नेताहरू आफ्नो दलको बहुमत ल्याउने दाबी गरिरहेका छन् । जनताको विश्वास जितेर मत तान्न कति उम्मेदवारहरू चिटिक्क परेकै पोशाकमा फूलमालासहितको पहिरनमा खेत खलिहान र गोठमा पुगेका छन् । कोही उम्मेदवारहरू अरुको धान काट्न, दूध दुहुन, रोटी पकाउन त कोही नाचगानमा व्यस्त देखिन्छन् । प्रतिनिधिसभा उठेका उम्मेदवारहरूको धान काटिरहेको, दूध दुहिरहेको, रोटी पकाइरहेको, नाचगान गरिरहेको र बाजा बजाइरहेको दृश्य देखिए । अरु बेला आफ्नै कामधन्दामा व्यस्त प्रतिनिधिसभाका उम्मेदवारहरू निर्र्वाचनको पूर्वसन्ध्यामा नौटङ्की गर्न कोही खेतबारीमा त कोही गोठमा देखिए । कुनै उम्मेदवारले एकक्षण फोटो खिचाएर धान काट्दैमा, दूध दुहिंदौ हामीले विश्वास गर्नुहुँदैन । जनताकोे सेवा गर्ने व्यक्ति(उम्मेदवार) ले छलछामको राजनीति गर्दैन । दुई मुठा धान काटेर, एक बाल्टिन दूध दुहेर जनताको सेवा हुँदैन । उम्मेदवारहरूको यस्तो छलछामको राजनीतिमा मतदाता फस्नु हुँदैन । ठूला दलका नेताहरू लोभलालचमात्र बाँड्दैनन्, धाक धम्कीमात्र दिंदैनन्, साम, दाम, दण्ड र भेदको नीति अपनाउँछन् । अब त दुई चार मिनेट घरखेत र गाईगोठको काम गर्न पनि अघि सरे उम्मेदवारहरू । रवीन्द्र अधिकारीले दूध दुहेको फोटो खिचाए । जनार्दन शर्माले सिङ्गल नाचे । हितबहादुर तामाङले खेत खने, उज्ज्वल थापाले रोटी पकाए । त्यसरी नै अन्य उम्मेदवारले धान काटे, धान झार्दै फोटो खिचाए । राजनीतिक दलले त दलको सिद्धान्त बताएर जनताको विश्वास जित्नुपर्ने हो । जनतालाई सिद्धान्तनिष्ठ बनाएर परिवर्तनको निम्ति बाटो तयार गनुपर्ने हो । तर दलका नेताहरू जसरी भए पनि जित्ने तर्खरमै लागे । यो दलको गलत काम हो, गलत काम र कुरोको सर्वत्र विरोध गनुपर्छ, गलत मनसायले काम गर्ने उम्मेदवारहरूको नौटङ्कीबारे जनतालाई सचेत पार्नुपर्छ ।
– दानबहादुर कपाली
Leave a Reply