भर्खरै :

परिवर्तन सजिलो र असजिलो

परिवर्तन सजिलो र असजिलो

वास्तवमा व्यापक सर्वसाधारण जनतामा जागृति नहुञ्जेल कुनै पनि मुलुकमा जनताको शासन आउन सक्दैन । जनताको शासन नआउँदासम्म जनता कसरी राजनीतिको स्वामी बन्नसक्छ ? तसर्थ, नेपाल मजदुर किसान पार्टीको ध्यान नै जनतामा जागृति ल्याउनुमा केन्द्रित छ । नेमकिपाले कम्युनिस्ट शब्द दुरुपयोग गरेको छैन तर, ठुलाठुला अक्षरमा कम्युनिस्ट लेखिएका शासक पार्टीहरूले कम्युनिस्ट शब्दको चरम दुरूपयोग गरेका छन् । कम्युनिस्ट शासन ल्याउन सजिलो छैन तर गा¥हो पनि छैन । यो गरेरै आएको काम हो । कम्युनिस्ट शासनमा भएका र रहेकाहरूले ‘कम्युनिस्ट’ शब्दलाई ‘ठगी खाने’ शब्दको रूपमा प्रयोग गर्दै आएका छन् । कम्युनिस्ट हुन सजिलो छैन तर गा¥हो पनि छैन । गा¥हो यस कुरामा छैन यो गरेरै आएको छ । सजिलो यस मानेमा भएको छ । त्यत्रो विशाल चीन अफिमको नसामा लट्ठ थियो । अध्यक्ष माओको कुशल एवं सक्षम नेतृत्वमा जुरूक्कै उठ्यो । तसर्थ, पार्टीमा बलवान नेतृत्व चाहिन्छ । चीनले बलवान नेतृत्व पायो; गरेरै देखायो । वास्तवमा सङ्गठित एवं सक्षम जनताको सङ्घर्षबिना ठुलो परिवर्तन कहाँ कुन देशमा भएको छ र ? विचारको परिवर्तनको इतिहासको पाना पल्टाउँदा पाइने यही हो । त्यो सत्य नै हो । देशको तल्लो तहको मान्छेमा चेतना नहुँदासम्म परिवर्तनको इतिहासका पाना पल्टाउँदा यो प्रस्ट हुन्छ । कटुसत्य बचाउन र आत्मसात गर्न सजिलोसँग सकिँदैन तर, कटु सत्यलाई नपचाइकन पनि हुँदैन । यो गम्भीर कुरा पार्टीका जिम्मेवार नेता तथा कार्यकर्ताले आत्मसात गर्नैपर्छ ।
नक्सासहित भूगोल
नेमकिपाको ३५ औँ केन्द्रीय परिषद्ले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा जिल्ला जिल्लामा कक्षा सञ्चालन गर्न र नयाँ पुस्तालाई इतिहाससँगै नक्सासहित भूगोल पढाउनुपर्ने आवश्यकता औँल्यायो । हामीले पूरा गर्न नसकेको काम पूरा गर्न नयाँ पुस्तालाई काममा बढी लगाउनुपर्ने उल्लेख गरियो । हामीले गर्न नसकेको काम नयाँ पुस्ताले गर्ने विचार व्यक्त गरियो । जिल्लाका प्रतिवेदनहरूमा उल्लेख छ – बसाइँसराइका कारण गाउँ रित्तिँदै छ । क्रान्तिका लागि जनता नै तयार हुनुपर्छ । हामीले चाहेर हुने भए कार्ल माक्र्सको पालामा क्रान्ति भइसक्थ्यो । क्रान्तिको निमित कार्यकर्ताहरूले जनताको बिचमा काम गर्नु जरूरी छ । एक्लै दुक्लै अनसनमा बसेर पनि हुनेछैन । तसर्थ, कार्यकर्ताहरूलाई जनतामा काम गर्न पूर्ण सचेत गराउनुपर्छ । कृषि काममा सहयोग गराएर सहकारी संस्था सुरू भएको हो । पुँजीवादी देशले जनताको बचत कब्जा गर्न बैङ्कजस्तै सहकारी संस्था चलाउने कानुन बनायो । सहकारी संस्थाको केन्द्र हुँदैन, आ–आफ्नो सहकारी आफैँ चलाउने हो । जनतालाई ठगी गर्ने कतिपय सहकारी संस्था नाइकेहरूलाई उल्टो टोपी लगाएर सहर परिक्रमा गराइयो । कुनै पनि क्षेत्रका बदमासहरूलाई त्यस्तो सजाय दिनुपर्छ । भ्रष्टाचारीहरूलाई सजाय दिन अगाडि बढ्नैपर्छ ।
