मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
भक्तपुर, २९ पुस । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.को वित्तीय सेवा प्रवद्र्धन उपसमितिको आयोजनामा भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को तालिम हलमा दुईदिने ऋण व्यवस्थापन तालिम सम्पन्न भयो ।
सङ्घका अध्यक्ष कृष्णगोविन्द लाखाजुले तालिमबाट सिकेका कुरा सहकर्मीलाई सिकाउने र संस्थामा पनि लागु गर्न आफ्नो सञ्चालक समितितर्फ राख्नुपर्ने बताउनुभयो । उहाँले तालिमबाट सैद्धान्तिक तथा व्यवहारिक सिकाइबाट सक्षम र अबल बनाउन धेरै सहयोग गर्ने बताउनुभयो । उहाँले वर्तमान सहकारी समस्या, सहकारी ऐन र नियम परिपालना नगरेको कारण आएको बताउनुभयो ।
सङ्घका कोषाध्यक्ष कान्छाभक्त घजुले तालिमबाट संस्थाहरूमा ऋण व्यवस्थापनमा सहज हुने कुरा राख्नुभयो । उहाँले तालिमबाट विश्वका असल अभ्यास सिक्नुको साथै ऋण वर्गीकरण गरी लगानी र लगानी भएका ऋणीहरूको समय समयमा निरीक्षण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्रशिक्षक वाग्मती प्रदेश बचत तथा ऋण सहकारी सङ्घ लि. का प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालले तालिमले सहकारीलाई सही ढङ्गले सञ्चालन गर्न टेवा पु¥याउने बताउँदै विभिन्न प्रयोगात्मक, उदाहरणमार्फत ऋण परिचय, उद्देश्य, जोखिम व्यवस्थापन, क्षमता आधारित ऋण लगानी, ऋण मूल्याङ्कन गर्ने विधि, ऋण वर्गीकरण, भाखा नाघेको ऋण व्यवस्थापन, भाखा नाघेको ऋण असुलीको विस्तृत जानकारी दिनुभयो । उहाँले ऋण दिएरमात्र समस्याको हल नहुने त्यसको व्यवस्थापन राम्ररी गर्नुपर्ने, तमसुकमा प्रमाणीकरण गर्नुपर्ने र सहकारी अभियानमा नीतिअनुरूप ऋण प्रवाह गर्नुपर्ने बताउनुभयो ।
सङ्घका वित्तीय सेवा प्रवद्र्धन उपसमितिका सदस्य राजकुमार लघुले घन्यवाद मन्तव्य दिनुभयो ।
Leave a Reply