कस्तो गठबन्धन !
सत्ता स्वार्थको लागि सिद्धान्त र विचार बन्धक राख्न मिल्दैनथ्यो । तर, यहाँ कस्ता कस्ता पार्टीहरूको गठबन्धनले सरकार चलाइरहेको छ प्रस्ट देखिन्छ । नेपाली काङ्ग्रेस र गैरकम्युनिस्टहरूसँग गठबन्धन एउटा उपमा हो । नेपाली काङ्ग्रेस र कम्युनिस्टहरूको सिद्धान्त कहिल्यै मिल्दैन तर, उनीहरू सत्तामा बसेर बाँडीचुँडी खाने नियतले एकै ठाउँमा बसेका छन् । यस्तो कुरा यो दुनियाँमा अन्त कतै छैन । पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने नेपाली काङ्ग्रेसले कम्युनिस्टसँग हात मिलाएर सरकार चलाएको उदाहरण अत्यन्त कम छ । नेपाली काङ्ग्रेसको सिद्धान्त र विचार कम्युनिस्टहरूसँग पटक्कै मिल्दैन । अर्को पार्टीको विचारको विपरीत गइरहेको छ । तिर यिनीहरूबिच सत्तामा गठबन्धन छ । यो नहुने कुरा काङ्ग्रेसलगायत पुँजीवादी पार्टीहरूले कसरी निर्वाह गरेका छन् गम्भीर एवं विषद् व्याख्या हुनुप¥यो । यी दुई पार्टी आफू त बेबकुफ भए भए कम्युनिस्ट नामका अकम्युनिस्टहरूलाई पनि बदनाम गराएका छन् । यी सबैको कारण सत्ताप्राप्ति नै हो । पद र पैसा पाए अरू केही नहेर्ने अवस्था छ देशको । यो प्रवृत्तिले कहिले कहाँ गएर नराम्रोसँग ठेस लाग्छ अनिमात्र थाहा पाउँछन् ।
क्रान्ति सरल हुँदैन 
क्रान्ति भित्रका अनेकौँ अप्ठ्यारा जो अहिले देखिएका छैनन् । काम गर्दै जाने यो सिलसिलामा टुपुल्किन्छन् । त्यसको नियन्त्रण हतार गरेर हडबडाएर हुँदैन । सावधानीका साथ गम्भीररूपमा उठाउनुपर्छ । संसारमा एकछिनको तातोले परिवर्तन हुँदैन । परिवर्तनका लागि नीति, नियम सुस्पष्ट र सिलसिला मिलेको हुनुपर्छ । हाम्रा अधिकांश पार्टीहरूको यस्तो दृष्टिकोण छैन जसले गर्दा परिवर्तनका क्रियाकलाप प्रारम्भ भएको कैयौँ युग भइसक्यो तर परिवर्तन हुनसकेको छैन । परिवर्तन अपरिहार्य छ । यो तथ्य नेताले पनि आत्मसात गर्दैनन् । यसकारण, उनीहरू असफल हुन्छन् । यी सबै कुरालाई ध्यानमा राखेर जनतामा जानुपर्छ र जनतालाई पत्याउनुपर्छ । जनतालाई पत्यायो भने नेताले पनि पत्यार पाउँछ । यतातिर पार्टी र नेताहरूको ध्यान जान सकेको छैन । त्यसकारण, अब पार्टीहरू जनतामै जानुपर्छ । जनता नभए पार्टी हुँदैन । जनता पनि बुझेको हुनुपर्छ । यी सबै काममा अवरोध आए पनि अलमल नगरी काम सम्पन्न गर्नुपर्छ । थोरै बाधा व्यवधान आउँदा पलायन हुने प्रवृत्तिको भत्र्सना हुनुपर्छ । आलोचनादेखि डराउने वा भाग्ने मान्छेले नेतृत्व गर्न सक्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *